जम्मू– कश्मीरमा लागुऔषध तस्करी बढ्दो, एकै पटक २७ किलो हिरोइन बरामद

काठमाण्डाै – भारतले पाकिस्तानसँगको सीमा क्षेत्र जम्मू– कश्मीरको कठुवा जिल्लामा २७ किलो हिरोइन बरामद गरेको छ । हिरोइन तस्करसँगको भिडन्तपछि एक जना तस्करको ज्यान गएको र घटनास्थलबाट २७ किलो हिरोइन बरामद भएको सीमा सुरक्षा बल (बीएसएफ) ले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बरामद भएको हिरोइनको मूल्य झन्डै एक सय ३५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । पाकिस्तान तर्फबाट आएका तस्करलाई सचेत गराउँदा गराउँदै भारतीय क्षेत्रमा आएपछि भिडन्त भएको बीएसएफले जनाएको छ । भारतीय सीमा सुरक्षा बलले पाकिस्तानसँगको ...

सम्बन्धित सामग्री

खैरो हिरोइन र नगदसहित युवक पक्राउ

सिरहाको मिर्चैयाबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागूऔषध खैरो हिरोइन र नगदसहित एक युवकलाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका २ मल्हनियाका करिब १९ वर्षीय विष्णु कुमार साहलाई सोमबार दिउँसो खैरो...

भारतको गुजरातमा ४ अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद

भारतको गुजरातमा चार अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ । भारतीय तट रक्षकको सुरक्षा बलले गरेको संयुक्त खोजतलासका क्रममा चार अर्ब २५ करोड भारु बराबरको ६१ किलो खैरो हिरोइन बरामद गरेको बीबीसी हिन्दीले जनाएको छ । इरानबाट आएको डुङ्गामा लागुऔषध भेटिएको र पाँच जना पक्राउ परेका खबरमा उल्लेख छ । इरानबाट लागुऔषध आइरहेको गोप्य सूचनाको आधारमा सुरक्षा बलले खोजी अभियान चलाएको थियो । अहिले पक्राउ परेको गिरोह ठूलो अन्तर्राष्ट्रिय गिरोहसँग सम्बन्धित रहेको शङ्कामा अनुसन्धानलाई तीव्र बनाइएको बीबीसीले जनाएको...

लागुऔषध खैरो हेरोइन सहित पक्राउ

कञ्चनपुर : बेलौरी नगरपालिका १० शिवनगरबाट प्रहरीले लागुऔषध खैरो हिरोइन सहित अन्दाजी वर्ष ३८ का बलराम चौधरीलाई आज पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहका अनुसार नेपाल भारत सीमा नजिकै भएर पैदल हिडेर आउँदै गरेका चौधरीलाई शंका लागी चेकजाँच गर्दा १२ दशमलव ११ ग्राम लागुऔषध खैरो हिरोइन बरामद भएको छ।पाईन्टको पकेट भित्र कालो प्लाष्टिकको थैलीमा लुकाई राखेको अवस्थामा दुई पोका लागुऔषध खैरो हिरोइनका बरामद भएको उनले बताए।लागुऔषध सहित पक्राउ परेका च

लागुऔषध खैरो र सेतो हिरोइनसहित भारतीय नागरिक पक्राउ

नेपाल प्रहरीले लागुऔषध खैरो र सेतो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभात नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना७ख २०१७ नम्बरको यात्रुवाहक बसमा खैरो र सेतो हिरोइन ल्याउँदै गरेको अवस्थामा भारत विहारका २० वर्षीय दीपेन्द्रकुमार भगतलाई आज बिहान पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सार्वजनिक बसमा झोलाभित्र लुकाएर ल्याएका अवस्थामा खैरो र सेतो हिरोइनसहित भगतलाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले

खैरो हिरोइन बिक्रि गर्ने दम्पति पक्राउ

प्रतिबन्धित लागुऔषध खैरो हिरोइन ओसारपसार तथा बिक्रि वितरण  गरेको आरोपमा  सुनसरी प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका १७ लवीपुर–तरहरा भित्री सडकखण्डमा खैरो हिरोइन बिक्रि गर्दै गर्दा  इटहरी–१४...

टोखाबाट लागुऔषध खैरो हिरोइनसहित तीन जना पक्राउ

काठमाडौंको टोखाबाट लागु औषध खैरो हिरोइन सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध खैरो हिरोइनसहित पक्राउ

कञ्चनपुर।भीमदत्त नगरपालिका–१८ विज्ञान क्याम्पस नजिकको क्षेत्रबाट प्रहरीले २७ वर्षीय युवकलाई लागुऔषध खैरो हिरोइनसहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का सुरेन्द्र चन्द छन्।चन्दको साथबाट शून्य दशमलव ३६ ग्राम खैरो हिरोइन बरामद गरिएको छ।पैदल हिँड्दै गरेका चन्दमाथि शङ्का लागि जाँच गर्ने क्रममा खैरो हिरोइन बरामद गरिएको बताइएको छ ।

झापा र मोरङबाट लागुऔषध ब्राउनसुगरसहित ८ जना पक्राउ

झापा र मोरङका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन र लागुऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन्।

लागुऔषध कारोबारमा संलग्न तीन जना पक्राउ

ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोबारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।