देश छाडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घको आग्रह

देश छोडेर जान चाहने युक्रेनी नागरिकलाई सुरक्षित बाटो दिन राष्ट्र सङ्घले आग्रह गरेको छ । राष्ट्र सङ्घको मानवीय सहायतासम्बन्धी निकायका प्रमुख मार्टिन ग्रिफिथ्सले युक्रेनका नागरिकलाई सुरक्षित ठाउँतर्फ जान दिन अपिल गर्नुभएको हो । न्युयोर्कमा सुरक्षा परिषद्को आपत्कालीन बैठकमा उहाँले रुस–युक्रेन युद्धका कारण युक्रेनमा फसेका लाखौँ नागरिकको दयनीय अवस्थाबारे चर्चा गर्नुभयो । हिंसा, डर र पीडामा मानिसहरूले समय बिताइरहेको उल्लेख गर्दै उहाँले जुनसुकै ठाउँ वा दिशातर्फ स्वेच्छिक रूपमा जान दिन आग्रह गर्नुभएको छ । राष्ट्र सङ्घका लागि रु...

सम्बन्धित सामग्री

विदेशमा रहेका नागरिकलाई घर नफर्किन युक्रेनकाे आग्रह

काठमाडाैं । युक्रेनले युद्धका कारण देश छाडेर गएका आफ्ना नागरिकलाई घर फकर्ने हतार नगर्न आग्रह गरेको छ । रुसले पछिल्लो समय उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण देशभर चरम उर्जा संकट बढेकाले कम्तिमा यो जाडोभरी देश नफर्कन आग्रह गरिएको हो । युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेसचुकले टेलिभिजन सम्बोधन मार्फत विदेशमा जहाँ जहाँ बसिरहेको हो, त्यही स्थानमा सुरक्षित […]