एकीकृत सहरी विकास योजना निर्माण गर्नमा जोड

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आधुनिक सहर निर्माणका लागि एकीकृत सहरी विकास योजना निर्माण हुनु पर्नेमा जोड दिनुभएको छ। संघीय सहरी विकास मन्त्रालयले बिहीबार जनकपुरधाममा आयोजना गरेको राष्ट्रिय सहरी नीति र सहरी विकास ऐन तर्जुमा सम्बन्धी प्रदेश स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरामा जोड दिनुभएको हो। जथाभावी भौतिक संरचना निर्माणले सहर कुरुप बन्दै गएको उल्लेख गर्नुहुँदै मुख्यमन्त्री राउतले व्यवस्थित सहरी विकासका लागि संघ सरकारलाई प्रत्येक प्रदेशमा एकीकृत विकास प्राधिकरण स्थापना गर्न आग्रहसमेत गर्नुभयो। स–साना योजनाले विकास भन्दा पनि सहरलाई कुरुप र अव्यवस्थित बनाउदै गएको हुँदा त्यस्ता योजनालाई तत्काल रोक्नुपर्ने उहाँको भनाइ छ।

सम्बन्धित सामग्री

वीरेन्द्रनगरलाई विवादरहित पाँच वर्ष हाँकेका कांग्रेस र एमालेका मेयर–उपमेयर

‘हामीले बोकेका विचार र घोषणापत्र छुट्टाछुट्टै थिए । तर, सबैको उद्देश्य जनताको सेवा र वीरेन्द्रनगरको विकास गर्ने नै थियो’, प्रमुख सुवेदीले भने, ‘त्यसैले हामीबीचमा वैचारिक भिन्नता भए पनि विकास, योजना निर्माण र काममा एकरूपता रह्यो ।’

कर्णालीमा विकासको अवसर

देशकै ठूलो भूभाग ओगटेको कर्णाली प्रदेशको कर्णाली क्षेत्रको विकास र त्यहाँको गरिबी न्यूनीकरण गर्न राज्यद्वारा सञ्चालन हुने विकास योजना समयमा सम्पन्न हुन नसक्नु नै मूल समस्या हो । त्यसो त योजना तर्जुमा गर्न भूगोलको विज्ञता आवश्यक हुन्छ । स्थानीय सेवाग्राहीसंगको अन्तरसंवादबाट बनाएको योजना बढी प्रभावकारी हुन्छ । सही नीति र त्यसलाई कार्यान्वयन गर्ने योजना निर्माण गर्ने हो भने कर्णा

गोसाइँकुण्डको एकीकृत विकास योजना निर्माण

रसुवाको धार्मिक तथा पर्यटकीय क्षेत्र गोसाइँकुण्डको विकासका लागि एकीकृत विकास योजना निर्माण गरिएको छ । बागमती

युवालाई स्वरोजगार बनाउन नगर उद्यम विकास योजना छनोट

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका युवालाई रोजगारीका अवसर प्रदान गर्ने उद्देश्यले नगर उद्यम विकास योजना छनोट गरिएको छ। घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरले बिहीबार आयोजना गरेको नगर उद्यम विकास योजना निर्माण कार्यशाला गोष्ठीबाट योजना छनोट गरिएका हुन्। नगरपालिकाका प्रत्येक वडाबाट बजार, कच्चा पदार्थ, प्रविधि, स...

भानु नगरपालिकाको २० वर्षे योजना बनाउने

तनहुँको भानु नगरपालिकाले एकीकृत सहरी विकास योजना निर्माण गर्ने भएको छ । २० वर्षपछि नगरपालिकालाई कस्तो बनाउने भन्ने सन्दर्भमा विभिन्न योजनालाई आधार मानेर नगरपालिकाले एकीकृत सहरी विकास योजना निर्माण गर्न लागेको हो ।

उपमहानगरको एकीकृत सहरी विकास योजना बन्दै - Naya Patrika

प्रदेश नम्बर ७ को एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले नगरको एकीकृत सहरी विकास योजना निर्माण गर्न लागेको छ । उपमहानगरले नेपाल सरकारको सहयोगमा आगामी २५ वर्षे विकासको दीर्घकालिन रणनीतिसहित ५ वर्षका...पूरा पढ्नुहोस् »

राजधानी पूर्वाधारयुक्त बनाइने

कर्णाली सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरको स्थलगत एकीकृत विकास योजना निर्माण गर्ने भएको छ। वीरेन्द्रनगरलाई व्यवस्थित, आकर्षक र पूर्वाधारयुक्त नगरको रूपमा विकास गर्न प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने भएको हो। सरकारले वीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गरी नगरको स्थानगत एकीकृत विकास योजना बनाउने निर्णय गरेको छ।

खोटाङमा आवधिक नगर विकास योजना निर्माण सुरु

खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजना निर्माण प्रकृया सुरु गरिएको छ । नगरलाई आधुनिकीकरण गर्दै देशकै नमूना र गन्तव्य नगर बनाउने लक्ष्यकासाथ रुपाकोट मझुवागढी नगरपालिकाको दीर्घकालिन र अल्पकालिन आवधिक योजना निर्माण प्रकृया सुरु गरिएको हो । स्थानीय विकास मन्त्रालयले मुलुकका ९० वटा नगरको आवधिक नगर विकास योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने योजना अनुशार मुलुकमै पहिलोपल्ट रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक नगर विकास योजना निर्माण प्रकृया थालिएको हो । आवधिक नगर विकास योजना निर्माणका लागि भदौ २२ गतेदेखि परामर्श एबं वेसलाईन सर्भेका काम थालिएको रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए ।