रुस–युक्रेन युद्धका कारण संसारमा उत्पन्न असरहरू घटाउने काममा लाग्न आग्रह

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरू घटाउने काममा लाग्न आग्रह गर्नुभएको छ ।  महासचिव गुटर्रेसले अहिले विश्वमा रुस र युक्रेनको युद्धका कारण विभिन्न क्षेत्रमा असर परिरहेको भन्दै त्यसलाई कम गर्ने पक्षमा विश्वका नागरिक लाग्नुपर्ने अवस्था रहेको बताउनुभएको समाचार संस्था सिन्ह्वाले जनाएको छ । उहाँले अहिले यी दुई देशको युद्धका कारण खासगरी खाद्यान्न, इन्धन तथा वित्त प्रणालीमा पनि असर परिरहेको बताउनुभएको छ । दुई देशको युद्धका कारण संसारका विभिन्न देश र व...

सम्बन्धित सामग्री

मुल्यवृद्धि ८.२ प्रतिशत पुग्ने

विश्व बैंकले रुस-युक्रेन युद्ध र आन्तरिक कारणले नेपालमा चालू आर्थिक वर्षमा मुद्रास्फीति ६.३ प्रतिशत पुग्ने अनुमान गरेको केही दिनमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मूल्य वृद्धि ८.१ प्रतिशत हुने जनाएको छ। साथै, आगामी आर्थिक वर्ष मुद्रास्फीति दर घटेर ७.१ प्रतिशतमा सीमित हुने पनि जनाएको छ।सरकारले भने चालू आर्थिक वर्षको बजेटमा मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल राख्ने जनाएको थियो, जुन रुस तथा युक्रेनको युद्धका कारण भएको आपूर्ति चक्रको समस्या तथा आन्तरिक बजारका कारण सम्भव देखिंदैन । आईएमएफले सार्वजनि

रुस–युक्रेन युद्ध: विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढ्दो

न्यूयोर्क । रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढेको छ । युद्धले रुसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य सङ्कट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ । लम्बिँदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा सङ्कट सामना गर्न बाध्य भएका ग्लोबल […]

रुस-युक्रेन युद्ध र चुनावका कारण समयमै पाठ्यपुस्तक छाप्न सकेनाैँ : शिक्षा सचिव

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले पालिका चुनाव र रुस-युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छाप्न ढिलाइ भएकाे बताउनुभएकाे छ । उहाँले वैशाखमा पुस्तक छाप्ने योजना रहे पनि पालिका तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताउनु भयो । उहाँले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताउनु भयो । ‘वैशाखमा पुस्तक छाप्ने हाम्रो योजना थियो ...

रुस-युक्रेन युद्ध अन्त्य गर्न बुद्धको सन्देश पठाएको छु - अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले रुस-युक्रेन युद्ध समाधान गरेर शान्ति स्थापना गर्न आफूले बुद्धको सन्देश पठाएको बताएका छन् ।सोमवार होटेल याक एण्ड यतीमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री शर्माले युद्धका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको भन्दै शान्ति स्थापनाका लागि बुद्धको सन्देश पठाइएको बताए । 'हामीले त के गर्न सक्छौं र, बुद्धको सन्देश पठाइदिने हो, शान्ति स्थापना गर भन्ने हो,' शर्माले भने, 'अस्ति केही साथीहरूलाई मैले भनेको थिएँ, बुद्धको सन्देश त्यहाँ पठाइदिनुस । यहाँ अर्थतन्त्रमा गाह्रो पर्यो । उनीहरूले तत्काल युद्ध अन्त्य गर्नुपर्यो ।'अर्थमन्त्री जनार्दन शर्माले निजि क्षेत्रलाई कानुनी, नीतिगत वा प्रशासनिक जटिलता भए त्यसको जानकारी दिन आग्रह पनि गरे । उनले  कानुनी, नीतिगत वा प्रशासनिक जटिलताको समस्या समाधान गर्न सरकार तयार रहेको पनि बताएका छन् ।उनले निजी क्षेत्रले अर्थतन्त्रको ७० प्रतिशत ओगटेकोले ७० प्रतिशत अर्थमन्त्रालय निजि क्षेत्र कै रहेको बताए । उनले कानूनी र नीतिगत काम केके गर्नुपर्छ त्यसको जानकरी पनि दिन आग्रह गरे । उनले लगानी ल्याउन आग्रह गर्दै सरकारले ५० वर्षको लागि जग्गा उपलब्ध गराउने बताए । उनले अहिलेको फोकस भनेको उत्पादनमुखी अर्थतन्त्र रहेको र त्यसको शुरुवात कृषिको रुपान्तरण तथा आधुनिकीकरण गर्ने,र  उद्योगसँग जोड्ने कुराबाट शुरू गर्नु पर्ने बताए ।

युक्रेन संकटका कारण अकाशियो खाद्यान्नको भाउ

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा खाद्य पदार्थको मूल्य अकाशिएर अहिलेसम्मकै सर्वाधिक भएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायत पदार्थको मूल्य अत्यधिक बढेको हो।युद्धका कारण अन्तरराष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको हो। रुस-युक्रेन युद्ध नरोकिए भाउ बढ्ने क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्यून आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले

रुस–युक्रेन युद्ध : अमेरिकी रणनीतिक भण्डारबाट अत्यधिक तेल निकाल्न बाइडेनको आदेश

अमेरिकी राष्ट्रपति जो बाइडेनले रूस–यूक्रेन युद्धका कारण विश्व बजारमा आएको इन्धनको अभावसँगै इन्धनको बढ्दो मूल्य समायोजनका लागि अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न निर्देशन दिएका छन्। आउँदो छ महिनामा सन्...

रुस–युक्रेन युद्ध : १३६ बालबालिकाको मृत्यु, २०० जना घाइते

किभ–रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ बालबालिका मारिएका छन् । युक्रेनको महान्यायधिवक्ताको कार्यलयले सो जानकारी दिएको हो । रुसले २४ फेब्रुअरीदेखि युक्रेनमाथि हमला गरिरहेको छ । रुसी हमलामा दुई सय बालबालिका घाइते भएका छन् । युद्धमा युक्रेनतर्फ ठूलो भौतिक क्षति भएको छ । त्यस्तै, युद्धमा सयौँ मानिसहरुको मृत्यु भएको छ । राष्ट्रसंघका अनुसार युद्धका कारण २० लाखभन्दा बढी युक्रेनी शरणार्थी भएका छन् भने १ करोडले घर छाडेका छन् । युक्रेनमाथि आक्रमण गरेको रुसी सेनाले ठूलो क्षति सामना गरे

रुस-युक्रेन युद्ध: तेलदेखि सुनसम्मको मूल्य बढ्यो

काठमाडौँ- फागुन १२ बाट चर्किएको रुस र युक्रेनबीचको युद्धको असर नेपालमा पनि देखिन थालेको छ। युद्धका कारण उपभोग्य वस्तुको मूल्य आकासिएको छ। युद्धकै कारण नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ भने तेलदेखि सुनसम्मको मूल्य छोइनसक्नु भएको छ। के केमा भयो मूल्यवृद्धि खानेतेल नेपालीको भान्सामा प्रयोग हुने खाने तेलको मूल्य युद्धकै कारण बढेको छ। गत […]

हालसम्म युक्रेनबाट पाँचसय ११ जना नेपाली सुरक्षित स्थानमा

रुस–युक्रेन युद्धका कारण विश्वका अरु मुलुकका नागरिक जस्तै युक्रेनमा रहेका नेपालीहरु पनि सुरक्षित स्थानमा जाने क्रम जारी रहेको छ । हालसम्म ५ सय ११ जना नेपाली सुरक्षित स्थानमा पुग्न सफल भएका छन् । रुस–युक्रेन युद्ध प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्च स्तरीय समितिका अनुसार ५११ जना नेपाली नागरिक युक्रेनबाट सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका हुन् …