युक्रेन संकटका कारण अकाशियो खाद्यान्नको भाउ

रुसले युक्रेनमा आक्रमण गरेपछि विश्व बजारमा खाद्य पदार्थको मूल्य अकाशिएर अहिलेसम्मकै सर्वाधिक भएको छ। संयुक्त राष्ट्रसंघ अन्तर्गतको खाद्य तथा कृषि संगठनले शुक्रबार दिएको जानकारीअनुसार अन्न, तरकारी, जैविक तेललगायत पदार्थको मूल्य अत्यधिक बढेको हो।युद्धका कारण अन्तरराष्ट्रिय क्षेत्रमै पेट्रोलियम पदार्थको मूल्यमा असर परेकाले त्यसको असर खाद्य पदार्थमा पनि परेको हो। रुस-युक्रेन युद्ध नरोकिए भाउ बढ्ने क्रम निरन्तर बढ्दै जाने र सबैभन्दा बढी मर्का न्यून आय भएका मानिसलाई पर्ने भन्दै राष्ट्रसंघले