कुनै पनि टेलिकम कम्पनीको पुग्दैन न्यूनतम मापदण्ड, उपत्यकामै छैन मोबाईल सेवाको गुणस्तर

फागुन ८, काठमाडौ। गुणस्तर कम्जोर भएको भन्दै आलोचना भइरहने नेपालका टेलिकम कम्पनीहरुमा वास्तविकतामै  गुणस्तर कम्जोर भएको पाईएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गरेको गुणस्तर परीक्षणमा नेपालमा टेलिफोन सेवाको गूणस्तर कम्जोर भएको देखिएको हो । प्राधिकरणले सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनूसार सेवा प्रदायकको भ्वाईस कलको गुणस्तर तोकिएको भन्दा कम्जोर भएको पाईएको छ। गुणस्तर परीक्षणमा नेपालका ३ टेलिकम कम्पनीको गूणस्तर तोकिए बमोजिम नभएको पाईएको हो। प्राधिकरणले पुस १६ गते देखि २७ गतेसम्म गरेको परीक्षणमा नेपालमा सञ्चालित तीन टेलिकम कम्पनी एनसेल, स्मार्ट र नेपाल टेलिकमको कल सेटअप टाइमको मापदण्ड पूरा गर्न असफल देखिएका छन् । प्राधिकरणले तीन वटै कम्पनीको कल सेटअप रेट, कलड्रप रेट र ब्लक रेट  परीक्षण गरेको थियो।   कल सेटअप रेट ९९.९९ प्रतिशत भन्दा माथि हुनुपर्ने, कल सेटअप टाइम ५ सेकण्ड वा सो भन्दा कम हुनुपर्ने,  कल ब्लक रेट दुई प्रतिशत वा सो भन्दा कम हुनपर्ने, कल ड्रप (कुरा गर्दागर्दै फोन काटिने) रेट दुई प्रतिशत वा सो भन्दा कम हुने पर्ने प्राधिकरणले तोकेको मापदण्ड छ।  तर कुनै पनि टेलिकम कम्पनीले पूर्ण गुणस्तर कायम गरेको नपाईएको प्रतिवेदनले देखाएको छ। औसतमा एनसेल कल ड्रप रेटमा १.१८ प्रतिशतका साथ २ प्रतिशतको मापदण्ड कायम राख्न सफल भएको छ ।  तर, अन्य इन्डिकेटरमा भने कुनै पनि सेवा प्रदायकले मापदण्ड पूरा गर्न सकेका छैनन् । त्यस्तै स्मार्ट टेलिकमको भने सबै भन्दा कम्जोर गुणस्तर भएको देखिएको छ।  दश दिन सम्म गरिएको परिक्षणमा भिन्न स्थानमा भिन्न भिन्न नतिजा आएको छ तर समग्रमा भने कुनैपनि टेलिकम कम्पनीले मापदण्ड अनुसार पूर्ण गुणस्तर कायम नगरेको पाईएको हो। नयाँ बानेश्वर, शंखमूल, ग्वार्को, इमाडोल,  लुभु र लामाटारमा भएको परीक्षणमा कल सेटअप रेट, कल सेटअप टाईम र कल ब्लक रेट परिक्षणमा सबै कम्पनीले मापदण्ड पुरा नगरेको पाईएको छ। इमाडोल, ग्वार्को, सातदोबाटो, एकान्तकुना, धोबीघाट, बल्खु, कलंकी, स्वयम्भू, बनस्थली, नयाँ बजार, सोह्रखुट्टे र ठमेल क्षेत्रमा भएको परीक्षणमा भने नेपाल टेलिकमको कल ड्रप रेट राम्रो पाईएको छ।  तर कल सेटअप रेट, कल सेटअप टाईम र कल ब्लक रेट परिक्षणमा सबै कम्पनीले मापदण्ड पुरा नगरेको पाईएको थियो । जमल, ज्ञानेश्वर, गौशला, गौरीघाट, चाबहिल, एयरपोर्ट, सिनामंगल, कोटेश्वर, बालकुमारी र ग्वार्कोमा मोबाइल सेवाको गुणस्तर परीक्षण गरिएको थियो । मित्रपार्क, टुसाल, कुमारीगाल, बौद्ध, चाबहिल, धुम्बाराही, कपन, गोल्फुटार, बुढानीलकण्ठ, पासीकोट, हात्तीगौंडा, नारायणगोपाल चोक, महाराजगञ्ज, लाजिम्पाट र लैनचौरमा गरिएको गुणस्तर परीक्षणमा नेपाल टेलिकमको गुणस्तर  भने कम्जोर देखिएको छ ।  यो क्षेत्रमा  कल ड्रप रेटमा एनसेल र स्मार्टसेलले गुणस्तर कायम गरेको पाईएको थियो ।  सातदोबाटो, नागपोखरी, कुसुन्ती, एकान्तकुना, झम्सिखेल, सानेपा, कुपण्डोल, त्रिपुरेश्वर र जमलमा कल ड्रप रेटमा एनसेल बाहेक सबै मोबाइल सेवाप्रदायक असफल देखिएका छन् ।    कोटेश्वर, पुरानो सिनामङ्गल, चाबहिल, सुन्दर टोल, बौद्ध, जोरपाटी, थली, कपन र धुम्बाराहीमा भएको  परीक्षणमा  कुनै पनि सेवाप्रदायकको गूणस्तर पुरा भएको पाईएन। बुंगमती, च्यासिकोट, भैँसेपाटी, नख्खु, एकान्तकुना, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर र जमलमा परीक्षण हुँदा कल सेटअप र कल ब्लक रेटमा नेपाल टेलिकम, कल ड्रप रेटमा एनसेल सक्षम  देखिए।  त्यस्तै सिंहदरबार, नयाँ बानेश्वर, मिलनचोक, भिमसेनगोला, गौशला, गैरीघाट, पुरानो सिनामंगल, पेप्सीकोला, कोटेश्वर र ग्वार्कोमा गुणस्तर परीक्षण गरिएको थियो । उक्त परीक्षणमा कल ड्रप रेटमा नेपाल टेलिकम मात्र सफल भएको छ  । अन्यमा सबै सेवा प्रदायक कम्जोर देखिएका छन् ।   सीतापाइला, रामकोट र कलङ्कीमा भएको परीक्षणमा कल ड्रप रेटमा सबै सेवा प्रदायक सफल भए पनि कल सेटअप रेट, र ब्लक रेटमा सबै कम्जोर  देखिएका छन्।   ठमेल, सामाखुसी, गोंगवु, धापासी, माहांकाल, गोल्फुटार र बरफेदीमा भएको परीक्षणमा एनसेल मात्र कल ड्रप रेटमा सफल भएको छ।   

सम्बन्धित सामग्री

के हो टेरामोक्स प्रणाली ? के साच्चै कल ट्यापिङ गर्छ ?

नेपाल दूरसञ्चार प्राधिकरणले राजस्व चुहावट रोक्न, कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न भन्दै टेरामोक्स प्रणाली लागु गर्न खोजिरहेको छ ।  यसका लागि प्राधिकरणले ३ अर्ब बढीको लागतमा आवश्यक उपकरण समेत विदेशबाट आयात गरिसकेको छ । उपकरण आयात भएपनि टेलिकम सेवा प्रदायकको असहयोगका कारण उक्त प्रणाली लागु हुन सकेको छैन् ।  खासमा टेरामोक्स प्रणाली पूर्ण विकसित...

मोबाइल सेवाको गुणस्तर परीक्षण प्रतिवेदनः भ्वाइसमा एनसेल अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा मोबाइल र डाटा सेवाको गुणस्तर परीक्षाण गरेको छ । प्राधिकरणले काठमाडौंको टंगाल, हाँडीगाउँ, सानो गौचरण, बौद्ध, चाबहिल, गौरीघाट लगायतका स्थानमा मोबाइल सेवाको भ्वाइस र डाटाको गुणस्तर परीक्षण गरेको हो ।  गुणस्तरीय परीक्षण गर्ने काम गत असार १२ गतेदेखि २२ गतेसम्म चलेको थियो । उक्त परीक्षणमा नेपाल टेलिकम र स्मार्ट...

तीनवटै टेलिकम कम्पनीको सेवाको गुणस्तर कमजोर : प्राधिकरण

नेपालमा सञ्चालित तीनवटै टेलिकम कम्पनीका सेवाको गुणस्तर कमजोर रहेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले

काठमाडौँ उपत्यकामा छैन मोबाइल फोनको गुणस्तर

काठमाडौँ – काठमाडौँ उपत्यकामा मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो। प्राधिकरणले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकम गरी तीन सेवाप्रदायक कम्पनीको मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो। तीन कम्पनीका नेटवर्कभित्र पुस १६ गतेदेखि २७ गतेसम्म ११ दिन कलमा […]

मोबाइल सेवाको गुणस्तर मापदण्डभन्दा कमजोर

मुलुकको संघीय राजधानी काठमाडौं उपत्यकाभित्र नै मोबाइल सेवा प्रदायक कम्पनीहरूले मापदण्ड पूरा नगरेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनअनुसार तीन मुख्य मोबाइल सेवा प्रदायक कम्पनीहरूले मापदण्ड पूरा गर्न सकेका छैनन् । प्राधिकरणले गत पुस १६ गतेदेखि २७ गतेसम्म काठमाडौं उपत्यकाभित्र गरेको गुणस्तर परीक्षणले मोबाइल सेवा गुणस्तरीय हुन नसकेको देखाएको हो ।प्राधिकरणले नेपाल टेलिकम, […]

गुणस्तर कायम गर्न मोवाइल सेवा प्रदायकहरू असफल

१३ साउन, काठमाडौं । नेपालका मोबाइल सेवा प्रदायक कम्पनी आफ्ना सेवाको गुणस्तर कायम गर्न असफल भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) गर्दा नेपाल टेलिकम, एनसेल आजिएटा र स्मार्ट टेलिकम सेवाको गुणस्तर कायम गर्न असफल देखिएका हुन् । प्राधिकरणले यी तीन कम्पनीले २०७७ चैतदेखि २०७८ जेठसम्म दिएको सेवाको गुणस्तरलाई आधार […]

नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट– नेपाल टेलिकमभन्दा एनसेल राम्रो

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई समेटेर काठमाडौं उपत्यकाको मोबाइल सेवाको गुणस्तर परीक्षणमा एनसेल राम्रो देखिएको छ। परीक्षणमा फोन स्थापना हुने समय नेपाल टेलिकमको ९.३४ सेकेन्ड, एनसेलको ५.२७ सेकेन्ड र स्मार्टको १०.२६ सेकेन्ड र आफै फोन विच्छेद हुने दर नेपाल टेलिकममा ०.८७ प्रतिशत, एनसेलमा ०.२ प्रतिशत र स्मार्टमा ०.४५ प्रतिशत रहेको छ।

टेलिकम सेवाको गुणस्तर खस्कियो

नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा टेलिकमको सेवा कम गुणस्तरको भएको उल्लेख छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्टसहित गरेको अध्ययनमा टेलिकमको मोबाइल सेवा कम गुणस्तरको पाइएको हो। प्राधिकरणले काठमाडौं उपत्यकामा मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो।

नेटवर्कमा टेलिकम, गुनासो सुनुवाइमा एनसेल अगाडि - Naya Patrika

दूरसञ्चार प्राधिकरणको सर्भे रिपोर्ट – नेपालमा टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर कायम गर्ने सवालमा नेपाल टेलिकम र एनसेल दुवै कमजोर देखिएका छन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको...पूरा पढ्नुहोस् »