काठमाडौं : गत शुक्रबार प्रदर्शनमा आएको 'कबड्डी ४ः द फाइनल म्याच'ले पहिलो हप्ता ऐतिहासिक प्रदर्शन गर्यो। एकल प्रदर्शन पाएको भएकाले पनि 'कबड्डी ४' कीर्तिमानी कमाइ गर्न सफल भयो। दोस्रो हप्तामा भने ‘कबड्डी ४’ को लागि चुनौती थपिने भएको छ। शुक्रबारदेखि एकसाथ ४ विदेशी फिल्म प्रदर्शनमा आउन लागेकाले 'कबड्डी ४' काे रफ्तारमा कमी आउने संभावना देखिएको हो। शुक्रबार टम क्रुज अभिनित हलिउड फिल्म 'टपगनः मावरिक', अक्षय कुमार अभिनित बलिउड फिल