काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदबाट विश्वासको मत लिने भएपछि कांग्रेस सांसद गगन थापा हेलिकप्टरमार्फत काठमाडौं आएका छन्।नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा रहेका थापा कार्यक्रम सकेर सडकमार्गबाट काठमाडौं आइरहे पनि पहिरोका कारण दमौलीमा रोकिएका थिए।थापाका स्वकीय सचिव सबिनबाबु मुडभरीले विश्वासको मत लिने कार्यक्रम रहेपछि थापा एभरेष्ट कम्पनीको हेलिकप्टरमार्फत् काठमाडौं आइपुगेका हुन्।थापासँगै पूर्वमन्त्री यज्ञबहादुर थापा पनि छन्। सडकमार्ग हुँदै आउँदा नभ्याइने भएपछि थापा ह