सप्तकोशीको बहाब बढ्दै

विगत केही दिनयता सप्तकोशी नदीको वहाव बढिरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढीरहेको हो । सामान्यतया नदीको वहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको वहाव पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ ।आज साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५...

सम्बन्धित सामग्री

बढ्दै कोसीको बहाब, ४६ वटा ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाब बढ्दो क्रममा छ । बुधबार साँझ साढे ६ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

लगातारको वर्षासँगै गण्डक ब्यारेजका सबै ढोका खुला

काठमाडौँ,१७ साउन । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक […]

नारायणीमा पानीको बहाब उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलिए

लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको बताए । “सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोकामात्रै खोलिएको थियो” उनले भने, “नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोल्न लगाइएको हो ।” गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले बताए । नारायणी नदीको देवघाटस्थित बाढीमापन केन्द्रकाअनुसार अहिले नारायणीमा पानीको सतह सात दशमलब एक मिटर रहेको छ । नारायणीमा पानीको सतह सात दशमलब तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तहको रुपमा लिइन्छ । नारायणीमा पानीको सतह बढेसँगै नवलपुर तथा चितवनका नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्ने गरेका छन् । नारायणीमा पानीको सतह बढ्दै गएपछि आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधारणलाई सूचना जारी गरिएको भन्दै उहाँले अहिले नारायणीमा पानीको बहाब सामान्य रहेको जानकारी दिनुभयो । नवलपुरको गैँडाकोटसहित पाँच वटा स्थानीय तह नारायणीको जोखिममा रहेका छन् ।त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर भारतले सिँचाइका लागि पानी लैजाने गरेको छ । हिउँदमा ब्यारेजका अधिकांश ढोका बन्द गरेर भारतले दुई वटा नहरमार्फत बिहार र उत्तर प्रदेशमा सिँचाइ गर्दै आएको छ भने बर्खामा ब्यारेजका ढोका खोल्दा दुवै नहरमा पानी जाँदैनन् । आज बिहान गण्डक ब्यारेजमा पानीको बहाव दुई लाख ८३ हजार क्युसेक मापन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए  ।

गण्डक ब्यारेजका सबै ढोका खुला

लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै […]

मनोहरा खोलाको कटानले बस्ती जोखिममा

काठमाडौँ,१५ असार । चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीमा मनोहरा नदीको कटानले नदी आसपासका बस्ती जोखिममा परेका छन् । हरेक वर्ष वर्षामा पानीको बहाब बढ्दै जाँदा बस्ती जोखिममा पर्दै आएको यस क्षेत्रमा दीर्घकालीन रुपमा समस्या समाधान प्रयास नहुँदा हरेक वर्ष बस्ती जोखिममा पर्दै आएका छन् । लामो समय बालुवा तस्करीले खोलाको बालुवा झिकेर बिक्री गरेपछि गहिरिँदै गएको […]

निरन्तर वर्षाको प्रभाव : रुपन्देहीमा हालसम्म २ जनाको मृत्यु, ३ जना बेपत्ता

बुटवल : बिहीवारदेखि निरन्तर रुपमा पानी पर्दा तराईका जिल्लामा डुबानको स्थिति आएको छ। तराईको जिल्ला रुपन्देहीका दक्षिणी क्षेत्रमा यसको प्रभाव बढी परेको छ। बिहीवार बेलुकादेखि परेको पानीले रातिदेखि नै तराईका क्षेत्रहरुमा पानीको बहाब बढ्दै आएको थियो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यो वर्ष वर्षाको समयमा कुनै क्षति नभएपनि भदौमा आएर क्षति…

महाकालीमा पानीको बहाब बढेपछि पुलको संरचनामा क्षति

महेन्द्रनगर-कञ्चनपुरको महाकाली नदीमा पानी बहाव बढेपछि नदीमाथि निमार्णाधीन पक्की पुलको संरचनामा क्षति पुगेको छ । केही दिनदेखि निरन्तर पहाडी क्षेत्रमा परिरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेपछि पुलको संरचनामा क्षति पुगेको हो । चार लेन पक्की पुलको पूर्वतर्फको पहुँचमार्ग नदीले भत्काएको छ भने एउटा टापुसमेत पानीले भत्काएको छ ।“शनिबार बिहानदेखि नदीमा पानीको बहाब बढ्दै […]

कालीगण्डकी  तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिरोको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ । कालीगण्डकी नदीमा बिहीबारदेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो ।  जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेती वेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन् । पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्

महाकाली नदीको बाढीबाट ३० घर परिवार विस्तापित, पानीकाे बहाब बढ्दै

कञ्चनपुर – महाकाली र जोगबुढा नदीमा आएको बाढीका कारण डुबानमा परेका ४६ घर परिवारको उद्दार गरिएको छ । शनिबार रातिदेखि परेको पानीका कारण नदीम पानीको बहाब बढेपछि माहाकाली नगरपालिकाको ८, ९ र १० नम्बर वडाका बस्तीहरु डुबानमा परेका थिए ।  डुबानको उच्च जोखिममा रहेका वडा नम्बर १० का ३० परिवार विस्तापित भएका छ...