आवश्यक्ता अनुसार विद्युत निकाल्दा तामाकोशीको बहाब छिनछिनमै परिवर्तन, सतर्क रहन आग्रह

चैत १३, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले विद्युत प्राधिकरणलाई आवश्यक पर्दा जुनसुकै बेलापनि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने भएको छ । ४५६ मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजनाले रातमा पानी जम्मा गरेर बिहान र बेलुकाको पिक समयमा ४५६ मेगावाट विद्युत उत्पादन गर्दै आएको थियो । तर अहिले भारतबाट आउने बिजुली निकै महँगो भएको र भारतमै पनि ऊर्जा संकटको स्थिती रहेकोले नेपाल तर्फको निर्यातमा भारतले बेला बेला रोक लगाउने गरेको छ । त्यसै कारण प्राधिकरणले राष्ट्रिय गौरबको माथिल्लो तामाकोशीलाई आवश्यक परेको बेला अन्य समयमा पनि उपयोगमा ल्याउन लागेको हो । आयोजनाले आइथवार एक सूचना जारी गर्दै नदीमा छिनछिनमै पानीको बहाब तल माथी हुन सक्ने भएकाले नदीमा जाँदा सतर्कता अपनाउन आग्रह गरेको छ । आयोजनाले बिहान ५:०० देखि ११:०० बजेसम्म र साँझ ५:०० बजेदेखि राति १०:०० बजेसम्ममा राष्ट्रिय विद्युत प्रणालीको आवश्यकतानुसार पूरा क्षमता ४५६ मेगावाटनै विद्युत उत्पादन गर्ने छ । त्यतिबेला जलविद्युत केन्द्रको सिस्नेरीस्थित टेलरेस आउटलेटबाट अधिकतम ६६ घनमिटर प्रति सेकेण्डका दरले पानी निस्केर तामाकोशी नदीको बहावमा अचानक बढ्ने तथा पिक आवरपश्चात् पुन: बहाव घट्न सक्ने आयोजनाले जारी गरेको सूुचनामा उल्लेख छ । तामाकोशी नदीको तल्लो तटीय क्षेत्रमा पर्ने जगत, टुनीटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्तीसहित सुनकोशी नदीको दोभानसम्म नै तामाकोशी नदीको पानीको सतह क्रमश: बढ्दै जाने र पछि पुन: घट्ने चक्र हुने कम्पनीको भनाइ छ । तामाकोशी नदीमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, लुगाधुने वा वस्तुभाउ लैजाने जस्ता कार्यहरू सकेसम्म नगर्न/नगराउनु हुन तथा नदी किनारमा परम्पराअनुसार मृतकहरूको दाहसंस्कार गर्दा वा नदीबाट गिट्टीबालुवा निकाल्नुपर्दा वा धार्मिक संस्कार वा अन्य कुनै प्रयोजनको लागि अन्य आवश्यक कार्यहरू गर्नुपर्दा अत्यन्त सतर्कतापूर्वक र सावधानीका साथ ती कार्यहरू गर्न समेत आयोजनाले सम्बन्धित सबैमा अनुरोध गरेको छ।

सम्बन्धित सामग्री

२८ हजार मेगावाट बिजुली उत्पादन गर्न १२ वर्षमा ६१ खर्ब लगानी आवश्यक

‘ग्रीन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहरुले सरकारले राखेको विद्युत उत्पादनको लक्ष्य भेटाउन १२ वर्षमा ६१ खर्ब रुपैयाँ लगानीको आवश्यक्ता रहेको बताएका छन् ।हिमालयन हाइड्रो एक्स्पो २०२४ को अन्तिम प्राविधिक सत्रमा सरकारको विद्युत उत्पादनको लक्ष्य र लगानीको उपलब्धताबारे गरिएकाे छलफल वक्ताहरुले यस्ताे बताएका हुन् ।

सरकार अब तमासा हेरेर बस्दैन : उपप्रधान मन्त्री श्रेष्ठ

काठमाडाैं । ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुग्नुभएका उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताउनुभयो । उहाँले विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न […]

विकास निर्माणमा सरकार अब तमासा हेरेर बस्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताएका छन् । शुक्रबार ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुगेका  मन्त्री श्रेष्ठले  विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न चेम्बरको आग्रह

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अष्ट्रेलिया समक्ष आग्रह गरेको छ ।  नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका हुन् ।  नेपाल र अष्ट्रेलियाबीच ६० बर्ष भन्दा पुरानो कुटनीतिक सम्वन्धलाई थप बलियो बनाउन सरकारी र नीजि क्षेत्रबाट उच्चस्तरीय आर्थिक साझेदारीको आवश्यक्ता रहेको अध्यक्ष मल्लले बताए । अष्ट्रेलियाले नेपालको बन क्ष्ँेत्रको संरक्षण तथा सम्वद्र्धन गर्न लामो समय देखि आर्थिक एवं प्राविधिक सहयोग गरेको भन्दै अध्यक्ष मल्ले यसको निरन्तरतामा जोड दिए । उनले जडिवुटी एवं खानी जन्य तथा धातुहरुको प्रशोधन गर्ने उद्योगमा लगानी गरि अन्तराष्ट्रिय बजार प्रर्वद्धन गर्न समेत राजदूत वोल्क समक्ष आग्रह गरे । अध्यक्ष मल्लले भने , ‘समृद्ध मुलुक अष्टे«लियाले थुप्रै देशमा लगानी गरिरहेको छ । तर नेपालमा लगानी निकै नगण्य मात्रामा छ । भारत तथा बंगलादेशको विद्युत बजारलाई मध्यनजर गर्दै अपार सम्भावना भएको नेपालको जलविद्युतमा लगानी गर्नका लागि म महामहिम राजदूत वोल्कलाई आग्रह गर्दछु ।’ अष्ट्रेलियाका ठूला लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानीका लागि अध्यक्ष मल्लले आग्रह समेत गरे ।  बैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी गर्न अध्यक्ष मल्लले राजदूत वल्क समक्ष आग्रह गरे । अध्यक्ष मल्लले भने, 'अष्ट्रेलियाको लगानी सुनिश्चित गर्न नीजि क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्सले पहल गर्नेर्छ ।’नेपालका विद्यार्थीहरु अष्ट्रेलियामा अध्ययनका लागि गईरहेको सन्र्दभमा अध्यक्ष मल्लले त्यहाँका बिख्यात शैक्षिक संस्थाहरुबाट नेपाली शैक्षिक संस्थाहरुलाई सम्वन्धन दिई शिक्षाको गुणस्तर सुधारमा सहयोग गर्न समेत राजदूत वल्कसमक्ष आग्रह गरे । अध्यक्ष मल्लले नेपाल र अष्ट्रेलियाबीच सीधा हवाई सेवा बिस्तार गरेर दुवै देशले फाईदा लिन सक्नेमा जोड दिए । यसले नेपालको पर्यटन प्रर्वद्धनमा समेत महत्वपुर्ण भूमिका खेल्नेमा अध्यक्ष मल्लले विश्वास व्यक्त गरे । सूचना प्रविधीको क्षेत्रमा लगानीका लागि अष्टे«लियाको निजी क्षेत्रमा पहल गरिदिन समेत राजदूत वल्कलाई अध्यक्ष मल्लले प्रस्ताव गरे ।जवाफमा राजदूत वल्कले नेपाल अष्ट्रेलियाको कुटनीतिक सम्वन्ध ६० बर्ष भन्दा पुरानो र ऐतिहासिक भएको बताईंन्। नेपालसंगको ऐतिहासिक सम्वन्धलाई अष्ट्रेलियाले संधै गर्व गर्ने उनको भनाई छ । नेपालबाट बार्षिक ५० हजार विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया जाने गरेको भन्दै वल्कले उनीहरुको शैक्षिक सुधार तथा भविश्यका लागि आफ्नो सरकारले उच्च प्राथमिकतामा राखेको बताईन्। वल्कले भनिन्, ‘नेपालबाट बार्षिक ५० हजार विद्याथीलाई अष्टे«लियाले अध्ययन भिषा उपलव्ध गराउ“दै आएको छ । अष्टे«लिया अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या विश्वमा चीन, भारत पछि नेपाल तेस्रो स्थानमा छ । हामी अझै यसको सुधारको पक्षमा छौं ।’