महाकालीमा पानीको बहाब बढेपछि पुलको संरचनामा क्षति

महेन्द्रनगर-कञ्चनपुरको महाकाली नदीमा पानी बहाव बढेपछि नदीमाथि निमार्णाधीन पक्की पुलको संरचनामा क्षति पुगेको छ । केही दिनदेखि निरन्तर पहाडी क्षेत्रमा परिरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाब बढेपछि पुलको संरचनामा क्षति पुगेको हो । चार लेन पक्की पुलको पूर्वतर्फको पहुँचमार्ग नदीले भत्काएको छ भने एउटा टापुसमेत पानीले भत्काएको छ ।“शनिबार बिहानदेखि नदीमा पानीको बहाब बढ्दै […]

सम्बन्धित सामग्री

सप्तकोसीमा पानीको बहाब उच्च, खोलियो ब्यारेजका ३३ ढोका

धरान । सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। शनिबार ४ लगातारको वर्षाका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ। सप्तकोसीमा शनिबार ४:५० बजे पानीको बहाब प्रतिसेकेण्ड २ लाख २५ हजार ३ सय ५० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले पानीको […]

सप्तकोसी ब्यारेजका खोलियो २९ ढोका

राजविराज । सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक रुपमा फेरि बढ्ने आकलन गरिएको छ । पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो । कोसी नदीमा पानीको अत्यधिक बहाब हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको छ । ५ लाख क्युसेकभन्दा […]

कोसीमा पानीको बहाब फेरि बढ्नसक्ने, ब्यारेजका २९ ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक रुपमा फेरि बढ्ने आकलन गरिएको छ । पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो ।

नारायणीमा पानीको बहाब उच्च, गण्डक ब्यारेजका सबै ढोका खोलिए

लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक ब्यारेजका सबै ढोका खोल्न लगाइएको बताए । “सोमबारसम्म त्रिवेणीको गण्डक ब्यारेजमा १८ वटा ढोकामात्रै खोलिएको थियो” उनले भने, “नारायणी नदीको जलाधार क्षेत्रमा ठूलो पानी परिरहेको सूचना प्राप्त भएसँगै सोमबार रातिदेखि ब्यारेजका सबै ढोका खोल्न लगाइएको हो ।” गण्डक ब्यारेजका सबै ढोका खोलिएसँगै नवलपुरको सुस्तासहित नदी तटीय क्षेत्रमा बाढी र डुबानको समस्या कम भएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले बताए । नारायणी नदीको देवघाटस्थित बाढीमापन केन्द्रकाअनुसार अहिले नारायणीमा पानीको सतह सात दशमलब एक मिटर रहेको छ । नारायणीमा पानीको सतह सात दशमलब तीन मिटरलाई सतर्कता तह र नौ मिटरलाई खतराको तहको रुपमा लिइन्छ । नारायणीमा पानीको सतह बढेसँगै नवलपुर तथा चितवनका नदी तटीय क्षेत्रका बस्तीहरु जोखिममा पर्ने गरेका छन् । नारायणीमा पानीको सतह बढ्दै गएपछि आसपासको क्षेत्रमा डुबान र कटानबाट सुरक्षित रहन सर्वसाधारणलाई सूचना जारी गरिएको भन्दै उहाँले अहिले नारायणीमा पानीको बहाब सामान्य रहेको जानकारी दिनुभयो । नवलपुरको गैँडाकोटसहित पाँच वटा स्थानीय तह नारायणीको जोखिममा रहेका छन् ।त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर भारतले सिँचाइका लागि पानी लैजाने गरेको छ । हिउँदमा ब्यारेजका अधिकांश ढोका बन्द गरेर भारतले दुई वटा नहरमार्फत बिहार र उत्तर प्रदेशमा सिँचाइ गर्दै आएको छ भने बर्खामा ब्यारेजका ढोका खोल्दा दुवै नहरमा पानी जाँदैनन् । आज बिहान गण्डक ब्यारेजमा पानीको बहाव दुई लाख ८३ हजार क्युसेक मापन गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए  ।

सेती नदीमा पानीको बहाब खतराको सुचीमा, सतर्क रहन आग्रह

विमल विष्ट, डोटी । जिल्ला सदरमुकाम सिलगढी सहित यहाँका दुइ जिल्ला अछाम तथा बाजुरा जोड्न कम्तीमा पनि तीस वर्ष पहिले कोरियल सरकारको सहयोगमा निर्माण गरिएको सेती नदी माथीको मोटर पुल खतरमा परेको छ । तीन दिनदेखिको लगातारका वर्षातका कारण नदीमा पानीको बहाब एकाएक बढेपछि उक्त पुल खतरामा परेको हो । तीन दिनदेखिको लगातारको वर्षाका कारण […]

सेती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

केही दिनयता देखिको लगातारको वर्षाका कारणसेती नदीमा पानीको बहाब अत्यधिक बढ्न थालेको छ । नदीमा पानीको बहाब बढ्न थालेकाले खतरा बढ्नसक्ने जनाउँदै आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिका समयमा सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । जिल्लाको गोपघाट र दिपायलमा रहेको बाढी मापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । जिल्ला प्रशासन कार्यालयले सेती नदीमा पानीको बहाब बढेकाले आसपा

दूधकोसी नदीमा पानीको बहाब बढ्यो, तटीय क्षेत्रमा त्रास

सोलुखुम्बु । सोलुखुम्बुको दूधकोसी नदीमा पानीको बहाब बढेको छ । हिमालको फेदबाट सुरु भएको कोसीमा लगातारको वर्षातका कारण नदीको बहाब बढेको हो । सप्तकोसीको एक नदीका रुपमा रहेको दूधकोसी नदीको रभुँवाबजार स्थित जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ । पानी बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनका लागि जल तथा मौसम […]

सेती नदीमा पानीको बहाब बढेपछि पुल जोखिममा

७ जेठ, बझाङ । सदरमुकाम चैनपुरको सेती नदीमा बनेको मोटर गुड्ने क्रस पुल छेउको पर्खाल भासिएको छ । पर्खाल भासिएसँगै क्रस मोटर पुल जोखिममा रहेको छ । बुधबार रातिदेखि परेको अबिरल वर्षाका कारण सेती नदीमा पानीको बहाब बढेको र नदीले कटान शुरु गर्दा पर्खाल भासिएको हो । नदीमा पानीको बहाब बढेसँगै खोला छेउमा रहेको ग्याबिन […]