प्रत्यक्षतर्फ १७ सिटमा जित हासिल गर्दै गण्डकी प्रदेशमा सबैभन्दा ठुलो पार्टी बनेको नेपाली काँग्रेसभित्र संसदीय दलको नेता बन्न नेताहरुबीच दौडधुप सुरु भएको छ । दलको नेता बन्न नेताहरुमध्ये गण्डकी प्रदेशको काम चलाऊ सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे प्रबल दाबेदारका रूपमा अघि सरेका छन् । थापा कास्की २ (ख) बाट दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् भने पाण्डे गोरखा क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका हुन