पुल नहुँदा खोला तर्न समस्या

बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नं–३ को डुँग्री झिगिने, टुनीसैन लगायतका खोलामा पुल नहुँदा त्यहाँका स्थानीयलाई वर्खाको समय खोला तर्न निकै समस्या भएको छ ।

सम्बन्धित सामग्री

जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता

सुर्खेत : पक्की पुल नहुँदा  स्थानीयबासीले अस्थायी रुपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि हुम्लाको समकोट हिल्सा सडकको हेक्पा खोला तर्न समस्या हुन थालेको छ।पानीको बहाबले कर्णाली करिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि समस्या भएको हो।जोखिम मोलेरै पुलमाथि बगेको पानीमै यातायातका साधन सञ्चालन हुँदै आएको नाम्खा गाउँपालिका–१ को गाडापारीका स्थानीयबासी मीमबहादुर लामाले बताए। दुई वर्ष अघिदेखि हेम्पा खोलामा य

दुई वर्षमा सक्नुपर्ने पुल पाँच वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएन

रोल्पाको थवाङ गाउँपालिका–३ का ताराप्रसाद रोका मगर हरेक कामकाजका लागि गाउँपालिकाको केन्द्र थवाङमा पुग्ने गर्छन् । तर बर्खाको समयमा थवाङ खोलामा बर्सेनि समस्या झेल्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् ।उनका अनुसार बर्खाको समयमा खोला बढेर तर्न नसकिने भएकाले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ । विद्यालय जाने बालबालिका खोला तर्न नसक्ने भएकाले अभिभावकले नै पु-याउनु पर्ने बाध्यता रहेको रोका मगर सुनाउँछन् ।थवाङ खोलामा निर्माण भइरहेको पुल तोकिएको समयमा सम्पन्न नहुँदा सवारी साधन आवतजावत गर्न निकै

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

रोल्पा । घोडाखोलामा समयमै पक्की पुल नबन्दा रोल्पाको सुनीलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकाका स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य छन् । रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा निर्माण भइरहेको पक्की पुल समयमै निर्माण हुन नसक्नु र गत असारदेखि खोलामा पानी बढेपछि स्थानीय सानो काठको प्mल्याकबाट वारपार गर्न बाध्य छन् । सुनीलस्मृति गाउँपालिकाबाट रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा पर्ने घोडेखोलामा पुल नबन्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पुल नहुँदा यातायातका साधन आवतजावत गर्न समस्या भएको छ भने पदैलबाट खाद्यान्नलगायत सामान किनमेलका लागि प्यूठानको स्वर्गद्वारी नगरपालिकाका किमिचौर, भिंग्री बजारमा जान समेत सास्ती भएको स्थानीय बताउँछन् । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले गत पुसमा पुल शिलान्यास गर्दा पुल निर्माणको जिम्मा लिएको जलजला आशु कन्स्ट्रक्सनका सञ्चालक बालाजु श्रेष्ठले तोकिएको समयावधि अगावै सम्पन्न गरी बोनस लिने प्रतिबद्धता गरेका थिए । तर सम्झौताअनुसार काम सम्पन्न गर्ने समय दुई महिना मात्र बाँकी हुँदा समेत पुलको निर्माण ३० प्रतिशतभन्दा बढ्न सकेको छैन । २ करोड ५९ लाख २२ हजार लागतमा पुल निर्माणको जिम्मा लिई कम्पनीका सञ्चालक श्रेष्ठले पेटी ठेकेदार सुन्दर घिमिरे र सञ्जय चौधरीलाई जिम्मा दिएका थिए । पेटी ठेकेदारले कामदारलाई समयमा पैसा नदिएपछि पुलको निर्माण हाल अलपत्र छ । विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् । ‘यो वर्ष त पक्की पुल बन्ने भयो, अब खोला तर्न समस्या हुँदैन भन्ने आशामा थियौं,’ स्थानीय भुपेन्द्र कुँवरले भने, ‘अझै धेरै काम बाँकी रहेकोले अर्को वर्षासम्म पनि पुल नबन्ने चिन्ता लागेको छ ।’ उनका अनुसार पेटी ठेकेदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात घर जाने गरेका छन् भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेकेदारले नदिँदा स्थानीय व्यापारी मारमा परेका छन् । दैनिक सयौं मानिस घोडेखोला तरेर वारपार गर्छन् । बजारमा किनमेलका लागि पनि नजिकको किमीचौर भिंग्री पुग्दा घोडेखोला तर्नैपर्छ । घोडेखोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा काठको लप्काबाट खोला तर्न बाध्य छन् । यसप्रति स्थानीय सरकार र अन्य सरोकारवालाको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ ।

पुल बन्ने भएपछि स्थानीय खुसी

जिल्लाको सीतगंगा नगरपालिका–१४ पावरा र विक्रमसोता जोडने खोलामा पुल बन्ने भएपछि स्थानीयमा खुसी छाएको छ । वर्षौंदेखि पुल बनाइदिन्छौं भोट दिनुस् भन्ने चुनावी नारा लगाउँदै आएका जनप्रतिनिधिले अहिले पुल बनाउन लागेका छन् । विद्यालय खुल्ने समयमा खोला उर्लेर आएसँगै पुल बिना खोला तर्न सकिँदैन । विद्यालय पुग्न जम्मा १०÷१५ मिनेटको बाटो । खोलामा पुल नहुँदा घण्टौंभन्दा बढी समय विद्यार्थीलाई लाग्दथ्यो । विद्यार्थीलाई मात्र होइन स्थानीयलाई पनि पावरा र विक्रमसोता आवातजावात गर्न निकै समस्या छ ।

पुल बन्ने भएपछि स्थानीय खुसी

जिल्लाको सीतगंगा नगरपालिका–१४ पावरा र विक्रमसोता जोडने खोलामा पुल बन्ने भएपछि स्थानीयमा खुसी छाएको छ । वर्षौंदेखि पुल बनाइदिन्छौं भोट दिनुस् भन्ने चुनावी नारा लगाउँदै आएका जनप्रतिनिधिले अहिले पुल बनाउन लागेका छन् । विद्यालय खुल्ने समयमा खोला उर्लेर आएसँगै पुल बिना खोला तर्न सकिँदैन । विद्यालय पुग्न जम्मा १०÷१५ मिनेटको बाटो । खोलामा पुल नहुँदा घण्टौंभन्दा बढी समय विद्यार्थीलाई लाग्दथ्यो । विद्यार्थीलाई मात्र होइन स्थानीयलाई पनि पावरा र विक्रमसोता आवातजावात गर्न निकै समस्या छ ।

बाउली गाडमा पुल नै छैन, तिपाडामा दुइटा

बाजुराको मार्तडी–कोल्टी सडकमा गाडी चल्न थालेको करिब सात वर्ष बितेको छ तर यस सडकखण्डमा पर्ने बाउली गाड (नदी) मा भने पुल बन्न सकेको छैन। बर्खाको समय मार्तडी–कोल्टी सडकको बिचमा रहेको बाउली खोला तर्न निकै समस्या हुने गरेको छ। खोलामा पुल नहुँदा सर्वसाधारणले निकै सास्ती भोग्ने गरेका छन्। पुल निर्माण नहुँदा बर्खाको समय बाउलीमा मार्तडी–कोल्टी सडकमा चल्ने गाडी खोलाको वारि र पारि रोकिने गरेका छन्। गत साउन ७ गते कैलाली–६, जोशीपुरका ३२ वर्षीय डुबनारायण चौधरीको सो खोलामा बगेर ज्यान गएको छ।