पुल बन्ने भएपछि स्थानीय खुसी

जिल्लाको सीतगंगा नगरपालिका–१४ पावरा र विक्रमसोता जोडने खोलामा पुल बन्ने भएपछि स्थानीयमा खुसी छाएको छ । वर्षौंदेखि पुल बनाइदिन्छौं भोट दिनुस् भन्ने चुनावी नारा लगाउँदै आएका जनप्रतिनिधिले अहिले पुल बनाउन लागेका छन् । विद्यालय खुल्ने समयमा खोला उर्लेर आएसँगै पुल बिना खोला तर्न सकिँदैन । विद्यालय पुग्न जम्मा १०÷१५ मिनेटको बाटो । खोलामा पुल नहुँदा घण्टौंभन्दा बढी समय विद्यार्थीलाई लाग्दथ्यो । विद्यार्थीलाई मात्र होइन स्थानीयलाई पनि पावरा र विक्रमसोता आवातजावात गर्न निकै समस्या छ ।

सम्बन्धित सामग्री

सिरहाको त्रिशुली नदीमाथि बन्ने भयो पुल, स्थानीय खुसी

जनकपुरधाम । सिरहाको बरियारपट्टी गाउँपालिका– ३ स्थित त्रिशुली नदीमा पुल निर्माण हुने भएको छ । प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्राललयले पुल निर्माण कार्य अगाडि बढाएको हो । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजयकुमार यादव र बरियापट्टी गाउँपालिकाका प्रमुख सन्तोष महतोले संयुक्त रुपमा शुक्रबार पुलको शिलान्यास गरेका हुन् । मापदण्डअनुसार […]