मूल्य समायोजनपछि नेशनल हाइड्रोपावरको शेयर मूल्य कति ?

काठमाडौं । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि नेशनल हाइड्रोपावर कम्पनीको शेयर मूल्य समायोजन गरिएको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ५० प्रतिशत हकप्रदका लागि शेयर मूल्य समायोजन गरेपछि कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १८२ दशमलव ०७ कायम गरेको छ ।  बिहीवारको अन्तिम कारोबार मूल्य अनुसार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २२३ दशमलव १० थियो । अब यही समायोजित मूल्य अनुसार नै कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि आज (असार १ गते) बुक क्लोज गरेको हो । यसको आधारमा गत जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउने छन् ।  कम्पनीले १० बराबर शून्य ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते स्वीकृति पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड छ । यो हकप्रद शेयर निष्कासनपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड पुग्नेछ ।

सम्बन्धित सामग्री

अंकित मूल्यभन्दा कममै कारोबार खुला भएको समाज लघुवित्तको अहिले कति छ शेयर मूल्य ?

काठमाडौं । लघुवित्त क्षेत्रमा यस्तो कम्पनी छ, जसको दोस्रो बजारमा पहिलो कारोबार ७२ रुपैयाँ १० पैसामा भएको थियो । पछिल्लो कारोबार दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ८९६ रुपैयाँ कायम भएको छ । करीब ३ वर्ष शेयर कारोबार रोकिँदा कम्पनीका आईपीओ खरीदकर्ताले समेत शुरुका दिनमा घाटा व्यहोर्नुपरेको थियो ।  सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत भएकै दिनदेखि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । यस कम्पनीले २०७७ भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको थियो ।  आईपीओ बाँडफाँटपछि कम्पनीले २०७७ असोज ८ गते धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराए पनि स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्झौताका कारण सोही दिनदेखि कम्पनीको शेयर कारोबार रोकका भएको थियो । मर्जर प्रक्रिया टुङ्गोमा पुग्न नसकेको स्वस्तिक र समाज लघुवित्तले २०७७ असोज ५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।  करीब तीन वर्षपछि २०८० असार ३१ गतेदेखि लागू हुने गरी आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको हो । २०८० साउन १ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीका आईपीओधनी यतिबेला प्रतिकित्ता १ हजार ७९६ रुपैयाँ नाफामा छन् ।  करीब तीन वर्ष आफ्नो लगानी बन्धक बनाएका समाज लघुवित्तका लगानीकर्ताले कारोबार खुला भएको चार महीनासम्म घाटा व्यहोर्नुपरेको थियो । कम्पनीको शेयर मूल्य १०० रुपैयाँ कायम हुन करीब चार महीना लागेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।  यो बीचमा कम्पनीका शेयरधनीका लागि कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट २ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव २०८० साउन ३१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभामार्फत पारित भएको थियो । तर, उक्त बोनस शेयर कम्पनीले हालसम्म धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको देखिँदैन ।  धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ । आईपीओ कारोबारका लागि करीब तीन वर्ष कुर्नुपरेको समाज लघुवित्तका शेयरधनीले पारित भएको आठ महीना बितिसक्दा पनि बोनस शेयर प्राप्त गर्न सकेका छैनन् ।

अंकित मूल्यभन्दा कममै कारोबार खुला भएको समाज लघुवित्तको अहिले कति छ शेयर मूल्य ?

काठमाडौं । लघुवित्त क्षेत्रमा यस्तो कम्पनी छ, जसको दोस्रो बजारमा पहिलो कारोबार ७२ रुपैयाँ १० पैसामा भएको थियो । पछिल्लो कारोबार दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता १ हजार ८९६ रुपैयाँ कायम भएको छ । करीब ३ वर्ष शेयर कारोबार रोकिँदा कम्पनीका आईपीओ खरीदकर्ताले समेत शुरुका दिनमा घाटा व्यहोर्नुपरेको थियो ।  सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि धितोपत्र दोस्रो बजारमा सूचीकृत भएकै दिनदेखि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो । यस कम्पनीले २०७७ भदौ ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी भदौ १५ गते बाँडफाँट गरेको थियो ।  आईपीओ बाँडफाँटपछि कम्पनीले २०७७ असोज ८ गते धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराए पनि स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर सम्झौताका कारण सोही दिनदेखि कम्पनीको शेयर कारोबार रोकका भएको थियो । मर्जर प्रक्रिया टुङ्गोमा पुग्न नसकेको स्वस्तिक र समाज लघुवित्तले २०७७ असोज ५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।  करीब तीन वर्षपछि २०८० असार ३१ गतेदेखि लागू हुने गरी आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गरिएको हो । २०८० साउन १ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीका आईपीओधनी यतिबेला प्रतिकित्ता १ हजार ७९६ रुपैयाँ नाफामा छन् ।  करीब तीन वर्ष आफ्नो लगानी बन्धक बनाएका समाज लघुवित्तका लगानीकर्ताले कारोबार खुला भएको चार महीनासम्म घाटा व्यहोर्नुपरेको थियो । कम्पनीको शेयर मूल्य १०० रुपैयाँ कायम हुन करीब चार महीना लागेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।  यो बीचमा कम्पनीका शेयरधनीका लागि कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को मुनाफाबाट २ करोड रुपैयाँ चुक्ता पूँजीको आधारमा कम्पनीले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त प्रस्ताव २०८० साउन ३१ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभामार्फत पारित भएको थियो । तर, उक्त बोनस शेयर कम्पनीले हालसम्म धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको देखिँदैन ।  धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि मात्र कम्पनीको बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा हुनेछ । आईपीओ कारोबारका लागि करीब तीन वर्ष कुर्नुपरेको समाज लघुवित्तका शेयरधनीले पारित भएको आठ महीना बितिसक्दा पनि बोनस शेयर प्राप्त गर्न सकेका छैनन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनसहित चार कम्पनीको शेयर मूल्य समायोजन, कुन कम्पनीको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार चार कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले साना किासान विकास लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेशन, सांग्रिला डेभलपमेन्ट बैंक र आशा लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको हो । यी चार ओटै कम्पनीका आज अर्थात् फागुन २५ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।  नेप्सेले साना किसान विकास लघुवित्तको बिहीवार अन्तिम कायम शेयर मूल्य रू. १ हजार ११९ को आधारमा २६ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ८८८ दशमलव १० तोकेको छ । त्यस्तै साल्ट ट्रेडिङको अन्तिम कायम शेयर मूल्य रू. ४ हजार ३३५ को आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३ हजार ९४० दशमलव ९१ तोकिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको बिहीवार कायम अन्तिम शेयर मूल्य रू. ३३८ को आधारमा ८ दशमलव ५३४ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ३११ दशमलव ४२ तोकिएको छ ।  त्यसैगरी नेप्सेले आशा लघुवित्तको बिहीवार कायम अन्तिम शेयर मूल्य रू. ८६० को आधारमा १४ दशमलव २८ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. ७५२ दशमलव ५० तोकेको छ । यही मूल्यको आधारमा यी चार ओटै कम्पनीको शेयर आइतवार कारोबारमा आउनेछ ।

नेप्सेमा ५ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस २१ गते बुधबार ५ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेका ४ कम्पनी र हकप्रद निष्काशनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेको १ कम्पनी गरी कुल ५ कम्पनीको मूल्य समायोजन भएको हो । साधारणसभा प्रयोजनको लागि आज पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेका जनउत्थान सामुदायिक लघुवित्त, कालिका लघुवित्त, पोखरा फाइनान्स र मल्टीपर्पस फाइनान्सको बोनसमा मूल्य समायोजन भएको हो । त्यस्तै हकप्रद निष्काशनको लागि आज बुक क्लोज गर्ने निर्णय गरेको छ्याङदी हाइड्रोको आज मूल्य समायोजन भएको हो । पुस २० गते सम्म कायम शेयरधनीले यी कम्पनीको सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लाभांश लगानीकर्तामा बितरण हुने छ । त्यस्तै पूस २० गते सम्म कायम शेयरधनीले छ्याङदी हाइड्रोको हकप्रद पाउन सक्ने छन् ।जनउत्थान सामुदायिक लघुवित्तको २५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता २३८३.०२ कायम भएको छ । कालिका लघुवित्तको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११६३.७२ कायम भएको छ । मल्टीपर्पस फाइनान्सको १३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४१६.८१ कायम भएको छ । पोखरा फाइनान्सको ८.०८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४४०.४३ कायम भएको छ । छ्याङदी हाइड्रोको ३० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३९६.१५ कायम भएको छ । जनउत्थान सामुदायिक लघुवित्तले आर्थिक बर्ष २०७७-०७८ बाट सेयरधनीहरुलाई २६.३१५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश मध्ये २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १.३१५७ प्रतिशत नगद लाभांश रहेको छ। हाल लघुवित्तको चुक्तापुंजी ११ करोड ८३ लाख २४ हजार ८०० रहेको छ। लाभांश वितरण पश्चात चुक्तापुंजी १४ करोड ७७ लाख पुग्नेछ। कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।कालिका लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन् आउने ३ करोड ५९ लाख ९४ हजार ५ सय १६ रुपैयाँ ३५ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुंजी २७ करोड ६८ लाख ८० हजार ८ सय ९५ रुपैयाँ रहेको छ । कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।पोखरा फाइनान्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८.०७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.४२५ प्रतिशत नगद लाभांश गरि कुल ८.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।मल्टीपर्पस फाइनान्सले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन आउने ५ करोड २० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.५२६ प्रतिशत हुन आउने नगद लाभांश गरि कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले पुस ३० गते साधारणसभा आह्वान गरेको छ ।

नेप्सेमा ५ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

आज पुस १५ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ५ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेका समिट लघुवित्त, मन्जुश्री फाइनान्स, चिलिमे हाइड्रो ,  एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, र इन्फिनिटी लघुवित्तकोमूल्य समायोजन भएको हो ।  पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । चिलिमे हाइड्रोको ७.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४६७.८१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५०२.९० रुपैयाँ थियो । इन्फिनिटी लघुवित्तको २७.७० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३०७.७५ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १६७० रुपैयाँ थियो । मन्जुश्री फाइनान्सको ४० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६७०.७१ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ९३९ रुपैयाँ थियो । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५११.४३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५३७ रुपैयाँ थियो । समिट लघुवित्तको २५.२८५३ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ११६५.३४ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४६० रुपैयाँ थियो । समिट लघुवित्तले पुस २४ गते साधारणसभा आह्वान गरेको छ भने २५.२८५३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ । मन्जुश्री फाइनान्सले पुस २५ गते साधारणसभा आह्वान गरेको छ भने ४० प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । चिलिमे हाइड्रोले पुस २३ गते साधारणसभा आह्वान गरेको छ भने ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टले पुस २९ गते साधारणसभा आह्वान गरेको छ भने ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  र इन्फिनिटी लघुवित्तले पुस २७ मा साधारणसभा आह्वान गरेको छ भने २७.७ प्रतिशत बोनस शेयर र १.४६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन सक्ने छन् ।

नेप्सेमा ३ कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

आज पुस १३ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १३ मै बुक क्लोज गर्ने निर्णय गरेका नेपाल हाइड्रो डेभलपर, निर्धन उत्थान लघुवित्त र महालक्ष्मी विकास बैंकको शेयर मूल्य समायोजन भएको हो ।महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४७०.३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ५६४.४० रुपैयाँ रहेको थियो । निर्धन उत्थान लघुवित्तको २९.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२००.७७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १५५५ रुपैयाँ रहेको थियो । नेपाल हाइड्रो डेभलपरको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६५.४२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३९१ रुपैयाँ रहेको थियो । पुष १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् । नेपाल हाइड्रोले  पुस २८ गते कम्पनी रजिष्टर्ड कार्यालय डिल्लीबजारमा दिनको ३ बजे साधारणसभा डाकेको छ।  नेपाल हाइड्रोले ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जस मध्ये ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।३६८४ प्रतिशत नगद लाभांश रहेको छ।  त्यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय सँस्थाले  पुष २५ गते नक्साल स्थित आफ्नो केन्द्रिय कार्यलयमा दिनको १ बजे साधारणसभा डाकेको छ। कम्पनीले ३१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले  २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। महालक्ष्मी विकास बैंकले पुष २५ गते त्रिभुवन आर्मी अफिसर क्लब, टुँडिखेलमा दिनको ११ बजे साधारणसभा डाकेको छ । कम्पनीले २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश रहेको छ।

नेप्सेमा ३ वटा लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १ गते ३ वटा लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेका सपोर्ट लघुवित्त, वोमी लघुवित्त र सुर्योदय लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।  मङ्सिर २९ गते २९ गतेसम्म कायम शेयरधनीले मात्र यी कम्पनीको लाभांश पाउन सक्ने छन् । सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १७६९.२३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता २३०० रुपैयाँ रहेको थियो ।सुर्योदय लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १४२७.५० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १७१३ रुपैयाँ रहेको थियो । वोमी लघुवित्तको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १३४०.४३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता १६०९ रुपैयाँ रहेको थियो । मर्जर सम्झौता गरेकोले ओमी र सुर्योदय लघुवित्तको कारोबार भने रोक्का छ  । सपोर्ट लघुवित्तले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १.५७८ प्रतिशत नगद लाभांश गरि कुल ३१.५७८  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  हाल कम्पनीको चुक्ता पुंजी ६ करोड ६० लाख रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १० गते साधारणसभा आह्वान गरेको छ । त्यस्तै वोमी लघुवित्त Womi Microfinance Bittiya Sanstha  ले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ८  करोड २३ लाख ८८ हजार ८ सय ८० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ४१ करोड १९ लाख ४४ हजार ४ सय रहेको छ । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जर भई एकीकृत कारोवार समेत आर्थिक वर्ष २०७७/०७८ मा शुरुवात गरिसकिएको हुँदा आयकर ऐन बमोजिम बोनस शेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने भएकोले कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १६ गते साधारणसभा आह्वान गरेको छ।साथै सूर्योदय लघुवित्त Suryodaya Laghubitta Bittiya Sanstha  ले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको २०  प्रतिशतले हुन् आउने ४ करोड ९६ लाख ८ हजार ५ सय ८५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुंजी २४ करोड ८० लाख ४२ हजार ९ सय २५ रहेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पुस १६ गते साधारणसभा आह्वान गरेको छ  ।

मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य समायोजन, अब कसको कति मूल्य ?

नेपाल बैंक र ग्लोबल आइएमई लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तको नयाँ मूल्य तोकिएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन, कति तोकियो ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।