आज पुस १३ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वटा कम्पनीको शेयर मूल्य समायोजन भएको छ । साधारणसभा प्रयोजनको लागि आज पुस १३ मै बुक क्लोज गर्ने निर्णय गरेका नेपाल हाइड्रो डेभलपर, निर्धन उत्थान लघुवित्त र महालक्ष्मी विकास बैंकको शेयर मूल्य समायोजन भएको हो ।महालक्ष्मी विकास बैंकको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ४७०.३३ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ५६४.४० रुपैयाँ रहेको थियो । निर्धन उत्थान लघुवित्तको २९.५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता १२००.७७ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य १५५५ रुपैयाँ रहेको थियो । नेपाल हाइड्रो डेभलपरको ७ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ३६५.४२ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ३९१ रुपैयाँ रहेको थियो । पुष १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र यी कम्पनीको साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन् । नेपाल हाइड्रोले पुस २८ गते कम्पनी रजिष्टर्ड कार्यालय डिल्लीबजारमा दिनको ३ बजे साधारणसभा डाकेको छ। नेपाल हाइड्रोले ७.३६८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जस मध्ये ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।३६८४ प्रतिशत नगद लाभांश रहेको छ। त्यस्तै निर्धन उत्थान लघुवित्त वित्तीय सँस्थाले पुष २५ गते नक्साल स्थित आफ्नो केन्द्रिय कार्यलयमा दिनको १ बजे साधारणसभा डाकेको छ। कम्पनीले ३१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। कम्पनीले २९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। महालक्ष्मी विकास बैंकले पुष २५ गते त्रिभुवन आर्मी अफिसर क्लब, टुँडिखेलमा दिनको ११ बजे साधारणसभा डाकेको छ । कम्पनीले २१.०५२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश रहेको छ।