रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आउँदो कात्तिक २९ र ३० गते इन्डाेनेसियाको बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने हुनुभएको छ ।
विश्वका प्रमुख विकसित र उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–२० शिखर सम्मेलनमा राष्ट्रपति पुटिनको प्रतिनिधित्व विदेशमन्त्री सर्गेई लाभरोभले गर्ने रूसी दूतावासले जनाएको छ ।
पश्चिमा देश र युक्रेनले सम्मेलन आयोजक इन्डाेनेसियालाई मस्कोको निन्दा गर्न र पुटिनलाई दिएको निमन्त्रणा फिर्ता लिन दबाब दिएका थिए । यो दबाबका बीच रुसी राष्ट्रपति पुटिन सम्मेलनमा सहभागी नहुने समा...