‘संविधान असफल हुनु राष्ट्र असफल हुनु हो’

वि.सं. २०७२ साल असोज ३ गते तत्कालीन संविधानसभाबाट अत्यन्तै विवादास्पद ढङ्गबाट कठिन परिस्थितिमा संविधान जारी गरेको आठ वर्ष बितिसकेको छ। यो ८ वर्षको बीचमा संविधान अझै सर्वस्वीकार्य भएको छैन भन्नेहरू पनि छन्। संविधान दिवस मनाउने र कालो दिवस पनि मनाउने एउटा राजनीतिक तप्का अहिले पनि हाबी छ। संविधानलाई समाज अथवा राज्यको रूपान्तरण उन्मुख एउटा दस्तावेजका […]

सम्बन्धित सामग्री

असफल कूटनीति

विश्व स्वास्थ्य संगठनको पूर्वी एशियाको क्षेत्रीय संयोजकमा उम्मेदवारी दिएका नेपालका डा. शम्भुप्रसाद आचार्य पराजित भएका छन् । उनलाई बंगलादेशकी डा. साइमा वाजेदले पराजित गरेकी हुन् । यो व्यक्तिगतभन्दा देशका प्रतिनिधिबीचको निर्वाचन हो । यस्ता निर्वाचनमा देशका तर्फबाट पहलकदमी लिनुपर्ने हुन्छ र सोही मर्मअनुसार बंगलादेशले प्रयास गरेको थियो र अन्तत: विजयी पनि भयो । तर, नेपाल सरकारका तर्फबाट भने आचार्यलाई जिताउन खासै कदम चालेको वा लबिङ गरेको देखिएको थिएन । सरकारले यसलाई महत्त्व नठानेको हो भने उम्मेदवारी नदिएको भए पनि हुन्थ्यो तर उम्मेदवार दिएपछि जित्ने प्रयत्न आवश्यक थियो । सरकारले पहिलो त बंगलादेशसँग कुरा गरेर आफ्नो उम्मेदवारलाई विजयी बनाउन र यसबापत अन्य सहकार्यको प्रस्ताव गर्न सक्थ्यो । त्यो त गरेन नै, मतदानमा सहभागी राष्ट्रसँग पनि भोट माग्न नसक्नु नेपालको असफल कूटनीति हो । यसले पुन: नेपालका कूटनीतिज्ञको अक्षमता प्रदर्शन गरेको छ । साइमाले ८ मत पाउँदा आचार्यले २ मत पाए । एउटा मत त नेपालको होला । यतिका देशबीच एउटा मात्र मत आएकाले सोच्नुपर्ने देखिन्छ ।  कुनै पनि देशले अन्तरराष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति देखाउन आवश्यक छ । त्यसले त्यो देशको हैसियत माथि उठ्छ जसले गर्दा उसको आवाज विश्वले पनि सुन्छ । तर, नेपालको कूटनीति दिन प्रतिदिन कमजोर बन्दै गएको छ । भारतले आयोजना गरेको जी ट्वेन्टीको सम्मेलनमा बंगलादेशले निम्तो पाउँदा नेपाललाई सम्झन उसले आवश्यक ठानेन । भारतमा आएका जी ट्वेन्टीका नेतालाई बंगलादेशले आफ्नो देशमा लैजान सक्यो । यति नजिकको भएर पनि कुनै पनि प्रतिनिधिलाई नेपालले काठमाडौंमा बोलाउन सकेन अर्थात् आवश्यक नै ठानेन । पहल गरेको समाचारसमेत नआउनु भनेको कूटनीतिक क्षेत्र निकै कमजोर हुनु हो । हेर्दा सामान्य लाग्ने यी घटनाले मुलुकको कूटनीतिक कमजोरी र दूरगामी सोचको अभावलाई पुष्टि गर्छ ।  कुनै बेला कमजोर मुलुक भए पनि नेपालको आवाज विश्वले सुन्ने गरेको थियो । अहिले धेरै देशले नेपाललाई महत्त्व दिन छाडेका छन् । दूतावासहरू पनि दिल्ली सारिएका छन् वा दिल्लीबाट नै नेपालको काम गर्न थालिएको छ । विगतमा नेपालको निकै हितैषी मानिएका देशसमेत अहिले नेपाललाई वास्ता नगर्ने अवस्थामा पुग्नु भनेको नेपालको कूटनीतिक कमजोरी हो ।  कूटनीतिमा राजनीति मिसाएपछि अहिलेको समस्या देखापरेको हो । कूटनीतिक क्षेत्रमा व्यक्तिहरूले कसरी मुलुकको दीर्घकालीन हितमा काम गर्न सकिन्छ भन्ने नसोच्नु र व्यक्तिगत सम्बन्धमा ध्यान दिनु तथा कूटनीतिक नियुक्ति दलगत कोटाका आधारमा हुनु नै कूटनीतिक क्षेत्र कमजोर हुनुको कारण हो । त्यसो त राजदूत पद नै विदेश बस्नका लागि अवसरका रूपमा हेर्ने प्रवृत्ति भएकाले पनि पदीय दायित्व पूरा नभएको देखिन्छ ।  सानो मुलुक भए पनि प्रभावशाली व्यक्तित्व भए अन्तरराष्ट्रिय क्षेत्रमा नियुक्ति र प्रतिस्पर्धामा जित प्राप्त गर्न सक्छन् भन्ने कुरा विगतले देखाएको पनि छ । उम्मेदवारी दिने तर मत माग्न र अन्तरक्रिया गर्न वास्ता नराख्ने नेपालको प्रवृत्तिले नेपालको कूटनीतिक क्षमताको कमजोरी प्रदर्शन गरेको छ । जित नहुने भए वा सम्मानजनक मत प्राप्त नहुने अवस्थामा उम्मेदवारी दिनुभन्दा सहकार्यका लागि स्वीकृति दिन पहल गरेको भए नेपालको क्षमता बढी देखिन जान्थ्यो । यसमा पनि नेपाल चुकेको छ ।  नेपालको आर्थिक रूपान्तरणका लागि आर्थिक कूटनीति निकै जरुरी छ । यसको महत्त्व भएकैले राजदूतमा नियुक्ति पाउनेहरूलाई यससम्बन्धी अभिमुखीकरणसमेत गर्न थालिएको छ । तर, आर्थिक कूटनीतिका लागि राजदूतहरूले ज्यादै कम पहल गरेको पाइन्छ । अझ कतिपय राजदूतमा व्यापार व्यवसायका बारेमा राजदूतले किन चासो लिने भन्ने सम्मको सोच रहेको पाइन्छ । यद्यपि पछिल्लो समय यस्तो सोचाइमा परिवर्तन भने आएको छ । कूटनीतिक क्षमता विस्तार अकस्मात् हुने होइन । यसका लागि क्षमतावान् व्यक्तिको नियुक्तिले निकै अर्थ राख्छ । तर, यसमा नै कमजोरी भएकाले नेपाल विभिन्न कूटनीतिक मोर्चामा असफल हुँदै गएको छ । त्यसैले कुनै पनि कूटनीतिक निर्णय गर्नुअघि निकै गम्भीर भएर काम गर्नुपर्ने बेला आएको छ ।

अदालतले दोषी ठहर गरेको व्यक्तिलाई आममाफी दिनु राज्य असफल हुनु होः दिनेश त्रिपाठी

काठमाडौं, १ भदौ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले विधिको शासन र लोकतान्त्रिक समाजमा भएको मुलुकमा अदालतको फैसलाको पूर्णपाठ नआउँदै राज्यले आममाफी दिन नसक्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कानुनलाई हातमा लिने अधिकार सरकारलाई नरहेको बताए । ‘अदालत बोल्नु स्वभाविक नै हो । […]

‘तालीका गडबड हुनु खासमा अपमान होइन’

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् । उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् । प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ ।  ‘उत्तरी […]

बालेनहरुको विजयी हुनु ठूला दलहरु असफल हुनुको प्रमाण: सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले स्थानीय निकायको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु जित्नु आफूलाई ठूला भनिएका राजनीतिक दलहरुको असफल भएको प्रमाण भएको बताएका छन्।...

विश्वकप छनोटः इटाली लगातार दोस्रो पटक असफल

लगातार दोस्रो पटक विश्वकप छनोटमा असफल हुनु इटालीका लागि दिवास्वप्नजस्तै रह्यो। समूहको शीर्ष स्थानमा बस्दै स्वतः कतार विश्वकप २०२२ को टिकट पक्का गर्नबाट चुकेको इटाली यस पटक पनि प्लेअफबाट माथि उठ्न सकेन।...

यी ५ गुण भएका व्यक्ति जीवनमा कहिल्यै असफल हुँदैनन् - चाणक्य नीति

भनिन्छ कि सफलता तथा असफलताको बीचमा यस्तो बिन्दु हुन्छ, जब तपाई न धेरै बढी सफल हुन सक्नुहुन्छ, न त धेरै असफल नै । त्यसो त सबै व्यक्ति सफल हुन चाहन्छन् । तर हामीमध्ये धेरै व्यक्ति यो सोच्दैनन् कि असफलताको कारण आफूमै हुन्छ । आचार्य चाणक्यले चाणक्य नीतिमा यस्ता धेरै कुरा उल्लेख गरेका छन्, जसलाई पालना गर्ने व्यक्ति सफल हुन सक्छ । सफलता प्राप्तीका लागि व्यक्तिमा केही विशेष गुण हुनु पनि आवश्यक हुन्छ । यो समाचारमा हामीले मानिसमा हुनुपर्ने त्यस्ता ५ गुणबारे उल्लेख गरेका छौं, जो गुण भएका व्यक्ति कहिल्यै असफल हुँदैनन् । १ खुलापन खुला...

म असफल भएर केही हुँदैन, देश असफल हुनु हुँदैन : प्रधानमन्त्री ओली

दाङ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिककाे साथ लिएर देश बनाउने दिशामा आफू लागेकाे बताउनुभएकाे छ । ‘म असफल भएर केही हुँदैन । देश असफल हुनु हुँदैन । नागरिक असफल हुनु हुँदैन । हामीले प्राप्त गरेका उपलब्धिहरू गुम्न दिन हुँदैन’, दाङमा बृहत् जनसभालाई सम्बाेधन गर्दै उहाँले भन्नुभयो, &lsqu...

प्रदेश २ का मुख्यमन्त्री भन्छन् : असफल बनाउन चौतर्फी प्रयास भइरहेको छ

६ जेठ, बर्दिवास । प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले प्रदेशलाई असफल बनाउन चौतर्फी प्रयास भैरहेको बताएका छन् । असफल बनाउन अग्रस्थानमा कर्मचारी रहेको भन्दै मुख्यमन्त्री राउतले यो प्रदेश असफल हुनु भनेको संघीयता असफल हुनु भएको बताए । तर, यस्ता प्रयासहरुलाई कुनै पनि हालतमा सफल हुन नदिने मुख्यमन्त्री राउतले प्रतिबद्धता जनाए …