अभिनेत्री केकीले माफी मागेकी छन् । उनले सामाजिक सञ्जालमा ‘अन्तरहृदयबाट क्षमाप्रार्थी छु’ शीर्षकमा एक पोष्ट लेख्दै माफी मागेकी हुन् । ‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य–अदृश्य रुपमा जकडिएको छ’ उनले फेसबुकमा लेखेकी छन् ‘आफूले आफूलाई नियाल्न, मूल्याङ्कन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस् ।’उनले थपिन्, ‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको