निषेधाज्ञापछि मनोरञ्जन क्षेत्रमा काम गर्ने श्रमिकको रोजगारी गुम्यो

जेठ २८, काठमाडौं  । कोरोना भाइरसको संक्रमणबाट बचाउन सरकारले गरेको निषेधाज्ञाका कारण मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरू आर्थिक समस्यामा परेको पाइएको छ । मनोरञ्जन क्षेत्र (होटेल/ रेष्टुरेन्ट/ क्लब/ दोहोरी साँझलगायत) मा काम गर्ने श्रमिकहरुको हक हितका लागि कार्यरत संस्था विश्वास नेपालद्वारा शुक्रवार आयोजित भर्चुअल कार्यक्रममा कारोना महामारीको दोस्रो चरणमा उक्त क्षेत्रमा काम गर्ने महिलालाई आर्थिक समस्या भएको पाइएको हो ।            उक्त संस्थाको तथ्याङ्कानुसार निषेधाज्ञामा २५ जना श्रमिकले रोजगारी गुमाएर खाने, बस्ने, स्वास्थ्य तथा मानसिक समस्याका कारण आत्महत्या गरेको उल्लेख छ । यस क्षेत्रमा ८ लाख जनाले रोजगारी गर्छन् । कोरोनाको पहिलो चरणदेखि नै यस क्षेत्रको व्यवसाय प्रायः ठप्प छ । साथै यसमा संलग्न सबै रोजगारी पनि बन्द भएका छन् ।            विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले एक व्यक्तिको रोजगारीले कम्तीमा पाँच जनाको परिवार चलेको हुनाले करीब दुई वर्षदेखि नै रोजगारीको अवस्था नाजुक भएको कारण पछिल्लो डेढ महीनाको निषेधाज्ञाको अवधिमा २५ जना श्रमिकले आत्महत्या गरेको बताए।            गत वर्ष कोरोना महामारीमा रोजगारी गुम्दा मनोरञ्जन क्षेत्रका २९९ जनाले आत्महत्या गरेका थिए । विश्वास नेपालले ‘हाम्रो सम्मान’ परियोजनाअन्र्तगत यस क्षेत्रका श्रमिकका हक, अधिकार, काम कर्तव्यका बारेमा जानकारी दिनुका साथै समस्यामा परेका श्रमिकलाई विविध सहयोग गर्दै आएको छ ।            कार्यक्रममा परियोजना संयोजक विवेक शर्माले मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरुको समस्या, श्रम ऐनले गरेका व्यवस्थाबारे कार्यपत्र प्रस्तुत गरे । उनले यस क्षेत्रमा रोजगारी गुमाउँदा श्रमिकले बस्ने कोठाबाट निकालिनुपर्ने, खाद्यान्न अभावलगायतका समस्याले मानसिक समस्या झेलिरहेको बताए ।            त्यसैगरी संस्थाका पैरवीकर्ता रसना ढकालले जुनसुकै क्षेत्रको रोजगारी आफैँमा राम्रो हुने भए पनि मनोरञ्जनको क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण राम्रो नभएकाले यस क्षेत्रमा काम गर्ने श्रमिकले आत्मसम्मान गुमाएर काम गर्नुपर्ने बताइन् । रोजगारी, व्यवसायमा स्वस्थ प्रतिस्पर्धा, श्रमिकको हक अधिकार तथा जिम्मेवारीपूर्ण सेवा प्रवर्द्धनका लागि सञ्चार क्षेत्र, नियम कानूनको कार्यान्वयनका लागि सहकार्य हुनुपर्ने उनको भनाइ थियो ।            विश्वास नेपालले यस क्षेत्रमा काम गर्ने श्रमिकले हाल रोजगारी गुम्दा मनोसामाजिक समस्या, आर्थिक अभावका कारण पारिवारिक कलहजस्ता समस्याले आत्महत्याकोे बाटो रोज्ने गरेको पाइएको बताएको छ । संस्थाले श्रमिकहरुलाई मनोसामाजिक परामर्श, खाद्यान्नलगायतका सहयोग उपब्ध गराउँदै आएको छ भने आर्थिक उपार्जनको वैकल्पिक स्रोतका लागि क्रिष्टलका माला, झुम्का, चुरा, पोते बनाउनेलगायतका सामग्री बनाउने तालिम प्रदान गर्दै आएको छ ।  रासस

सम्बन्धित सामग्री

श्रमिकको न्यूनतम पारिश्रमिकमा जुटेन सहमति

श्रमिकको न्यूनतम पारिश्रमिक सम्बन्धमा श्रमिक र व्यवसायीबीच सहमति जुट्न सकेन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको संयोजकत्वमा गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा श्रमिकको तर्फबाट प्रतिनिधित्व गरेको संयुक्त ट्रेड युनियन...

साउनबाट श्रमिकको न्यूनतम तलब बढाउन सिफारिस

काठमाडौं । सरकारले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले साउनदेखि श्रमिकको न्यूनतम ज्याला बढाउने तयारी गरेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता डण्डुराज घिमिरेको नेतृत्वमा रहेको पारिश्रमिक निर्धारणका लागि गठित सुझाव समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई श्रमिकको ज्याला बढ्नेगरी सिफारिस गरेको छ । सरकारले […]

कृषि श्रमिकको ज्याला १८ वर्षदेखि एउटै : दैनिक २१ रुपैयाँ मात्र

सरकारले अन्य क्षेत्रका श्रमिकको ज्याला वार्षिक वा हरेक दुई वर्षमा परिमार्जन गरे पनि कृषि श्रमिकको भने ०६२ मा तोकिएको ज्याला अहिलेसम्म पुनरावलोकन गरेको छैन औपचारिकअन्तर्गत कृषि क्षेत्रमा ९० हजार श्रमिक छन्, जसमध्ये पुरुष...

मलेसियामा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि

काठमाडौं, बैशाख २२ । मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ। सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो। मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण गरिने जनाएको […]

मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक वृद्धि

काठमाडौं । मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ । सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो । मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रामाणिकारण गरिने जनाएको […]

मलेसियामा नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि

मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ। सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो। मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण गरिने जनाएको छ । दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब  ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउ

आप्रवासी श्रमिकको निःशुल्क दुर्घटना बीमा

बैतडी – रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडीकाे दशरथचन्द नगरपालिकाका आप्रवासी श्रमिकको निःशुल्क जीवन बीमा गरिने भएको छ । दशरथचन्द नगरपालिका र  रुडेस बैतडीको  संयुक्त सहकार्यमा आप्रवासी श्रमिकको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “भारतमा काम गर्ने नेपाली जोखिममा छन् । जोखिम न्यूनीकरणका लागि आप्रवासी श्रमिकको बीमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।” नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी श्रमिकको बीम...

दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढ्यो

काठमाडौं। उपत्यकामा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाइएको छ। यसअघि दैनिक ७५०रहेकोमा ५प्रतिशत बढाएर दैनिक ७९० पु¥याइएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक वर्ष२०७८/७९को निर्माण सामाग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकहरूको ज्यालादर निर्धार्ण गर्नेक्रममा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाएको हो। यस्तै समितिले फोहोर,ढल,डकर्मी, सिकर्मी,नकर्मी, चित्रकारलगायत सबै प्रकारका श्रमिकको ज्याला बढाएको हो।

बाँकेका श्रमिकको ज्याला वृद्धि

दिनभरि काम गरेर गुजारा चलाउने श्रमिकको दररेट (ज्याला) यस आर्थिक वर्ष २०७८७९ का लागि थोरै मात्रामा वृद्धि भएको छ।...

कतार र ओमानमा अलपत्र श्रमिकको उद्धार

कोभिड संक्रमणका कारण विदेशमा बेखर्ची भई अलपत्र परेका श्रमिकको उद्धार प्रक्रिया बल्ल सुरु भएको छ । सरकारले कोभिड संकटका कारण रोजगारी गुमाएका, बेखर्ची बनेका, बिरामी र अन्य समस्यामा परेका दुई हजार श्रमिकको निःशुल्क उद्धार गर्ने घोषणा गरे पनि बल्ल उद्धार सुरु भएको हो । सरकारले बल्ल ८४ अलपत्र श्रमिकको उद्धार गरेको छ ।वैदेशिक रोजगार बोर्डले […]