मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ। सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो। मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण गरिने जनाएको छ । दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउ