मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, गण्डकीमा कांग्रेस नेतृत्वको नयाँ सरकार!

पोखरा : नेपाली कांग्रेस गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्तावको तयारीमा लागेको छ।  अविश्वासको मत लिन भोलि (बिहीबार) या शुक्रबार अविश्वास प्रस्ताव दर्ता गरिने कांग्रेसका सांसद कुमार खड्काले थाहाखबरलाई जानकारी दिए। भोलि ११ बजे अन्य दलका सांसदलाई पनि हस्ताक्षर गर्न बोलाएको उनले बताए। ‘भोलि सबै सांसदलाई बोलाएका छौँ। केही प्राविधिक काम बाँकी छ। सकियो भने भोलि, नभए पर्सि अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छौँ’, सांसद खड्काले टेलिफोनमा भने।&n

सम्बन्धित सामग्री

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको तयारी

प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्य विरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेको छ । असोज ८ भित्र राजीनामा नदिए मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निष्कर्षमा गठबन्धन पुगेको हो । आचार्यले भने असोज २४ गते विश्वासको मत लिनेगरी प्रदेशसभा बैठक बोलाउने निर्णय मन्त्रिपरिषद् बैठकबाट गराएका छन् । असोज ८ गते भित्रमा मुख्यमन्त्रीले मार्गप्रशस्त नगरे अविश्वासको प्रस्ताव ल्याउने नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले लोकान्तरलाई बताए । तर मुख्यमन्त्री आचार्यले भने सत्ता टिकाउनका लागि पहल जारी राखेका छन् ।...

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव : विपक्षीले रोजेको असंवैधानिक बाटो

१९ साउन, काठमाडौं । विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध मंगलबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका छन्, जसलाई संवैधानिक कानूनका जनकारहरुले भने संविधान अनुकुल नभएको बताएका छन् । मुख्यमन्त्री पोखरेलमाथि प्रदेशसभाको विश्वास छैन भनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदले मंगलबार प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता […]

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, विशेष अधिवेशनको माग

बुटवल । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक फखरुदीन खानले रातोपाटीलाई बताए ।हाल प्रदेशसभामा ७९ सदस्य कायम रहेकोमा आफूहरुसँग ४० सांसदको समर्थन रहेको भन्दै उनले अल्पमतका बाबजुद प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक कार्य भए

गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस

कास्की – गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । साेमवारदेखि सुरु भएको विशेष अधिवेशनमा २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेस गर्नुभएको हो ।अविश्वास प्रस्तावमा कांग्रेसका १५ जना, माओवादी केन्द्रका ११ जना र जसपाका दुई जना सांसदको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाका तीन सांसदले पनि अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको नेपालीले प्रदेश सभामा जानकारी गराउनुभयो । कांग्रेस, माओवादी क...

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव टेबुल हुँदै

काठमाडौं। गण्डकी प्रदेशसभाको आजदेखि सुरु हुने विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुँदैछ। अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि मुख्यमन्त्री गुरुङले १ बैसाखको मध्यरातमै अधिवेशन अन्त्य गरेका थिए। कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले दिएको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन बोलाएका हुन्। कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।