मनमोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव पेश गरिएको छ । प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठक प्रारम्भ भएलगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गरेका हुन् ।सम्बोधनको सुरुमै उनले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले स्व. अधिकारीको वार्षिक पुण्य तिथिका अवसरमा श्रद्धाञ्जली व्यक्त ग