एक्यापक्षेत्रको वन समुदायलाई हस्तान्तरण गर्न सरकारसँग आग्रह

सामुदायिक वन उपभोक्ता महासंघ कास्कीले वन पैदावारको सहजरुपमा उपयोग गर्ने खालको नीतिनिर्माण गर्नुका साथै अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) खारेज गरी स्थानीय वासिन्दालाई हस्तान्तरण गर्न सरकारसँग माग गरेको छ। महासंघको बैठकले स्थानीयबासिन्दालाई हस्तान्तरण गर्...

सम्बन्धित सामग्री

भुटानी शरणार्थीबारे गम्भीर हुन गृहमन्त्री लामिछानेसमक्ष आग्रह

काठमाडाैँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ। फाउण्डेशनका सचिव गोपाल धिताल नेतृत्वको प्रनिनिधिमण्डलले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेलाई शुक्रबार भेटी नेपालमा रहेका ती शरणार्थीका विषयमा गम्भीर भइदिन नेपाल सरकारसँग आग्रह गरेको हो। फाउण्डेशनले उपप्रधानमन्त्री लामिछानेलाई हस्तान्तरण […]

प्रदेशलाई अधिकार हस्तान्तरण गर्न संसदीय पत्रकारहरूको आग्रह

संघीयतालाई बलियो बनाउन संविधानप्रदत्त अधिकार प्रदेशलाई चाँडै हस्तान्तरण गर्न संसदीय पत्रकाहरूले संघीय सरकारसँग आग्रह गरेका छन् ।  संघ र सात प्रदेशमा रहेर पाँच वर्षसम्म संसदीय मामिलामा रिपोर्टिङ गरिरहेका सक्रिय पत्रकाहरूको विराटनगरमा...

सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो

पोखरा। सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरूले आयोग सञ्चालनका लागि छुट्टै ऐन बनाइदिन प्रदेश सरकारसँग आग्रह गरेका छन् । ५ र ६ भदौमा पोखरामा भएको भेलाले निकालेको निष्कर्ष गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको हो । प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरुको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने […]

आयोग चलाउने छुट्टै ऐन हुनुपर्ने सातै प्रदेशका नीति आयोगका उपाध्यक्षहरूको माग

पोखरा– सातै प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्षहरूले आयोग सञ्चालनका लागि छुट्टै ऐन बनाइदिन प्रदेश सरकारसँग आग्रह गरेका छन् । ५ र ६ भदौमा पोखरामा भएको भेलाले निकालेको निष्कर्ष गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गरिएको हो । प्रदेशको विकास समीक्षा तथा भावी कार्यदिशा र प्रदेश नीति तथा योजना आयोगहरूको क्षमता विकासका लागि तर्जुमा गर्नुपर्ने […]

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने बताएको छ । आइतबार मधेश प्रदेशको गृह तथा संचार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरेमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको छ । उनले भने, ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न संघीय सरकारसँग आग्रह गर्दै आएका छौँ । तर संघीय

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि प्रधानमन्त्रीसँग आग्रह

पोर्चुगलमा रहेका नेपालीहरुले त्यहाँ नेपाली दूतावास स्थापनाका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोर्चुगलमा रहेका नेपालीहरुको एक प्रतिनिधिमण्डलले दूतावास स्थापनाका लागि पहल गर्न आग्रह गरेको हो । पोर्तुगल निवासी गंगा बहादुर नेम्कुलको नेतृत्वमा देउवा भेट्न पुगेको टोलीले दूतावास नहुँदा नेपालीहरुले विभिन्न सास्ती भोग्नुपरेको भन्दै अपील पत्र हस्तान्तरण गरेको थियो ।  अपील पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले यसबारे आफूले बुझेर आवश्यक पहल गर्ने आश्वासन दि

जग्गा अभावले रोकियो अस्पतालको स्तरोन्नति

तनहुँ । तनहुँ जिल्ला अस्पताल जग्गा अभावका कारण स्तरोन्नति हुन सकेको छैन । १५ शय्या क्षमताको अस्पताललाई ५० शय्यामा विस्तार गर्न जग्गा नै प्रमुख कारक रहँदै आएको छ । अस्पताल व्यवस्थापन समितिले आसपास रहेका जग्गा अस्पताललाई हस्तान्तरण गर्न पटक–पटक प्रदेश सरकारसँग आग्रह गरे पनि प्राप्त भएको छैन । अस्पतालसँगै जोडिएका कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रको जग्गा अस्पताललाई प्रदान गर्न जनप्रतिनिधि एवं सरोकारवालाले यस अगाडि कयौंपटक प्रदेश सरकारसँग अनुरोध गरेका थिए । जग्गाकै कारण अस्पतालको स्तरोन्नति रोकिएपछि व्यास नगरपालिकाले ज्ञान केन्द्रको जग्गा र भवन दमौली अस्पताललाई उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग आग्रह गरेको छ । कार्यपालिकाको बैठकबाटै उक्त निर्णय गराएर सरकारलाई आग्रह गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । ‘अस्पताल व्यवस्थापनका लागि सिमाना जोडिएको केन्द्रको जग्गा र भवन अस्पताललाई उपलब्ध गराएर कृषि ज्ञान केन्द्रलाई अन्यत्र व्यवस्थापन गर्न अनुरोध गरेका छौं,’ उनले भने, ‘दमौली अस्पताल र कृषि ज्ञान केन्द्र प्रदेश मातहतको कार्यालय भएकाले सरकारले चाहे यो सम्भव छ ।’   यसअघि अस्पतालले कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको मध्येबाट आठ रोपनी जग्गा अस्पताललाई उपलब्ध गराउन माग गरेको अस्पतालका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । पटक–पटक अस्पतालको स्तरोन्नतिका लागि पहल थालिदा पनि कुनै परिणाम प्राप्त नभएको उनको भनाइ छ । अस्पतालको स्तरोन्नतिका लागि आवश्यक जग्गा प्राप्तिमा पटक–पटक छलफल चलाएर फाइल बोकी सम्बन्धित निकायमा धाउँदा पनि सफल नभएको उनले बताए । रासस