संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने बताएको छ । आइतबार मधेश प्रदेशको गृह तथा संचार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरेमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको छ । उनले भने, ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न संघीय सरकारसँग आग्रह गर्दै आएका छौँ । तर संघीय

सम्बन्धित सामग्री

जनकपुरमा बसेर संघीय सरकारविरुद्ध आन्दोलन गर्नु नाटक हो–  लोसपा

मधेश सरकारले संघीय सरकारविरुद्ध धर्ना सुरु गरेको छ ।  मधेश सरकारका प्रदेश प्रमुखको कार्यालय अगाडि सुरु भएको धर्नामा मुख्यमन्त्री लालबाबु राउतसहित अन्य मन्त्रीहरु पनि सहभागी छन् । प्रहरी समायोजनको विषयलाई लिएर उनीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् । सोही क्रममा मधेश प्रदेशको प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले धर्नालाई नौटंकीको संज्ञा दिएको छ । लोसपा मधेश प्रदेशका अध्यक्ष एवं प्रदेशसभा सदस्य जितेन्द्र सोनलले मधेश प्रदेश सरकारले संघीय सरकार विरुद्ध गरेको आन्दोलन नाटकीय रुपमा

मधेश प्रदेश सरकारले संघीय सरकार विरुद्ध आन्दोलन गर्ने

प्रहरी समायोजनामा संघीय सरकारले कुनै चासो नदेखाएको भन्दै मधेश प्रदेश सरकारले आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार बिहान प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पत्रकार सम्मेलन गरी संघीय सरकारको...

मधेस प्रदेश : प्रहरी समायोजन नभए आन्दोलन गर्ने चेतावनी

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै गृह तथा सञ्चार मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।गृह तथा संचार मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाइए पनि संघीय सरकारले गम्भिरता नदेखाएको आरोप