कम्पनीहरूले मर्जर र एफपिओ लाभबाट कम्तीमा २१ अर्ब कर तिर्नुपर्ने

बैंक तथा बिमा कम्पनी एक–आपसमा गाभ्दा र सर्वसाधारणबाट पुँजी संकलनका लागि जारी गर्ने फर्दर पब्लिक अफरिङ (एफपिओ)बापत हुने लाभमा लाग्ने करविरुद्ध बैंक तथा बिमा कम्पनीहरूले दायर गरेको रिट खारेज भएको...

सम्बन्धित सामग्री

वाणिज्य बैंकहरुले हारे सरकारविरुद्धको मुद्दा, २६ अर्ब कर तिर्नुपर्ने

काठमाडौं । एफपीओ र मर्जर/एक्विजिसनको बार्गेन पर्चेज गेनमा कर असुल्ने सरकारको भूतप्रभावी निर्णयविरुद्धको मुद्दा वाणिज्य बैंकहरूले हारेका छन् । बैंकसँगै बीमा कम्पनीहरु पनि सरकारविरुद्ध मुद्दामा गएका थिए । बैंक र बीमा कम्पनीहरुले हालेको सामूहिक मुद्दामा दुई दिनको सुनुवाइपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला दिएको हो । सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा. […]

मर्जर र एफपीओमा लाभकरविरुद्धको रिट हेर्दाहेर्दैमा

काठमाडौं। कम्पनीहरूले एकआपसमा गाभिँदा (मर्जर वा एक्वीजिशन) र थप सार्वजनिक निष्कासन (एफपीओ) बाट प्राप्त गरेको आम्दानीमा कर तिर्नुपर्ने आर्थिक ऐन २०८० को प्रावधान खारेज गर्न बैंक तथा बीमा कम्पनीहरूले दायर गरेको रिट हेर्दाहेर्दैमा परेको छ । बुधवार दुवै पक्षलाई छलफल गर्न बोलाइएकोमा बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । उक्त रिटमा बुधवार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको संवैधानिक इजलाशमा बहस भएको थियो । १६ वाणिज्य बैंक र दुई बीमा कम्पनीले मर्जर तथा प्राप्तिबाट भएको लाभ र शेयर प्रिमियमबाट लाभांश वितरण गर्दा आयकर लगाउनु गैरकानूनी रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग र संघीय संसद् सचिवालयलाई विपक्षी बनाएर छुट्टाछुट्टै रिट दायर गरेका थिए । रिटमा परमादेश र अन्तरिम आदेशको माग गरे पनि सर्वोच्चले असोज १७ गते कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बुधवार बोलाएको थियो । भदौ २९ गते दायर रिटको पहिलो पेशी असोज १० गते तोकिएकोमा हेर्न नभ्याइनेमा परेर स्थगित भएको थियो । आर्थिक ऐनको दफा २६ मा एफपीओबाट प्रिमियम मूल्यमा शेयर विक्री गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष (आव) २०७८/७९ सम्म बोनस शेयरका रूपमा वितरण गरेको लाभांश रकममा आयकर ऐनअनुसार कर दाखिल नगरेको भए २०८० मङ्सिरसम्म दाखिल गरेमा शुल्क तथा ब्याज मिनाहा हुने व्यवस्था गरिएको छ ।  यस्तै दफा २७ मा ‘मर्जर वा एक्वीजिशनमा प्राप्त लाभबापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आव २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर २०८० मङ्सिर मसान्तभित्र दाखिल गरेमा त्यसमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने’ व्यवस्था छ ।  महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा बैंकहरुको मर्जर वा एक्वीजिशन तथा एफपीओबाट हुने आम्दानीमा कर लाग्ने उल्लेख गरेपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आवको आर्थिक विधेयकमा छूटसहितको व्यवस्था गरेका हुन् । संसद्मा विधेयक पेश भएपछि उक्त प्रावधान हटाउन बैंकरहरूले पहल गरे पनि सरकारले बेवास्ता गरेपछि खारेजीको माग गर्दै रिट दायर गरेका हुन् । रिटमा मर्जर वा एक्वीजिशनमा प्राप्त लाभ र एफपीओ प्रिमियममा कर लाग्ने व्यवस्था ‘भूतलक्ष्यी’ र संविधानविपरीत भएको रिट निवेदनमा दाबी गरिएको छ । आयकर ऐनअनुसार नलाग्ने कर घुमाएर लाग्ने गरी आर्थिक ऐन ल्याउँदा विधायिकी शक्तिको कपटपूर्ण प्रयोग भएको समेत रिटमा दाबी गरिएको छ ।

मर्जर एक्विजिसन र सेयर प्रिमियमको लाभांशमा लाग्ने कर खारेज हुँदैन : अर्थमन्त्री

१ असार, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मर्जर एक्विजिसनको ‘बार्गेन पर्चेज गेन’ र एफपीओको प्रिमियबाट बाँडेको लाभांशमा कर तिर्नुपर्ने आर्थिक विधेयकको व्यवस्थाबाट सरकार पछि नहट्ने बताएका छन् । नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल …

बजेटको बुँदा २६,२७ र २९ का व्यवस्था खारेज नभए आन्दोलन गर्छौं : अध्यक्ष गोल्यान

काठमाडौं :  बैंक तथा वित्तीय संस्थाको छाता संस्थाले मर्जर तथा एक्जिक्युसन (कार्यान्वयन) बाट प्राप्त लाभ र एफपीओ प्रिमियमबाट दिएको लाभांशलाई आय मानेर कर तिर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेको छ।छाता संस्थाहरूले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ल्याएको आर्थिक विधेयकमा मर्जर तथा एक्जिक्युसनबाट प्राप्त लाभ र एफपीओ प्रिमियमबाट दिएको लाभांशलाई आय मानेर कर तिर्नुपर्ने गरी आएको आर्थिक विधेयकको व्यवस्था खारेज गर्न माग गरेका हुन्।उनीहरूले आर्थिक विधेयक २०८० मा एफपीओको प्रिमियम र बा

बैंकर्स र बीमक संघले भने-कानुन भुतप्रभावी हुन सक्दैन

३१ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको छाता संस्थाले मर्जर तथा एक्विजिसनबाट प्राप्त लाभ र एफपीओ प्रिमियमबाट दिएको लाभांशलाई आय मानेर कर तिर्नुपर्ने गरी आएको आर्थिक विधेयकको व्यवस्था खारेज गर्न माग गरेका छन् । बैंक तथा बीमाका ६ वटा संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै आर्थिक विधेयकको उक्त व्यवस्था खारेज गर्न माग […]

शेयर बजारमा ५३ अंकको गिरावट

काठमाडौं । बजेट घोषणाको पहिलो कारोबार दिन मै शेयर बजारमा पहिरो गएको छ । बजेटमा बैंक वित्तीय संस्थाको मर्जर प्राप्ति र एफपीओको कर तिर्नुपर्ने उर्दीसँगै लगानीकर्ता निरुत्साही भएको विश्लेषण गरिएको छ । कारोबार सुरु भएदेखि निरन्तरजसो ओरालो लाग्दै बजार परिसूचक नेप्से ५३ अंकले झरेर १८ सय ८८ मा आएर थामियो । कारोबार भने साढें २ […]

आर्थिक विधेयकको बुँदा २६,२७ र २९ का व्यवस्था खारेज गर्न माग

बैङ्क तथा वित्तीय संस्थाका छाता संस्थाले मर्जर तथा एक्जिक्युसन (कार्यान्वयन) बाट प्राप्त लाभ र एफपीओ प्रिमियमबाट दिएको लाभांशलाई आय मानेर कर तिर्नुपर्ने व्यवस्था खारेज गर्न माग गरेका छन् ।