काठमाडौं । अर्किड होल्डिङ्ग्स लिमिटेडले चैत २६ गतेदेखि विक्रीमा ल्याएको ५३ दशमलव ६६ प्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले चैत १९ गतेसम्म कायम शेयरधनीहरूका लागि हकप्रद विक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।
सम्बन्धित शेयरधनीहरूले हकप्रद शेयर बापतको रकम हात्तीसारस्थित लक्ष्मी बैंक लिमिटेडमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले भनेको छ ।
तोकिएको अवधिभित्र हकप्रद शेयर बापतको रकम जम्मा नभएमा खरीद हुन नसकेको हकप्रद शेयर जफत गरी अन्य कुनै प्रक्रियाबाट विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।