अपर तामाकोशीको शतप्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । भदौ १८ गतेदेखि विक्रीमा आएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ । प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा कम्पनीले १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । शतप्रतिशत हकप्रद शेयरपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम हुनेछ ।  हकप्रद शेयर विक्रीबाट संकलित रकम कम्पनीले अल्पकालिन ऋण भुक्तानी तथा रिटेन्सन मनी भुक्तानीसँगै रोलवालिङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने जानकारी दिएको छ । कम्पनीले असार २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि साउन २६ गते एक दिन बुक क्लोज गरिएकाले साउन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकहरूसँगै लगानीकर्ताले माथिल्लो तामाकोशी जलविद्युत केन्द्र, नागरिक लगानी कोष, सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, सिन्धु विकास बैंक, कृषि विकास बैंक, नेपाल बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंक तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  यस कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २ अर्ब ३१ करोड रूपैयाँभन्दा बढी मात्र थियो । गत वर्ष कम्पनीको वित्तीय खर्च बढ्दा नोक्सानी बढ्न गएको हो । अघिल्लो वर्ष ५ अर्ब ७७ करोड रूपैयाँभन्दा बढी रहेको वित्तीय खर्च गत वर्ष ७ अर्ब ३९ करोड रूपैयाँभन्दा बढी रहेको हो । वित्तीय आम्दानी भने अघिल्लो वर्ष ४९ लाख रूपैयाँभन्दा बढी रहेकोमा गत वर्ष ३ करोड ८१ लाख रूपैयाँभन्दा बढी भएको छ । अन्य आम्दानी समेत अघिल्लो वर्ष २० लाख रूपैयाँभन्दा बढी भएकोमा गत वर्ष २ करोड ४५ लाख रूपैयाँभन्दा बढी भएको छ ।  विद्युत विक्रीबाट अघिल्लो वर्ष ७ अर्ब ११ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले गत वर्ष ८ अर्ब १२ करोड रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँ छ भने रिटेन्ड अर्निग ६ अर्ब ९१ करोड रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीले लिएको दिर्घकालिन कर्जा अघिललो वर्षभन्दा गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ७३ अर्ब ७८ करोड रूपैयाँभन्दा बढी रहेको दिर्घकालिन कर्जा गत वर्ष ७३ अर्ब १५ करोड रूपैयाँभन्दा बढी कायम भएको हो । अल्पकालिन कर्जा भने अघिल्लो वर्ष ५ अर्ब १० करोड रूपैयाँ रहेकोमा गत वर्ष ६ अर्ब पुगेको छ । गत चौथो त्रैमाससम्म कम्पनी ३५ रूपैयाँ ४९ पैसा प्रतिशेयर नोक्सानीमै रहेको छ । प्रतिशेयर नेटवर्थ भने ३४ रूपैयाँ ६७ पैसा छ ।  

सम्बन्धित सामग्री

घलेम्दी हाइड्रोको २०० % हकप्रद शेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । मङ्सिर १० गतेदेखि विक्रीमा आएको घलेम्दी हाइड्रो कम्पनी लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस १६ गतेसम्मका लागि यो हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले प्रतिशेयर सय रुपैयाँ अंकित मूल्यका १ अर्ब १० करोड रुपैयाँ बराबरको १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कात्तिक ३ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले घलेम्दी हाइड्रो, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक र गरिमा विकास बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइनमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद शेयर निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आईआरएन सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रुपैयाँ छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले सांग्रिला उर्जा लिमिटेडले निर्माण गर्न लागेको ६३ मेगावाट क्षमताको छुजुङ्गखोला जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद शेयर निष्कासन गरेको हो । सूचना हेर्न यहाँ  क्लिक गर्नुहाेस्

अप्पर तामाकोशीको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ– अप्पर तामाकोशी हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछ। आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयर धनीहरूले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले १ः१ को अनुपात अर्थात १ कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो। कम्पनीले प्रति शेयर […]

अर्किड होल्डिङग्सको हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । अर्किड होल्डिङ्ग्स लिमिटेडले चैत २६ गतेदेखि विक्रीमा ल्याएको ५३ दशमलव ६६ प्रतिशत हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १९ गतेसम्म कायम शेयरधनीहरूका लागि हकप्रद विक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको ४१ लाख ९० हजार ४६० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।  सम्बन्धित शेयरधनीहरूले हकप्रद शेयर बापतको रकम हात्तीसारस्थित लक्ष्मी बैंक लिमिटेडमा रहेको बैंक खाता नम्बर ००५३४०१२१९५ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउन कम्पनीले भनेको छ । तोकिएको अवधिभित्र हकप्रद शेयर बापतको रकम जम्मा नभएमा खरीद हुन नसकेको हकप्रद शेयर जफत गरी अन्य कुनै प्रक्रियाबाट विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

फागुन १३, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले माघ ७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।  यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले पुस २६ गते (एक दिन) बुक क्लोज गरेकाले पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् ।  कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।  कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर विक्री प्रबन्धमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयर मार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ११ लाख ५५ हजार खुद नाफा गरेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

माघ १२, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  उक्त हकप्रद खरीदका लागि कम्पनीले शुुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरेकोमा उक्त समयमा पूर्ण आवेदन नपरेपछि माघ १२ गतेसम्मको मिति थप गरिएको हो । कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ बराबर १ को अनुपातमा रू। १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापूँजी रहेको कम्पनीको हकप्रद शेयर निष्कासन पछियो पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर प्रयोगकर्ताहरुले सोमार्फत पनि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ प्रदान गरेको छ ।

छ्याङदी हाइड्रोपावरको ३०% हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

पुस २०, काठमाडौं । छ्याङदी हाइड्रोपावर लिमिटेडले निष्कासन गर्न लागेको ३० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।  निष्कासनको मिति हालसम्म तय नगरेको कम्पनीले बुक क्लोजको मिति भने पुस २१ गतेका लागि तय गरेको हो । बुक क्लोजको आधारमा पुस २० गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस १ गते कम्पनीले १० बराबर ३ को अनुपातमा रू. ८ करोड ९३ लाख २ हजार ५०० बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्कासनका लागि स्वीकृति पाएको हो ।  कम्पनीले हकप्रद शेयर निष्कासनका लागि वैशाख १५ गते बोर्डमा निवेदन दिएको थियो । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात फेरी ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीपश्चात कायम चुक्तापूँजीको आधारमा फेरी ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय असोज १८ गतेको सञ्चालक समितिको बैठकले गरेको हो ।  ३० प्रतिशत हकप्रद शेयर निष्कासन प्रक्रियामा रहेको कम्पनीले थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत गरेको छ । विद्युत् नियमन आयोगको पूर्व स्वीकृति पाएमा मात्र कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्न सक्नेछ । हाल कम्नपीको चुक्तापूँजी रू. २९ करोड ७६ लाख ७५ हजार रहेको छ ।  सोही पूँजीको आधारमा कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । ३० प्रतिशत हकप्रदशेयर निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ३८ करोड ६९ लाख ७७ हजार पुग्नेछ । सो पूँजीको आधारमा थप ४० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी रू. ५४ करोड १७ लाख ६८ हजार पुग्नेछ । कम्पनीले ४ मेगावाट क्षमताको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिडको कारण भएको बन्दाबन्दी तथा बाँढी पहिलो जस्ता प्राकृतिक प्रकोपका कारण उक्त आयोजनाको लागत बढ्न गएकाले दीर्घकालिन ऋण तिर्नकै लागि थप हकप्रद शेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

मंसिर २३, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजनको लागि शुक्रवार (मंसिर २४ गते) बुक क्लोज गर्ने भएसँगै मंसिर २३ गते बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले आगामी पुस ७ गतेदेखि १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ । उक्त हकप्रद शेयरमा आवेदकले मंसिर २७ गतेसम्म आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नारायणी डेभलपमेन्ट बैंकको १००% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ बराबर १ (१:१) अर्थात १००% हकप्रद शेयर निष्काशनको लागि मंसिर २४ गते शेयर दाखिल खारेज बन्द गर्दै छ। तसर्थ, आजको मितिसम्म कारोबार गरी कायम शेयरधनीहरूले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउने छन्। बैंकले हाल कायम चुक्ता पूँजी रु.१३ करोड १२ लाख ३३ हजार ८ सयको १००% अर्थात रु.१३ करोड १२ लाख ३३ हजार ८ सय बराबर हुन आउने १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। निष्काशन मिति २०७८ पौष ७ देखि २७ गते बैंकिङ्ग समयसम्म खुल्ला रहने छ। यस्तै, हकप्रद शेय...

अपि पावर कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २० साउन । अपि पावर कम्पनीले साउन १३ गतेदेखि लिलामीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो । जेठ २० गते देखि असार १३ गतेसम्म खुल्ला गर्दा विक्रि हुन नसकेका २ लाख १५ हजार ५९९ कित्ता हकप्रद शेयर लिलामीमा ल्याएको हो । शेयर बिक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको […]

एचआईडिसीएलको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

जेठ २७, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी(एचआईडिसीएल) को हकप्रद शेयरमा बिहीवारसम्म कायम शेयरधनीले आवेदन गर्न पाउने छन् । कम्पनीले निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बुक क्लोज गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको अनुमति नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत जेठ ९ गते पाएको थियो । कम्पनीले अव ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १६ अर्ब ५० करोड रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन गरी बाँडफाँट गरे पश्चात पूँजी रू. २७ अर्ब ५० करोड पुग्नेछ । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६३ करोड ८९ लाख ९० हजार नाफा कमाएको छ ।