नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

माघ १२, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।  उक्त हकप्रद खरीदका लागि कम्पनीले शुुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरेकोमा उक्त समयमा पूर्ण आवेदन नपरेपछि माघ १२ गतेसम्मको मिति थप गरिएको हो । कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ बराबर १ को अनुपातमा रू। १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापूँजी रहेको कम्पनीको हकप्रद शेयर निष्कासन पछियो पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ । यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर प्रयोगकर्ताहरुले सोमार्फत पनि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ प्रदान गरेको छ ।

सम्बन्धित सामग्री

बाराहीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। मंसिर २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ। बाँकी […]

पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स् हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बन्दसूची पेस गर्ने आज अन्तिम दिन, प्रमुख दलहरू आयोग जाँदै

४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने आज अन्तिम दिन प्रमुख दलरूले बुझाउँदै छन् ।

इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इस्टर्न हाइड्रोपावरले आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

मन्दाकिनी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

साउन ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको मन्दाकिनी हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन हाे ।

सानिमा लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै मंगलबारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन्। कम्पनीले आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई ४.२ प्रतिशत बोनस शेयर र ०.२२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। […]

श्वेत गंगा हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले जारी गरेको साधारण शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

जनगणनाको आज अन्तिम दिन

काठमाडौं, मंसिर ९ । गत मंसिर २५ गतेदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन रहेको छ । यस अभियान अन्र्तगत आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गरिरहेका छन् । यसक्रममा आफ्ना घर(घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ […]

तीन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

४ कात्तिक, काठमाडौं । सानिमा बैंक, माछापुच्छ्र्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न आज अन्तिम दिन हो । आज कार्यालय समयभित्र ती कम्पनीको शेयर खरीद गरी शेयरधनीले मात्रै लाभांश प्राप्त गर्नेछन् । साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि सांग्रिलाले कात्तिक ५ गते, सानिमा र माछापुच्छ्रे बैंकले कात्तिक ७ गते आइतबार शेयर दाखिल खारेजी […]