नेपालले पायो विद्युत निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात हुँदै

नेपाललले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको छ ।पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो । दुई विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि अनुमति दिइएको छ । प्राधिकरणले मंगलबार राति १२ बजेबाट ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत विद्युत निर्यात सुरु गर्ने छ । हाल यो लाइनबाट विद्युत आयात मात्र भइरहेको छ ।नेपालले भारतीय ऊर्जा एक्सचेन्ज (आइआइएक्स)मा विद्युत खरिद गरी आयात गर्न यस अघि नै अनुमति पाइसकेको छ । प्राधिकरणले गत १७ वैशाखबाट आवश्यक परेको वेला आईआईएक्समार्फत प्रतिश्पर्धी दरमा विद्युत आयात गर्दै आएको हो । निर्यातको अनुमति पाएसँग नेपाल र भारतबीचको विद्युत व्यापार नयाँ चरणमा प्रवेश गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा एक्सचेन्ज बजारबाट विद्युत बिक्री र खरिदका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको बताईन् । ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयासबाट नेपालमा खपत गरेर जगेडामा रहेको विद्युत बिक्रीका लागि अनुमति पाएका छौँ, यो दुई मुलुकबीचको ऊर्जा व्यापारका लागि एउटा कोशेढुङ्गा हो’, उनले भनिन्  । ‘हामीले प्रस्ताव गरेका ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युतगृहबाट उत्पादित विद्युतको भारतीय बजारमा बिक्रीको अनुमति छिट्टै पाउने अपेक्षा गरेका छौँ ।’ मन्त्री भुसालले दुई मुलुकबीचको विद्युत व्यापारलाई अहिलको अवस्थासम्म पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्बन्धित सबै सरोकारबाला निकायलाई धन्यवादको पात्र भएको बताईन् ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यातका लागि भारतीय पक्षबाट सहमति प्राप्त भएसँगै नेपाल–भारतबीचको सम्बन्धमा थप इँटा थपिएको बताए  । नेपाल–भारतबीचको विद्युत व्यापारका लागि लामो समयको प्रयासपछि नेपालको विद्युत भारतीय बजारमा निर्यात शुरु भएसँगै नेपालका जलविद्युत विकासको ठूलो ढोका खुलेको छ । उनले भने , ‘ विद्युत निर्यातको शुरुआत थोरै परिमाणबाट भए पनि चाडै नै हामीले प्रस्ताव गरेका माथिल्लो तामाकोशीलगायतका अन्य आयोजनाको विद्युत पनि भारतीय बजारमा निर्यात हुने विश्वास लिएका छौँ ।’ उनले विद्युत व्यापार सम्बन्धमा विभिन्न चरणमा दुई मुलुकका निकायबाट भएको पहल तथा सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालले विद्युत बिक्री गर्ने छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्ने छ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुने छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात हुने छ । भारतमा कोइलाको मूल्य बढ्दा एक्सचेन्ज मार्केटमा प्रति युनिट विद्युतको मूल्य २८ भारतीय रुपैयाँ (भारु)सम्म पुगेको थियो ।प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्ने छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ । 

सम्बन्धित सामग्री

चार महीनामा साढे १२ अर्बको विद्युत् निर्यात

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ४ महीनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले चालू आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको जानकारी दिएको छ ।  विद्युत् निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो ४ महीनामा प्राधिकरणले ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको थियो ।  प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली यस वर्ष २८ जेठबाट भारतीय बजारमा विक्री शुरू गरेको थियो । गत जेठदेखि कात्तिकसम्ममा १ अर्ब ६२ करोड १६ लाख युनिट विद्युत् निर्यात गरी १४ अर्ब ५० करोड २१ लाख रुपैयाँ आर्जन गरेको प्राधिकरणको भनाइ छ ।  चार महीनाको समग्र औसत विद्युत् विक्रीदर प्रतियुनिट ९ रुपैयाँ १८ पैसा छ । गतवर्ष सोही अवधिको समग्र औसत विक्रीदर प्रतियुनिट ७ रुपैयाँ ७६ पैसा थियो ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ४ महीनामा विद्युत् निर्यातबाट ७ अर्ब ८४ करोड ८० लाख भारतीय रुपैयाँ आर्जन भएकाले यसबाट देशको विदेशी मुद्रा सञ्चिति र नेपाल र भारतबीचको व्यापारघाटा कम गर्न योगदान पुगेको बताएका छन् ।  प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारत निर्यात गर्दै आएको छ । प्रााधिकरणले आईएक्सको डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि–एनभीभीएनलाई विक्री गरिरहेको छ । एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा विक्री गरिरहेको छ ।  भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करीब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा विक्री गर्न पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ । यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर–टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ ।

घर बनाउने वाल प्यानल र रुफ प्यानल भारत निर्यात हुन थाल्यो

चितवन । अधिकांश कच्चा तथा तयारी सामाग्री विभिन्न देशबाट नेपाल आयात भईरहेका बेला चितवनमा स्थापित एस वाई प्यानल कम्पनीले भने आफ्ना सामाग्रीहरु भारत निर्यात गर्न शुरु गरेको छ । चितवनको रत्ननगरस्थित पिठुवामा रहेको उक्त कोरियन कम्पनीले वाल प्यानल र रुफ प्यानल भारतको बजारमा निर्यात गरेको हो । केही साता अघि मात्र चितवनमै उत्पादिन हाइलेज (घाँस) चीन निर्यात गरिएको थियो । अहिले फेरि चितवनमै उत्पादित प्री–फ्याब घर बनाउन चाहिने सामग्री भारत निर्यात गरिएको छ । उद्योगका निर्देशक  ली ह्याछुनले रिवन काटेर निर्यातको शुभारम्भ गरे । शुभारम्भ पछि बोल्दै उनले हाल भारतको सिक्किममा प्री–फ्याब घर बनाउनका लागि उक्त प्यानल निर्यात गर्न लागिएको बताए । उक्त ठाउँमा सामग्री पठाउन एसवाई प्यानलको आधिकारिक डिलर समृद्ध निर्माण सेवाले काम गरिरहेको छ । पहिलो चरणमा १५ लाख बराबरको सामग्री पठाए पनि अन्य सामग्री पठाउने तयारी भइरहेको एसवाई प्यानलका निर्देशक विमलराज गोसाइँले जानकारी दिए । ‘हामीले निकै मेहनतका साथ यी सामग्री भारत निर्यात गर्न सफल भएका छौं, आगामि दिनमा सहजै अन्य सामग्रीहरु पनि निर्यात गर्दै जानेछौं’गोसाइँले भने । उनले शुरुआती चरणमा निर्यातका लागि केही प्रक्रिया पुरा गर्न समस्या भएपनि अब सबै काम सकिएकाले निर्यातलाई प्राथमिकतामा राखिने बताए । कोरियन कम्पनीको एसवाई प्यानल विगत ८ वर्षदेखि चितवनको रत्ननगरमा संचालनमा  छ । कम्पनीले प्री फ्याब घर निर्माणका लागि इपीयस प्यानल, स्याण्डवीच, पफ प्यानल, रुफ डोर स्टील डोर र युपीभिसी विण्डो उत्पादन गर्दै आएको छ । यी उत्पादन बाट घर बनाउंँदा सस्तो, छिटो छरितो, आकर्षक र भुकम्प प्रतिरोधात्मक हुने कम्पनीको दाबी छ ।

पहिलो पटक प्लाइउड निर्यात

बाँकेबाट पहिलो पटक भारततर्फ प्लाइउड निर्यात भएको छ । यसअघि भारतबाट तयारी प्लाइउड र कच्चा पदार्थ ल्याउने गरिएकोमा यस क्षेत्रबाट पहिलो पटक प्लाइउड भारत निर्यात गरिएको हो । नेपालगञ्ज औद्योगिक क्षेत्रमा सञ्चालित शिखर प्लाइउडले २८ टन प्लाइउड पहिलो चरणमा भारत पठाएर निर्यात सुरु गरेको हो ।

नेपाली रड पहिलो पटक भारत निर्यात

रुपन्देही – वर्तमान सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रस्तुत गरेको प्रावधानका कारण नेपाली उद्योगीले सिमेन्ट र रड निर्यात गर्न थालेका छन् । बजेटमा निर्यातमा नै छुट दिने व्यवस्था गरिएकाले उद्योगी व्यवसायीले निर्यात सुरु गरेका हुन् । यसबाट व्यापार घाटा घटाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।  बजेटमा निर्यातमा छुटको घोषणा भएसँगै श्री स्टिलले आज बुधवारदेखि रड निर्यात गर्न लागेको हो । रुपन्देहीको सेमरहवामा सञ्चालित श्री स्टिलले पहिलो चरणमा आज दुई ट्रक रड भारत निर्यात गर्न लागेको जनाएको छ । उद्योगका सञ्चालक राजेश अग्रव...

नेपालबाट सिमेन्ट भारत निर्यात हुन थाल्यो, पहिलो चरणमा गयो ३ ट्रक

काठमाडौं । नेपालबाट सिमेन्ट विदेश निर्यात हुन थालेको छ । केही वर्षसम्म भारतबाट आयात हुने सिमेन्ट अब नेपालबाट भारत तर्फ नै निर्यात हुन थालेको हो । आज पाल्पा सिमेन्टले औपचारिक रूपमा भारतमा सिमेन्ट निकासी गरेको हो । ३ ट्रक सिमेन्ट भारत निर्यात भएको पाल्पा सिमेन्टले बताएको छ । सरकारले नेपालबाट सिमेन्ट निर्यात गर्दा ८ प्रतिशत […]

३६४ मेगावाट बिजुली भारत निर्यात गर्न सुरु, निजी क्षेत्रको बिजुली पनि पठाईयो

नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिश्पर्धी दर बिक्री सुरु गरेको थियो ।भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले ६ वटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानी ३६४ मेगावाट विद्युत आइएक्स मार्केटमा बिक्री गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको थियो । गत चैतमा प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र  जारी भएको थियो । त्यसलगत्तै विद्युत प्राधिकरणले थप ४ जलविद्युतगृहबाट उत्पादित विद्युत भारतमा निर्यातका लागि स्वीकृति पाएको थियो ।शुक्रबारबाट निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.कोे लिखु–४बाट उत्पादित विद्युत निर्यात भएसँगै स्वीकृति पाएजति विद्युत भारतीय बजारमा बिक्री सुरु भएको हो । प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी एको १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट र निजी क्षेत्रको लिखु–४बाट उत्पादित ५१ मेगावाट विद्युत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।  पानी परेसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरु पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत दैनिक रुपमा भारतीय बजारमा निर्यात भइरहेको छ ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्यातका लागि स्वीकृति पाएका सबै आयोजनाको विद्युत भारतीय बजारमा बिक्री हुन थाल्नु दुई मुलुकबीचको विद्युत व्यापारका लागि कोशेढुंगा भएको बताए ।‘स्वीकृत क्षमता अनुसारकै विद्युत निर्यात सुरु भएसँगै दुई मुलुकका प्रधानमन्त्रीले संयुक्त रुपमा जारी गरेको ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्र कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको छ यो दुई मुलुकबीचको विद्युत व्यापारका लागि एउटा कोशेढुंगा हो, यसले दुई मुलुकबीचको व्यापार घाटालाईसमेत कम गर्ने छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको सबै विद्युत निर्यात गरिरहेका छौं, यसबाट मुलुकभित्र उत्पादित विद्युत बिक्री गर्न नसकी खेर फाल्नु पर्ने अवस्था तत्कालका लागि अन्त्य भएको छ, आगामी दिनमा थप विद्युत निर्यातको लागि स्वीकृतिका लागि भारतीय पक्षसँग निरन्तर छलफल गरिरहेका छौं, यसको नतिजा छिट्टै देखिनेमा आशावादी छौं ।’ उनले दुई मुलुकबीचको विद्युत व्यापारलाई यो चरणसम्म ल्याउन पहल तथा सहयोग गर्ने सम्बद्ध सबै व्यक्ति र निकायलाई धन्यवाद दिए ।आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।प्राधिकरणले शुक्रबारका लागि विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश ः १९.२ रुपैयाँ (१२ भारु) र ३.९९८४ रुपैयाँ (२.४९९ भारु) पाएको छ । औसत मूल्य प्रतियुनिट ११.४२  रुपैयाँ (७.१४ भारु) रहेको छ ।भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।

नेपालले पायो विद्युत निर्यातको अनुमति, पहिलो चरणमा ३९ मेगावाट भारत निर्यात

नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति दिने निकायले सोमबार नेपाल विद्युत प्राधिकरणलाई भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा विद्युत बिक्री गर्न अनुमति दिएको हो ।पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत गृहबाट उत्पादित ३९ मेगावाट विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईआईएक्स)मा बिक्री गर्न अनुमति दिइएको हो ।दुई विद्यु

बागलुङमा उत्पादित मौरीघार भारत निर्यात

बागलुङ । बागलुङमा उत्पादित आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेका छन् । बागलुङ नगरपालिका–१२, अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका हुन् । सिक्किमको कृषि विज्ञान केन्द्रले घार खरीद गरेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको हो । सार्वजनिक सूचनामार्फत मूल्यसूची माग गर्दा स्थानीय कम्पनीसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलब्ध गराउने जिम्मेवारी पाएको थियो । पहिलो चरणमा २२६ घारका लागि विज्ञान केन्द्रले माग पठाएकाले निर्यात प्रक्रिया थालिएको उद्योग सञ्चालक जीवनबाबु खत्रीले बताए । ‘पत्रिकामा आएको सूचनाका आधारमा मूल्यसूची पेश गरेका थियौं, हाम्रो घारको गुणस्तर र मूल्य दुवै सारभूत भएको भन्दै हामी छनोटमा परेको सूचना आयो,’ खत्रीले भने, ‘त्यहाँको सरकारी निकायले नै हाम्रो घर किसानलाई बाँड्ने भएपछि माग थप बढ्नेछ ।’ अहिले पनि भारतबाटै मौरीका घार नेपाल आइरहेको अवस्थामा यहाँ उत्पादित घार भारतीय किसानसम्म सुखद पक्ष भएको खत्रीले बताए । ‘सहज वातावरण हुने हो भने आयात घटाएर निर्यात बढाउन सकिन्छ,’ उनले भने । टुनीको काठबाट बनेका घरको माग बढी रहेको उनले बताए । पहिलो पटक भारत निर्यात गर्न थालिएकोमा नेपालबाट भन्सार पार गराउन पु¥याउनुपर्ने प्रक्रिया भने झन्झटिलो रहेको गुनासो उनले गरे । उद्योगमा ९ जना कालीगढले घार बनाउने काम गर्छन् । नेपालमा मात्रै खपत हुने गरेका मौरिघार विदेशमा समेत माग हुँदा उत्पादन र रोजगारी दुवै बढ्ने खत्रीले बताए । वार्षिक १ हजार २०० घार उत्पादन गर्दै आएको सो उद्योगले पोखराबाट टुनीको काठ खरीद गरेर घार बनाउने गरेको छ । उद्योगका अनुसार प्रतिघार मूल्य रू. ३ हजारदेखि रू. ३ हजार ६०० सम्म रहेको छ । उद्योगले मौरीसहितका घारलाई भने ८ हजार ५०० मा विक्री गर्ने गरेको छ । १०० घार मौरी रहेको उद्योगमा वार्षिक हजारौं लिटर मह उत्पादन हुन्छ । उत्पादित मह प्रतिकिलो रू. १ हजारमा विक्री हुने गरेको बताइएको छ । रासस

बागलुङमा उत्पादित आधुनिक मौरीघार भारतमा निर्यात

भदौ २८, बागलुङ । बागलुङमा उत्पादित आधुनिक मौरीघार छिमेकी राष्ट्र भारतमा निर्यात हुन थालेका छन् । बागलुङ नगरपालिका–१२, अमलाचौरमा रहेको बलेवा मौरीपालन उद्योगले उत्पादन गरेका घार भारतको सिक्किममा निर्यात हुन थालेका छन् । सिक्किमको कृषि विज्ञान केन्द्रले यहाँ उत्पादन भएका घार खरीद गरेर त्यहाँका किसानलाई उपलब्ध गराउन थालेको हो । सार्वजनिक सूचनामार्फत् मूल्यसूची माग गर्दा स्थानीय कम्पनीसँग प्रतिस्पर्धा गरेको उद्योगले घार उपलब्ध गराउने जिम्मेवारी पाएको थियो ।  पहिलो चरणमा २२६ घारका लागि विज्ञान केन्द्रले माग पठाएकाले निर्यात प्रक्रिया थालेको उद्योग सञ्चालक जीवनबाबु खत्रीले बताए । ‘पत्रिकामा आएको सूचनाका आधारमा मूल्यसूची पेश गरेका थियौं, हाम्रो घारको गुणस्तर र मूल्य दुवै सारभूत भएको भन्दै हामी छनोटमा परेको सूचना आयो’, खत्रीले भने, ‘त्यहाँको सरकारी निकायले नै हाम्रो घर किसानलाई बाँड्ने भएपछि माग थप बढ्ने छ ।’  अहिले पनि भारतबाटै मौरीका घार नेपाल आइरहेको अवस्थामा यहाँ उत्पादित घार भारतीय किसानको घर घरमा पुग्नु आफ्ना लागि सुखद पक्ष भएको खत्री बताउँछन् । ‘सुन्दै आएको छु, वार्षिक रुपमा नेपालमा ४० देखि ५० हजार मौरीघार भारतबाट आयात हुन्छन्, सहज वातावरण हुने हो भने आयात घटाएर निर्यात गर्न सकिन्छ’, उनले भने । टुनीको काठबाट बनेका घरको माग बढी छ । पहिलो पटक भारत निर्यात गर्न थालेको सो उद्योगले नेपालबाट भन्सार पार गाराउन पुर्‍याउनु पर्ने प्रक्रिया भने झण्झटिलो रहेको जानकारी दिएको छ । ‘युवाहरु किन यहाँ काम हुँदाहुँदै विदेशिन्छन् भनेर बल्ल बुझ्दै छु, घार बनाउन गाह्रो छैन्, तर विक्री गर्ने प्रक्रियाले बनाउँदाको भन्दा तीन गुणा बढी झण्झट व्यहोर्नु पर्‍यो’, खत्रीले भने, ‘वातावरण सहज भए हाम्रो उत्पादन पनि विदेश निर्यात हुने रहेछ ।’ उद्योगमा नौ जना कालीगढले घार बनाउने काम गर्छन् । नेपालमा मात्रै खपत हुने गरेका मौरिघार विदेशमा समेत माग हुँदा उत्पादन र रोजगारी दुवै बढ्ने खत्री बताउँछन् । वार्षिक एक हजार दुई सय घार उत्पादन गर्दै आएको सो उद्योगले पोखराबाट टुनीको काठ खरीद गरेर घार बनाउने गरेको छ । मूल्य प्रतिघार रू. तीन हजारदेखि रू. तीन हजार ६०० सम्म रहेको छ । ‘यो जिल्लावासी र देशकै लागि सुखद कुरा हो, छिमेकी मुलुकमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न पाउनु’, कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराई भन्छन्, ‘वैज्ञानिक रुपमा उत्पादन भएका घार निर्यातमा हामी सहयोग गर्छौं ।’ उद्योगले मौरीसहितका घारलाई भने आठ हजार ५०० मा विक्री गर्ने गरेको छ ।  १०० घार मौरी रहेको उद्योगमा वार्षिक हजारौं लिटर मह उत्पादन हुन्छ । बलेवा मौरीपालन उद्योगमा उत्पादित मह प्रतिकिलो रू. एक हजारमा बजारमा विक्री हुने गरेको छ । रासस