एमालेले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो आज लगाउने

काठमाडौं : नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउने भएको छ। शनिवार दिउँसो बस्न लागेको सचिवालय बैठकले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने भएको हो । उम्मेदवारबारे छलफल गर्न अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको नाम सिफारिस गरिसकेका छन्। सिफारिस भएकाहरूबारे छलफल गरेर आज सचिवालयले उम्मेदवार टुंगो लगाउन लागेको हो।

सम्बन्धित सामग्री

यी हुन् एकीकृत समाजवादीको भागमा परेका महानगर र उपमहानगरका उम्मेदवार

काठमाडौं  :  नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ। गठबन्धनमा भएको सहमति अनुसार समाजवादीले पोखरा महानगरमा धनराज आचार्यलाई प्रमुखमा उठाउने भएको छ। यस्तै काठमाडौं महानगरको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ।यसै गरी हेटौंडा उपमहानगरको प्रमुखमा मिना लामा उम्मेदवार बनेकी छन्। त्यस्तै इटहरीको उपप्रमुखमा केशवकुमार विष्ट, बुटवलमा चिनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरको उपप्रमुखमा  जोगबहादुर रानामगरलाई उम्मेदवार

कांग्रेसको भागका महानगर र उपमहानगरको उम्मेदवार छान्ने जिम्मा देउवालाई

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो।पार्टी पदाधिकारीमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर कांग्रेसले संसदीय समिति गठन गरेको छ। कांग्रेसको विधानअनुसार संसदीय समितिमा २५ जना सदस्य रहने व्यवस्था गरेको छ। संसदीय समितिको बैठक आजै साँझ बालुवाटारमा बस्ने तय भएको छ। यस्तै, बैठकले महानगर र उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउने जि

एमालेद्वारा काठमाडौँसहित ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन (सूचीसहित)

काठमाडौँ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो । एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई […]

माओवादीले टुङ्ग्यायो महानगर र उपमहानगरका उम्मेदवार

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १/१  जना सहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डामा पाएको थियो । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै उक्त पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।धनगढी उपमहानगरको उप

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरका उम्मेदवार

काठमाडौं : माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाएको छ। वैशाख ३० गते हुने निर्वाचनको लागि भोलिबाट मनोनयन दर्ता सुरु हुने भएकाले समाजवादीले उम्मेदवारको टुंगो लगाएको हो। पाँच दलीय गठबन्धनबाट समाजवादीले पोखरा महानगरको मेयर र काठमाडौं महानगरको उपमेयर पाएको छ। भने हेटौंडा उपमहानगरको मेयरसहित  इटहरी, बुटवल र तुलसीपुरको उपमेयर भाग पाएको छ। महानगरतर्फ पोखराको मेयरमा धनराज आचार्य र  काठमाडौंको उपमेयरमा रामेश्वर श्रेष्ठलाई

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरपालिकामा उम्मेदवार

सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुंगो लगाएको छ । देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवार टुंगो लगाएको हो । यस्तै ११ उपमहानगरमध्ये समाजवादीले पाएको हेटौंडाको मेयर सहित  इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा उठ्ने उम्मेदवारको लगाइएको समाजवादीका एक नेताले बताए । पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय भएको ती नेताले बता

महानगर/उपमहानगरका उम्मेदवारको टुंगो लगाउन एमालेको बैठक बस्दै

काठमाडौँ – नेकपा एमालेले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो आज लगाउने तयारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने तयारी भइरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्। यसअघि बिहीबार बसेको सचिवालय बैठकमा सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको […]

महानगर र उपमहानगरको सिट भागबण्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक आज बस्दै छ। बैठक बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्थानीय निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ। मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन्। उसले सिटमा भागबण्डा पनि गर्

एमालेबाट पोखरा मेयरमा दाबीः सांसददेखि केन्द्रीय सदस्यसम्म

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार मंगलबार टुंगो लगाउँदैछ। त्यसका लागि पोखरा महानगर कमिटीको बैठक बोलाइएको छ। दिउँसो २ बजे बस्ने बैठकले सकभर सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट उम्मेदवारको टुंगो लगाउने एमाले पोखरा महानगर कमिटी उपाध्यक्...