विश्व कप फुटबलमा आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दै

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज अन्तिम–१६ का अन्तिम दुई वटा खेल हुँदैछन् । आज मोरक्को र स्पेन तथा पोर्चुगल र स्विट्जरल्यान्डबीच खेल हुनेछ । आजको पहिलो खेलमा मोरक्को र स्पेन नेपाली समय अनुसार राति पौने ९ बजे खेल्नेछन् । मोरक्को समूह ‘एफ’ को विजेता र स्पेन समूह ‘ई’ को उपविजेताका रुपमा अन्तिम–१६ मा पुगेको हो । आज हुने अर्को खेलमा पोर्चुगल र स्विट्जरल्यान्ड खेल्दैछन् । नकआउट चरणको अन्तिम खेल राति पौने १ बजे सुरु हुनेछ । पोर्चुगल समूह ‘एच’ को विजेता र स्विट्जरल्यान्...

सम्बन्धित सामग्री

२०३० को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त आयोजना गर्ने

काठमाडौं, १८ असोज।सन् २०३०को विश्वकप फुटबल ३ महादेशका ६ राष्ट्रले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार उक्त निर्णय सुनाएको हो। बुधबार फिफाले स्पेन, पोर्चुगल र मोरक्कोसलाई सह–आयोजकको रुपमा घोषणा गरेसँगै ६ देशले संयुक्त रुपमा विश्वकपको आयोजना गर्ने पक्का भएको। यसअघि उरुग्वे, अर्जेन्टिना र पाराग्वे सन् २०३०को विश्वकप आयोजकहरु रहेको घोषण भइसकेको थियो।

विश्व कप फुटबल ः आज राती स्पेन र मोरक्को तथा पोर्चुगल र स्वीट्जरल्यान्ड भिड्दै

अहिलेसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्यान्ड, क्रोएसिया र ब्राजिलले अन्तिम ८ स्थान सुरक्षीत बनाइसकेका छन् ।...

मङ्कीपक्स प्रभावित देशबाट आएकालाई क्वारेन्टिनमा बस्न आग्रह

विश्वमा फैलिएको मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ।अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपना

संक्रमित मुलुकबाट नेपाल आउनेलाई क्वारेन्टिन?

काठमाडौं, जेठ १० । विश्वमा फैलिएको बाँदरेखटिरा (मंकीपक्स) को संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ । अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मंकीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य […]

विश्वमा फैलिँदै गरेको ‘मङ्कीपक्स’ भाइरसको जोखिम नेपालमा कति ?

काठमाडौं: कोरोना महामारी कम हुँदै गएको समयमा हाल  विश्वमा अर्को ‘मङ्कीपक्स’ भाइरस देखिएको छ। हालसम्म यो भाइरस १२ वटा देशमा पुगिसकेको छ।यता विश्व स्वास्थ्य संगठनले पनि अझ बढी मानिसमा ‘मङ्कीपक्स’ सर्न सक्ने भन्दै चेतावनी दिएको छ।अहिलेसम्म युरोपका संयुक्त अधिराज्य बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली, स्वीडेन लगायतका देशमा ‘मङ्कीपक्स’ भाइरस देखा परेको छ।हाल जेनेभामा भइरहेको डब्ल्यूएचओ महासभामा पनि डब्ल्यूएचओक

फिफा विश्वकप फुटबल ड्र  : उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा

चैत १९,  काठमाडौं । कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक गरिएको छ । नोभेम्बर र डिसेम्बरमा त्यहाँ हुने विश्वकपमा  जर्मनी र स्पेन  एकै समूहमा परेका छन् । शुक्रवार राति कतारको दोहामा आयोजित एक कार्यक्रमका बीच विश्वकपको ड्र सार्वजनिक गरिएको हो । सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतारको दोहामा सम्पन्न ‘ड्र’ ले प्रतिद्वन्द्वीहरू विभाजन गरेको हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेयता विश्वकप पहिलो पटक एशियाली राष्ट्रमा हुँदै छ । उपाधि दाबेदार जर्मनी र स्पेन एकै समूहमा परेका छन् । समूह ‘ई’ मा स्पेन, जर्मनी र जापान छन् । यस्तै कोस्टारिका र न्युजिल्याण्ड बीचको अन्तर महादेशीय प्लेअफको विजेता यस समूहमा हुने छन् । भू–राजनीतिक प्रतिद्वन्द्वी अमेरिका र इरान पनि एकै समूह ‘बी’ मा परेका छन् । सार्वजनिक ड्र अनुसार साविक विजेता फ्रान्स समूह ‘डी’ मा परेको छ । उक्त समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । लियोनल मेस्सी र रोवर्ट लेवान्डोस्कीको टोली समूह चरणमै भिड्ने भएका छन् । समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल सहज समूह ‘एच’ मा छ । यस समूहमा उरुग्वे, दक्षिण कोरिया र घाना पनि छन् । विश्व नम्बर एक ब्राजिलसहित  स्वीट्जरल्याण्ड, सर्बिया र क्यामरुन  समूह ‘जी’ मा रहेको छ । आयोजक कतारसँगै नेदरल्यान्ड्स, सेनेगल र ईक्वेडर समूह ‘ए’ मा छन् । यसैगरी समूह बी मा इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/युक्रेन/स्कटल्याण्ड) छन् भने समूह एफमा बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा छन् । कुन समूहमा कुन -  कुन राष्ट्र ? समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, (वेल्स/ युक्रेन/ स्कटल्याण्ड) समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, (युएई/ अष्ट्रेलिया/ पेरु) समूह ई – स्पेन, जर्मनी, जापान, (कोस्टारिका/ न्युजिल्याण्ड) समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन, समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

रोनाल्डोको ह्याट्रिक, पोर्चुगल र स्पेन ३-३ को बराबरी खेल्दै अंक बाँडे

विश्व फुटबलका दुई प्रभावशाली टोली स्पेन र पोर्चुगलबीच जारी भिडन्तमा रोनाल्डोले ह्याट्रिक गरेका छन्। स्पेनका डिएगो कोष्टाले २ तथा नाचोले १ गोल गरेका छन्।

म्याच हाइलाइट्स

समूह ‘बी’ मा रहेका दुई यूरोपियन ‘हेविभेट’ स्पेन र पोर्चुगल आज राति भिड्नेछन् । स्पेन र पोर्चुगलबीचको खेल सोचीस्थित फिस्ट ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार राति ११ः४५ बजे सुरु हुनेछ । २०१० को विश्व विजेता स्पेन र २०१६ को यूरोपियन च्याम्पियन पोर्चुगलबीचको खेल समूह चरणको बहु–प्रतिक्षित खेल समेत हो ।

स्पेन र पोर्चुगल विश्वकपको एकै समूहमा

युरोपियन क्षेत्रबाट आगामी विश्वकपमा छानिएका दुई छिमेकी देश स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन्। मस्कोमा शुक्रबार भएको विश्वकप ड्र अनुसार स्पेन र पोर्चुगल समूह चरणमै आमने सामने हुने भएका हुन्। समूह ‘बी’ मा स्पेन र पोर्चुगलसहित मोरक्को र इरान पनि छन्। तर ध्यान भने स्पेन र पोर्चुगलले तानेका छन् । युरोपियन तथा विश्व फुटबलका…