४० ठाउँमा हुन्डाईका चार्जिङ स्टेसन

काठमाडौं (अस) । विद्युतीय गाडीको चार्जिङ सहज बनाउने उद्देश्यले अटो निर्माता हुन्डाईले नेपालका मुख्य शहरका ४० ठाउँमा चार्जिङ स्टेसन स्थापना गरेको छ । विद्युतीय गाडी प्रयोगकर्तालाई लामो यात्रामा निस्कँदा ब्याट्री चार्ज गर्न समस्या नहोस् भनेर कम्पनीले देशका विभिन्न शहरमा चार्जिङ स्टेसन स्थापना गरेको हो । हुन्डाईले बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, चितवन लगायत १४ स्थानमा चार्जिङ स्टेसन स्थापना गरेको जानकारी दिएको छ । प्रदेश १ का ५ स्थान, मधेश प्रदेशको वीरगञ्जका २ स्थान, गण्डकी प्रदेशको पोखराका ५ स्थान, लुम्बिनी प्रदेशको दाङ, नेपालगञ्ज, भैरहवा र बुटवलका ८ स्थानमा चार्जिङ स्टेसन खोलिएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशको धनगढी र चिसापानी कर्णालीमा पनि चार्जिङ स्टेसन राखिएको जानकारी दिइएको छ । कम्पनीले चार्जिङ स्टेसन राखेका होटल, रेस्टुरेन्ट, शपिङ मलहरूले विद्युतीय गाडी चार्ज गरेबापत प्रतियुनिट १२ देखि १५ रुपैयाँ शुल्क लिने बताइएको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले शुक्रवार अटोमोबाइल क्षेत्रमा कार्यरत पत्रकारलाई ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको हुन्डाई तालिम केन्द्रमा विद्युतीय सवारी साधन प्रयोगका फाइदा, त्यसका चुनौती, नेपाल लगायत विश्वभर यसको बढ्दो प्रयोगबारे जानकारी दिएको छ । कार्यक्रममा हुन्डाई ट्रेनिङ एकेडेमीका वासुदेव तिमिल्सिनाले पछिल्लो समय विश्वमा बाक्लो जनघनत्व भएका अधिकांश ठूला शहरमा वायुप्रदूषणको मात्रा उच्च रहेकाले विद्युतीय गाडीको प्रयोग बढाउनुको विकल्प नरहेको बताए । काठमाडौं शहर पनि विश्वको प्रदूषित शहरको सूचीमा अगाडि नै रहेकाले गाडी प्रयोगकर्ताले यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ । विद्युतीय गाडी प्रयोगले अहिले विश्व बजारमा देखापरेको इन्धन संकटबाट जोगाउने भएकाले यसको प्रयोग आउँदा दिनमा झनै बढ्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित सामग्री

देशभर ५०० वटा चार्जिङ स्टेसन बनाउने सरकारको तयारी

१५ भदौ, काठमाडौं । सरकारले देशभर ५०० वडा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले चार्जिङ स्टेसन निर्माणलाई अभियानको रुपमा अघि बढाएर देशभर उक्त संख्यामा चार्जिङ स्टेसन बनाउने तयारी भइरहेको जानकारी दिएका हुन् । विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले शुब्रबारदेखि काठमाडौंमा सुरु भएको ‘नेपाल ईभी […]

चितवनमा २ चार्जिङ स्टेसन सञ्चालन

भरतपुर- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो। जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेसन निर्माण गरिएको छ। मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेसनको काम अन्तिम चरणमा पुगेको छ। बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणका इञ्जिनियर सागर ज्ञवालीले जानकारी […]

सुर्खेतमा चार्जिङ स्टेसन निर्माण गरिँदै

विद्युतीय सवारी चार्जका लागि सुर्खेतमा चार्जिङ स्टेसन निर्माण थालिएको छ ।नेपाल विद्युत प्राधिकरणले वीरेन्द्रनगर नगरपालिकास्थित बसपार्क क्षेत्रमा चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो । यो कर्णाली प्रदेशको पहिलो चार्जिङ स्टेसन हुनेछ । नेपालभर ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य छ । सोहीअनुसार सुर्खेतमा पनि दुई वटा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको […]

४० ठाउँमा हुन्डाईका चार्जिङ स्टेसन

काठमाडौं, चैत २७ । विद्युतीय गाडीको चार्जिङ सहज बनाउने उद्देश्यले अटो निर्माता हुन्डाईले नेपालका मुख्य शहरका ४० ठाउँमा चार्जिङ स्टेसन स्थापना गरेको छ । विद्युतीय गाडी प्रयोगकर्तालाई लामो यात्रामा निस्कँदा ब्याट्री चार्ज गर्न समस्या नहोस् भनेर कम्पनीले देशका विभिन्न शहरमा चार्जिङ स्टेसन स्थापना गरेको हो । हुन्डाईले बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, चितवन लगायत […]

चार्जिङ स्टेसन निर्माणका लागि सरकारले पुनर्कर्जाको व्यवस्था गर्ने

सरकारले विद्युतीय सवारी, चार्जिङ स्टेसन निर्माणका लागि पुनर्कर्जाको व्यवस्था गर्ने भएको छ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासको समिक्षा गर्दै राष्ट्र बैंकले चार्जिङ स्टेसन स्थापनाको लागि प्रवाह हुने कर्जामा पुनर्कर्जा उपलब्ध हुने गरी पुनर्कर्जा कार्यविधि संशोधन गरिएको जनाएको हो । हाल सरकारले देशैभरि ५० स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणको काम अघि बढाइरहेको छ भने, थप स्टेसन निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गरिरहेको छ ।

राजमार्गमा चार्जिङ स्टेसन बनाउदै विद्युत प्राधिकरण

काठमाडौं, ४ मंसिर । नेपाल विद्युत प्राधिकरणले राजमार्गहरुमा चार्जिङ स्टेसन बनाउन सुरु गरेको छ । प्राधिकरणले मुख्यमुख्य राजमार्गका ३२ ओटा स्थानमा ५० ओटा चार्जिङ स्टेसन बनाउन शुरु गरेको बताइएको छ । एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा गत वर्षदेखि चार्जिङ स्टेसन निर्माण गर्न शुरु गरिएको हो । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न […]

छ महिनाभित्र  ५० वटा चार्जिङ स्टेसन सम्पन्न गरिने

नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो ।प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पुऱ्याउने  काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, “स्टेसनमा विद्युत् लाइन पुऱ्य

छ महिनाभित्र चार्जिङ स्टेसन

नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो । प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ । हाल स्टेसनमा विद्युत् लाइन पु-याउने काम भइरहेको छ । प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने, “स्टेसनमा विद्युत् लाइन पु-याउने

थप पाँच सय चार्जिङ स्टेसन बनाइँदै

नेपाल विद्युत् प्राधिकरणले थप पाँच सयवटा चार्जिङ स्टेसन निर्माण गर्नेभएको छ । स्टेसन निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन शुक्रबार सूचना सार्वजनिक गरेको छ । प्राधिकरणले राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न चाहनेलाई सम्पर्क गर्न आह्वान गरेको हो ।स्टेसन निर्माण निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा निर्माण गरिने प्राधिकरणले जनाएको छ । पाँच सयवटा चार्जर जडान गर्ने योजनासहित जग्गा प्राप्तिको सूच