पुल नबन्दा जलविद्युत् निर्माणमा ढिलाइ

जिल्लाको मध्यपूर्वीस्थित दोर्दीखोलामा चारवटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । निर्माण गर्दा ढुवानीका साधान वारपार गर्नुपर्ने दोर्दीखोलामै भने अझसम्म पुल बनेको छैन । यसले गर्दा जलविद्युत् आयोजना निर्माणमा ढिलाइ भएको छ ।

सम्बन्धित सामग्री

काप्रीखोला–काँशिकाध जोड्ने पुल नबन्दा सास्ती

दैलेख, २६ असोज । दैलेखको दुर्गम मानिएको महावु गाउँपालिकाको वडा नं ४ को काप्रीखोला र ५ को काँशिकाध जोड्ने पक्की पुल नबन्दा स्थानीयले सास्ती भएको छ । निर्माण कम्पनीको लापरवाहीका कारण समयमै पुन नबन्दा आवागमनमा सास्ती भएको स्थानीय बताउँछन् । दैनिक पाँच सयभन्दा बढी नागरिक आवतजावत गर्ने उक्त पुल निर्माणमा ढिलाइ हुदाँ वर्षाको समयमा काप्रीखोला […]

पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध

झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रूपमा निर्माण शुरू भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ । राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।      उनका अनुसार विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण शुरू गरिएको थियो । तर, एक दशक बितिसक्दा समेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो । उनले मुलुकको राजनीतिक अस्थिरता र कोेरोना महामारी लगायत कारणले पुल निर्माणमा ढिलाइ भएको बताए । रासस

पुल नबन्दाको सास्ती, २० मिनेटको बाटोलाई २ घण्टा

उदयपुर : राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी लोकमार्गको पूर्वी खण्डका खोला खहरेमा पुल निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ।पुल नबन्दा सामान्य वर्षामा समेत सवारीसाधन रोकिने गरेका छन्। यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। छोटो दूरीका कारण सडकको कालोपत्रेको काम सकिएसँगै यातायातका साधनको चाप बढे पनि खोला खहरेले गर्दा सवारीसाधन रोकिने गरेका छन्।पुल क्षेत्रमा ठूला–ठूला खाल्डाहरू रहेका कारण साना सवारीसाधन सञ्चालनमा कठिनाइ हुने गरेको बेल्टारका शम्भु पौडेल बताउँछन

पुल निर्माणमा ढिलाइ

तनहुँ । तनहुँको दुई पालिका जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुल निर्माण छ वर्ष बित्दा पनि सकिएको छैन । संघीय सरकारको लगानीमा निर्माण शुरू भएको सो पुलको म्याद तीनपटक थप गरिएको छ । हालसम्म तीन पिलरको काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्न अझै केही वर्ष लाग्ने देखिएको स्थानीयवासी प्रेमबहादुर थापाले बताए । पुल निर्माण नहुँदा सेतीपारिका भिमाद नगरपालिका र शुक्लागण्डकी तथा स्याङ्जाको हरिनास गाउँपालिकाका बासिन्दा मारमा परेका छन् । ‘जोखिम मोलेर झोलुंगे पुलको प्रयोग गर्नुपरेको छ,’ उनले भने, ‘धेरै पटक दुर्घटना भएको छ ।’ पक्की पुल नहुँदा भिमाद बजार भएर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । पुल नबन्दा सेतीपारिको विकासको गतिविधि ठप्प छ । ठूला सवारीसाधन घुमाउरो बाटो हुँदै पृथ्वीराजमार्ग पुग्नुपर्ने बाध्यता छ । भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ बर्खाको बेला सास्ती खेप्नु परेको बताउँछन् । २०७२ असार ३० गते सम्झौता भई २०७५ असार २९ मा ८ करोड ८० लाखमा सम्पन्न गर्नेगरी एड्भेन्चर कन्स्ट्रक्शन, चितवनलाई उक्त पुल निर्माणको ठेक्का दिइएको थियो । २०७५ चैत, २०७७ फागुन र २०७८ भदौमा पुल निर्माणको म्याद थप गरिएको छ । रासस

पुल निर्माणमा ढिलाइ

तनहुँ । तनहुँको दुई पालिका जोड्ने पक्की पुल निर्माणमा ढिलाइ भएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुल निर्माण छ वर्ष बित्दा पनि सकिएको छैन । संघीय सरकारको लगानीमा निर्माण शुरू भएको सो पुलको म्याद तीनपटक थप गरिएको छ । हालसम्म तीन पिलरको काम सकिएको छ । पुल निर्माण सम्पन्न गर्न अझै केही वर्ष लाग्ने देखिएको स्थानीयवासी प्रेमबहादुर थापाले बताए । पुल निर्माण नहुँदा सेतीपारिका भिमाद नगरपालिका र शुक्लागण्डकी तथा स्याङ्जाको हरिनास गाउँपालिकाका बासिन्दा मारमा परेका छन् । ‘जोखिम मोलेर झोलुंगे पुलको प्रयोग गर्नुपरेको छ,’ उनले भने, ‘धेरै पटक दुर्घटना भएको छ ।’ पक्की पुल नहुँदा भिमाद बजार भएर लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । पुल नबन्दा सेतीपारिको विकासको गतिविधि ठप्प छ । ठूला सवारीसाधन घुमाउरो बाटो हुँदै पृथ्वीराजमार्ग पुग्नुपर्ने बाध्यता छ । भिमाद नगरपालिका–८ का वडाध्यक्ष बुद्धिमान श्रेष्ठ बर्खाको बेला सास्ती खेप्नु परेको बताउँछन् । २०७२ असार ३० गते सम्झौता भई २०७५ असार २९ मा ८ करोड ८० लाखमा सम्पन्न गर्नेगरी एड्भेन्चर कन्स्ट्रक्शन, चितवनलाई उक्त पुल निर्माणको ठेक्का दिइएको थियो । २०७५ चैत, २०७७ फागुन र २०७८ भदौमा पुल निर्माणको म्याद थप गरिएको छ । कोरोनाका कारण पुल निर्माणमा ढिलाइ भएको सडक डिभिजन कार्यालय, तनहुँका इञ्जिनियर दीपेन्द्र पन्थले बताए । रासस

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

रोल्पा । घोडाखोलामा समयमै पक्की पुल नबन्दा रोल्पाको सुनीलस्मृति गाउँपालिका र प्यूठानको स्वर्गद्वारी नगरपालिकाका स्थानीयवासी जोखिमपूर्ण रूपमा खोला तर्न बाध्य छन् । रोल्पा र प्यूठानको सिमानामा पर्ने घोडेखोलामा निर्माण भइरहेको पक्की पुल समयमै निर्माण हुन नसक्नु र गत असारदेखि खोलामा पानी बढेपछि स्थानीय सानो काठको प्mल्याकबाट वारपार गर्न बाध्य छन् । सुनीलस्मृति गाउँपालिकाबाट रून्टीगढी गाउँपालिका हुँदै दाङको घोराही जोड्ने सबैभन्दा छोटो दूरीको यो सडकमा पर्ने घोडेखोलामा पुल नबन्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । पुल नहुँदा यातायातका साधन आवतजावत गर्न समस्या भएको छ भने पदैलबाट खाद्यान्नलगायत सामान किनमेलका लागि प्यूठानको स्वर्गद्वारी नगरपालिकाका किमिचौर, भिंग्री बजारमा जान समेत सास्ती भएको स्थानीय बताउँछन् । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले गत पुसमा पुल शिलान्यास गर्दा पुल निर्माणको जिम्मा लिएको जलजला आशु कन्स्ट्रक्सनका सञ्चालक बालाजु श्रेष्ठले तोकिएको समयावधि अगावै सम्पन्न गरी बोनस लिने प्रतिबद्धता गरेका थिए । तर सम्झौताअनुसार काम सम्पन्न गर्ने समय दुई महिना मात्र बाँकी हुँदा समेत पुलको निर्माण ३० प्रतिशतभन्दा बढ्न सकेको छैन । २ करोड ५९ लाख २२ हजार लागतमा पुल निर्माणको जिम्मा लिई कम्पनीका सञ्चालक श्रेष्ठले पेटी ठेकेदार सुन्दर घिमिरे र सञ्जय चौधरीलाई जिम्मा दिएका थिए । पेटी ठेकेदारले कामदारलाई समयमा पैसा नदिएपछि पुलको निर्माण हाल अलपत्र छ । विगतका वर्षमा वर्षाको समयमा खोला तर्दा खोलाले बगाएर धेरै मानिसले ज्यान गुमाएका छन् । ‘यो वर्ष त पक्की पुल बन्ने भयो, अब खोला तर्न समस्या हुँदैन भन्ने आशामा थियौं,’ स्थानीय भुपेन्द्र कुँवरले भने, ‘अझै धेरै काम बाँकी रहेकोले अर्को वर्षासम्म पनि पुल नबन्ने चिन्ता लागेको छ ।’ उनका अनुसार पेटी ठेकेदारले कामदारलाई समयमै पैसा नदिएपछि रित्तो हात घर जाने गरेका छन् भने स्थानीय पसल र होटलमा उधारो लिएको र खाएको समेत ठेकेदारले नदिँदा स्थानीय व्यापारी मारमा परेका छन् । दैनिक सयौं मानिस घोडेखोला तरेर वारपार गर्छन् । बजारमा किनमेलका लागि पनि नजिकको किमीचौर भिंग्री पुग्दा घोडेखोला तर्नैपर्छ । घोडेखोलामा पक्की पुल निर्माण नहुँदासम्मका लागि अर्को विकल्प नहुँदा स्थानीयवासी जोखिमपूर्ण रूपमा काठको लप्काबाट खोला तर्न बाध्य छन् । यसप्रति स्थानीय सरकार र अन्य सरोकारवालाको समयमै ध्यान नपुग्दा सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ ।

पुल नबन्दा जलविद्युत् आयोजना निर्माणमा ढिलाइ - Naya Patrika

लमजुङको दोर्दीखोलामा चारवटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । आयोजना निर्माणमा आवश्यक सामान्य सामग्री निर्माणस्थलसम्म लगे पनि ठूला सामान भने दोर्दी खोलामा पुल अभावका कारण लैजान सकिएको छैन । आवश्यक...पूरा पढ्नुहोस् »