पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध

झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रूपमा निर्माण शुरू भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ । राष्ट्रिय गौरवको योजनाको रूपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।      उनका अनुसार विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण शुरू गरिएको थियो । तर, एक दशक बितिसक्दा समेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो । उनले मुलुकको राजनीतिक अस्थिरता र कोेरोना महामारी लगायत कारणले पुल निर्माणमा ढिलाइ भएको बताए । रासस

सम्बन्धित सामग्री

पुल बनाउन माग गर्दै प्रदेश सांसदले गरे चक्काजाम

वर्षौँदेखि अलपत्र रहेको पुल निर्माणको लागि प्रदेश सांसदसहितका स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा वर्षौँदेखि अलपत्र रहेको पुलको निर्माण हुनुपर्ने माग गर्दै प्रदेश सांसद नागेन्द्र साहसहित चार पालिकाका स्थानीयले बुधबार दिउँसो...

हुलाकी राजमार्गमा पुल विस्तार गरिने

काठमाडौँ, ३२ साउन । हुलाकी राजमार्गअन्तर्गत विभिन्न स्थानमा रहेका पुल विस्तार गरिने भएको छ । तीनरचार दशक पहिले बनेका र अहिले साँघुरा भएका पुल विस्तार गर्ने योजना बनाइएको हो । पहिलेको एक लेन पुल रहेकामा अहिले दुई लेन बनाउनु आवश्यक रहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । आयोजनाअन्तर्गत २५/३० देखि कतिपय ठाउँमा ४० वर्ष […]

निर्माणाधीन कमला पुल भाँचिएको एक वर्षदेखि जस्ताको तस्तै, स्थानीयबासी समस्यामा

१७ असार, जनकपुरधाम । मधेशको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्ग अन्तर्गत निर्माणाधीन कमला नदीको पुल  भाँचिएको एक वर्ष पूरा भइसक्दा पनि काम सुरु   भएको छैन । हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि यहाँका स्थानीयहरु कम समयमा पुग्‍नु पर्ने ठाउँमा पनि धेरै समय लगाएर जानु पर्ने बाध्‍यता रहेको बताएका छन् । […]

हुलाकी राजमार्ग निर्माणमा ६ अर्ब ७ करोड विनियोजन

तराई जिल्लामा सञ्चालित हुलाकी राजमार्ग निर्माण गर्न ६ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री जनार्दन शर्माले हुलाकी राजमार्ग निर्माण गर्न ६ अर्ब ७ करोड बजेट विनियोजन गरिएको हो ।निर्माणाधिन ३ सय किलोमिटर कालोपत्रे र २४ पुलको निर्माण कार्य सम्पन्न गर्न सो बजेट विनियोजन गरिएको छ । यस्तै थप ६७ वटा पुल निर्माण कार्य सुरु गरिने भएको छ ।

कतै बाटो नभएको ठाउँमा बन्यो पुल, कतै अस्वाभाविक अग्लो हुँदा भएन हिँडडुल !

पुल बनेपछि आवतजावत तथा जनजीवनमा सहजता हुने अपेक्षा गरिन्छ तर कैलालीमा पुल बनेपछि स्थानीयले सहजता होइन, सास्ती नै सास्ती खेप्नुपरेको छ भने करोडौंमा बनेका कतिपय पुल प्रयोगविहीन छन् । हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलालीको कैलारी गाउँपालिका–५ मा पवेरा पुल बनेपछि बस्ती नै कुरूप बनेको छ । ७ वर्ष लगाएर सम्पन्न गरिएको पुल बनेको कात्तिकमा २ वर्ष पुग्दैछ । सानो सिँचाइ कुलोमा निकै नै अग्लो र भीमकाय पुल बनेको छ । पुल भएर आवजजावत होइन, पुलको छेउ भएर आवतजावत हुन्छ । सिंगो बस्ती पुलमुनि जस्तै भएको छ, जसले बस्ती कुरूप...

बर्दिया र कैलाली जोड्ने पुल सञ्चालन

बर्दियाको बर्दिया–कैलाली जोड्ने सत्तिघाटको पुल अस्थायीरूपमा सञ्चालनमा आएको छ । पहिलो र दोस्रो पिलरको एक्सपान्सन ज्वाइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायीरूपमा सञ्चालनमा आएको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख गागलबहादुर भण्डारीले बताए । पुल सञ्चालनमा आएपछि दौलतपुर घाटमा रहेको स्टिमर प्रयोग गरी जोखिमपूर्ण लामो यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।

सवा करोडमा बनेको पुल प्रयोगविहीन, खोला तर्ने सास्ती उस्तै

हुलाकी राजमार्ग पर्ने कैलारी गाउँपालिकाको मण्डिबजारस्थित पवेरा नालामा दुई वर्षअघि नै पुल निर्माण कार्य सम्पन्न भएको छ । राजमार्गमा आउजाउ गर्नेहरु भने अहिले पनि पुलमुनि भएर खोलाकै बाटो प्रयोग गर्छन्...

कमला नदीमा निर्माणाधीन पुल भासिएको विरोधमा प्रर्दशन

हुलाकी राजमार्ग खण्डको सिरहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल भासिएको विरोधमा सिरहामा युवाहरुले विरोध प्रर्दशन गरेका छन् । कमला पुल भासिएको घटनाको छानबीन गरी दोषीलाई कारबाही गर, कमसल निर्माण गरी भ्रष्टाचार...

१० वर्षमा निर्माण भएको पुल सञ्चालनमा नआउँदै भासियो

जनकपुरधाम– धनुषा र सिरहा जोड्ने पुल निर्माण पूरा नहुँदै भासिएको छ। हुलाकी राजमार्ग अन्तर्गत सिरहाको बसपिट्टाघाटस्थित निर्माण भएको पुल सञ्चालनमा नआउँदै भासिएको हो। कमला नदीमा पानीको बहाब बढेपछि बिहीबार पुल भासिएको हो। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले पुलको १२ वटा स्पानमध्ये एक स्पान १ फिट भासिएको जानकारी दिए। उनका अनुसार बसपिट्टाघाटस्थित निर्माणाधिन कमला […]

कर्णाली नदीको कटानले सत्तीमा पक्की पुल भासियो, गाडी आवत जावतमा रोक

काठमाण्डाै - हुलाकी राजमार्ग अन्तर्गत पर्ने कैलाली र बर्दिया जोड्ने राजापुरको सत्ती पुल भासिन थालेको छ । हिजो दिउँसो कर्णाली नदीले पुलको स्ल्याब कटान गरेपछि हुलाकी राजमार्ग पूर्णतया ठप्प भएको छ । दैनिक हजारौँ नागरिक आवत जावत गर्ने यो पुलको स्ल्याब कर्णाली नदीले कटान गरेपछि कैलाली र बर्दिया जोड्ने बाटो बन्द भएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले उज्यालोलाई बताउनुभयो । सत्ती पुल भएर दैनिक हजारौँ नागरिक र सयौँ गाडी आवत जावत हुने गरेको छ । पुल भासिएपछि कैलाली र बर्दिया आउजाउ गर्ने गाडी रोकिएका छन् । प...