गन्तव्य : सूर्योदय हेर्न नगरकोट

काठमाडौंबाट नजिक र घुम्नका लागि उपयुक्त हिलस्टेसनमध्येको एक नगरकोट हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण नगरकोट काठमाडौंबाट २८ किलोमिटर उत्तरपूर्वमा र भक्तपुर दरबार स्क्वायरबाट १२.५ किलोमिटर टाढा छ । नगरकोट समुद्री सतहबाट दुई हजार...

सम्बन्धित सामग्री

आन्तरिक एवं विदेशी पर्यटकले नगरकोटदेखि रानीकोटसम्मका होटल खचाखच

भक्तपुर । नयाँ वर्ष २०८० को आगमनसँगै खुशी मनाउन र सूर्योदय हेर्न विगत तीनदेखि भक्तपुरका पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्मका होटल विदेशी तथा स्वदेशी पर्यटकले भरिएका छन् । कोरोना भाइरसका कारण सुनसान बनेको भक्तपुरका पर्यटकीय क्षेत्रमा विदेशीभन्दा बढी स्वदेशी पर्यटकको आगमनले पर्यटकीयस्थल खचाखच भएपछि व्यवसायी उत्साहित छन् । नयाँ पर्यटकीय गन्तव्य बन्दै आएको सूर्यविनायक नगरपालिका-७ गुण्डु र ८ सिपाडोलको संगमस्थल ऐतिहासिक रानीकोटमा अधिकांश होटल आन्तरिक पर्यटकले नै भरिएको पर्यटन व्यवसायी एवं भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोटका सञ्चालक रामसुन्दर बकेंले बताए । ‘चैत मसान्तदेखि वैशाख ३ गतेसम्मका लागि होटल बुकिङ भइसकेको छ,’ उनले भने, ‘यहाँका सबै होटल आन्तरिक पर्यटकले भरिएका छन् ।’ नयाँ वर्षका लागि दुई साता अगाडिदेखि नै यहाँका होटल बुक भएका थिए । समुद्री सतहबाट दुई हजार मिटर उचाइमा रहेको सूर्यविनायक र काभ्रेको पनौती नगरपालिकाको सिमानामा पर्ने रानीकोटबाट काठमाडौं उपत्यका र भक्तपुर नगर मात्र होइन, विभिन्न हिमशृंखला अवलोकन गर्न सकिन्छ । ‘नयाँ वर्षमा आन्तरिक पर्यटक खचाखच भएका छन्,’ होटल व्यवसायी बकें भन्छन्, ‘अब भने पर्यटन व्यवसाय पुनः चलायमान हुने आशा पलाएको छ ।’ होटल व्यवसायी तथा घ्याम्पेडाँडा रिसोर्टका सञ्चालक राजेन्द्र प्याथले घ्याम्पेडाँडा-रानीकोट पक्की सडक निर्माण भएसँगै पर्यटकको आगमन ह्वात्तै बढेको बताए । उनले सूर्यविनायक-रानीकोट-आशापुरी एवं सूर्यविनायक-रानीकोट-फुल्चोकी पदयात्रा मार्ग र रानीकोट, आशापुरी, बोकाचो गढी पर्यटकको रोजाइमा पर्न थालेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको बताए । पर्यटकको आगमन बढेपछि घ्याम्पेडाँडा रानीकोट क्षेत्रमा जीप लाइन सञ्चालनमा आएको छ भने ठूला होटल निर्माणको क्रम बढेको छ । निर्माण भइसकेको करीब १४ होटल आन्तरिक पर्यटकले नै भरिन थालेका छन् । भक्तपुरको अर्को पर्यटकीय गन्तव्य नगरकोटमा नयाँ वर्षमा तीन दिन अगाडिदेखि नै होटल खचाखच छन् । नयाँ वर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न नगरकोटमा एक रात बसेर सूर्योदय र हिमाली दृश्य हेरेर फर्कने पर्यटकले यहाँका होटल खचाखच भएको पर्यटन व्यवसायी एवं होटल मेरिगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए । ‘मैले होटल क्षेत्रमा काम गरेको २० वर्षको अवधिमा विसं. २०७७ को नयाँ वर्षमा सबै होटल सुनसान भए, ०७८ र ०८९ सालको नयाँ वर्षमा आन्तरिक पर्यटकको आगमनले अलिक राहत मिलेको थियो,’ होटल व्यवसायी लामिछाने भन्छन्, ‘०८० को नयाँ वर्षमा भने विदेशी पर्यटकका साथै आन्तरिक पर्यटकले पनि थपिँदा होटल भरिए ।’ नगरकोट जाने सडक निर्माण पूरा भए पर्यटन व्यवसाय अझै फस्टाउने व्यवसायीको भनाइ छ । -रासस

काठमाण्डाैकाे रङ्गिन गाेधूलि ! (फाेटाे फिचर)

काठमाण्डाै - जब बेलुकी हुँदै जान्छ, काठमाण्डाैका उपत्यकाका आकाश रङ्गिन बन्न थाल्छन्। नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ । आजभोलि सूर्यास्तसँगै काठमाण्डाैका गोधूलि साँझहरु रङ्गिन देखिन्छन् ।सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने काठमाण्डाै उपत्यकावासीले फुर्सद निकालेर घरकै कौसीमा बसेर गाेधूलि साँझकाे भरपुर आनन्द लिन सकिन्छ । हल्का बादल भएको बेला दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ ।पछिल्लो समय निरन्तरको झरीकाे...

जब दिन ढल्दै जान्छ...(फोटो फिचर)

काठमाडौं : भीडभाड, भागदौड अनि व्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला । किनभने जहिल्यै र जताततै कामै कामको चाप हुन्छ । तर यही व्यस्त शहरमा साँझपख थोरै समय निकाल्ने हो भने गोधुलीको भरपुर मजा लिन सकिन्छ। जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ। नीलो आकाशमा रातो अनि पहेलो रङ भरिन्छ। आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझहरु रंगीन छन्। सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट पुग्ने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने हो

रंगीन गोधुली साँझ (फोटोफिचर)

आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझ रंगीन छन् । सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने

गोधूलि साँझमा रङ्गिन राजधानी, तस्बिरहरु

राजधानीवासीले साँझपख कौसीमा टहलिने मात्र हो भने पनि गोधूलि साँझको भरपुर मज्जा लिन सक्छन् । गोधूलि साँझमा रमाउँदाको मज्जा नै बेग्लै हुन्छ । यो बेला केही समय निकालेर टहलिने हो भने छुट्टै आनन्द हुन्छ । जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रङ्गिन बन्छ । नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ । चराचुरुङ्गीका मधुर आवाज पनि कहीँ कतै सुन्न सकिन्छ, सडक छेउका बस्ती बाहेक ।आजभोलि सूर्यास्तसँगै राजधानीका गोधूलि साँझहरू रङ्गिन छन् । सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने राजधानीवासीले फुर्सद निक

दशैँ विदामा नेपाल घुम्ने हो ? यी हुन् ९ उत्कृष्ठ गन्तव्य

विगत केही वर्षदेखि फस्टाउँदै आएको आन्तरिक पर्यटन अहिले कोरोना माहामारीका कारण झन आवश्यक बनेको छ । नेपालीहरु आफैँ जागरुक भएर आफ्नो देश नघुमेसम्म विदेशीहरु तत्काल आइहाल्ने सम्भावना छैन । त्यसैले पनि नेपालीहरु आफ्नो देश घुम्न आवश्यक छ । पर्यटन बजारलाई चलायमान बनाउन विभिन्न एयरलाइन्स कम्पनीसहित ट्राभल कम्पनीहरुले आन्तरिक घुमफिरका ‘प्याकेज’ बनाएका छन् । दशैँ तिहार जस्ता चाडको समयमा परिवारसहित मानिसहरु घुम्न निस्कने आशा गरिएको छ । घुमफिरका लागि अहिलेको मौसम उपयुक्त मानिन्छ । यद्यपी, यसवर्ष मनसुन अझै सक्रिय नै छ । तैपनि मनसुनसँगै आनन्द मानेर घुम्ने नेपालीका लागि अहिलेको समय अनुकुल नै हो भन्न सकिन्छ । १) नगरकोटमूलुकको संघिय राजधानी काठमाडौंबाट जम्मा ३२ किलोमिटरको दूरीमा रहेको ठाउँ हो नगरकोट । पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर मानिने र विदेशी पर्यटकको रोजाईमा पर्ने यो गन्तव्य सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । लाङटाङ हिमशृंखलासहित सगरमाथासमेत देख्न सकिने यो ठाउँ बिहान गएर बेलुका फर्किन सकिन्छ । रातमा उतै बास बसेर भोलिपल्टको सूर्योदय हेर्छु भन्नेहरुका लागि बासस्थानको उपर्युक्त व्यवस्थासमेत छ । काठमाडौं कोटेश्वरबाट भक्तपुरको कमलविनायक हुँदै २ घण्टा सार्वजनिक बसमा यात्रा गरेपछि नगरकोट पुग्न सकिन्छ । निजी सवारीमा पनि निर्धक्क पुग्न सकिने छोटो गन्तव्य हो नगरकोट ।२) दामन/इन्द्रसरोबरमकवानपुरमा पर्ने दामन काठमाडौँबाट नजिकको हिउँ खेल्ने गन्तव्य हो । हिँउद याममा हिउँ खेल्नका लागि मानिसहरु बाक्लै पुग्ने यो ठाउँमा अहिले सामान्य अवस्थामा रहेको गर्मी छल्न पनि मानिसहरु पुग्ने गर्दछन् । सफासँग मौसम खुल्दा दामनबाट ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल देख्न सकिन्छ ।मकवानपूरकै कुलेखानीमा मानवनिर्मित इन्द्रसरोबार ताल मूलुककै पृथक पर्यटकीय गन्तव्य हो । चन्द्रागिरी पर्वतको काँखैमा अवस्थिति यो तालमा डुंगा सयरको पनि प्रवन्ध छ । काठमाडौँबाट यति नजिकै तालमा डुंगा सयर गर्न पाउने व्यवस्था अन्यत्र छैन ।निजी सवारी लिएर प्रकृतिसँग दिन बिताएर साँझ काठमाडौँ फर्किन्छु भन्नेहरुका लागि पनि यो गन्तव्य उपर्युक्त बन्न सक्छ ।३) कालिञ्चोकदोलखाको कालिञ्चोक काठमाडौँबाट मात्रै नभई मध्य तराइबाट पनि सहजै पुग्न सकिने आन्तरिक गन्तव्य हो । सुन्दर प्रकृतिको काखमा रमाउन र हिमाली सभ्यता र संस्कृतिलाई नजिकबाट नियाल्न पाइने भएकाले आन्तरिक पर्यटकले औधी निकै रुचाउने गन्तव्य हो कालिञ्चोक ।कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसर गौरिशंकर हिमाल हातैले छुन सकिन्छ की जस्तो गरी उभिएको देख्न सकिन्छ । यसबाहेक लाङटाङ, रोलवालिङ हिमशृंखला पनि प्रष्ट देखिने हुँदा यो ठाउँ निकै मनमोहक लाग्छ । काठमाडौंबाट रामेछाप सदरमुकाम मन्थली हुँदै पनि जान सकिन्छ । यसबाहेक मुडे देउराली हुँदै पनि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटबाट १७ किलोमिटर कच्ची सडक हिडेपछि कुरी बजार पुगिन्छ । एकनासका काठे घरहरुले कुरी बजारको सौन्दर्यता बढाएका छन् । कुरीबाट एक घण्टा पैदल हिँडेपछि समुद्री सतहदेखि ३८ सय ४२ मिटर उँचाइको कालिञ्चोक पुगिन्छ ।४) सैलुङसैलुङ रामेछाप र दोलखाको सिमानामा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू–भाग हो । सैलुङको अर्थ सय लुङ (लुङ भनेको पहाडका टाकुरा) हो । सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १०८ वटाभन्दा धेरै थुम्काहरु छन् ।सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट गाल्वा हुँदै सैलुङ जान सकिन्छ । काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने कुशेश्वर महादेवको दर्शन गरेपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको हुँदै राजभिर पुगिन्छ । राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ ।हिन्दुहरु सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिने सैलुङबाट गौरिशंकर, नुम्बुर हिमाल र मकालु हिमाल पनि देख्न सकिन्छ । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ । दक्षिणमा महाभारत पर्वत श्रृङ्खला, चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ । सैलुङको आलु निकै प्रख्यात छ । द्धन्द्ध पर्यटनको राजधानीकै रुपमा विकास हुँदै गरेको दोरम्बा पनि सैलुङमै पर्छ । त्यसैले पनि यो गन्तव्य मानिसहरुका लागि दशैँमा घुमफिरको महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।५) पोखराहिमाल, ताल, गुफा, छाँगा छहरा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरा नेपालको पर्यटनको राजधानी मानिन्छ । विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदयात्रा, म्याग्दीको पुनहिल, मुस्ताङको प्रवेशद्वारसमेत पोखरा नै हो । तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यावासिनी मन्दिर जस्ता गन्तव्यले पोखराको सौन्दर्यलाई अझै मनमोहक बनाएका छन् । पोखराको सुन्दर उपत्यकाबाट केही उकालो लागेपछि पुगिने सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला छर्लङ्ग देख्न सकिन्छ ।पोखराबाट एक घण्टामा पुगिने धम्पुसबाट माछापुच्छ«ेको दर्शन गर्न पाइन्छ । पोखराको वर्णन लेखेर गर्न सकिँदैन, यसका लागि एकपटक घुम्न जानु नै उपर्युक्त हुन्छ ।६) मुस्ताङट्राभल गाइडबुकमध्ये विश्वकै प्रख्यात मानिने ‘लोन्ली प्लानेट’ले हरेक वर्ष मुस्ताङलाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको हुन्छ । हिन्दु र बौद्ध मार्गीहरुकोसाझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँमा पछिल्लो समय आन्तरिक पर्यटकको लर्को नै लाग्ने गरेको छ । कागबेनी, नौतले गुफा यो क्षेत्रका विशेषता हुन् । हिमाल पारीको जिल्ला भनिने मुस्ताङ निकै लोभलाग्दो प्राकृतिक संरचना भएको नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो ।७) चितवन/सौराहाजंगल सफारीका लागि चितवन निकै प्रख्यात छ । चितवन राष्ट्रिय निकुञ्जसमेत रहेको यो ठाउँमा ‘वाइल्ड लाइफ’मा रुची भएकाहरु पुग्ने गर्दछन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ । सौराहा र मेघौली चितवनका प्रमुख गन्तव्य हुन् । सौराहाका होटल व्यवसायीहरुले नेपाली पर्यटकलाई लक्षित गरी छुटका अफरसहित विभिन्न प्याकेजहरू सार्वजनिक गरेका छन् । सौराहामा ११० होटल र ७० वटा रेष्टुरेराँ छन् ।८) इलाम/ताप्लेजुङपूर्वी नेपाल भ्रमणका लागि धरान–धनकुटा–भेँडेटार हुँदै ताप्लेजुङ पुग्न सकिन्छ । इलामको चिया बगान, बगानको बीचमा पर्वतै पवर्तमा बनेको चिल्लो सडक अहिले चर्चामा छ । ओलाङचुङगोलादेखि पाथिभरा, विभिन्न जिल्लाको संगमस्थल तीनजुरे, ताप्लेजुङको तिम्बुङ पोखरी जस्ता मनै लोभ्याउने गन्तव्य भएका यी ठाउँहरु जति घुमे पनि घुमौ घुमौ लागिरहन्छ ।कञ्चनजंघा र कूम्भकर्ण हिमालको दृश्यावलोकन, पाथिभरा माताको दर्शन, पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा पक्कै अविश्मरणीय हुनेछ ।९) राराघुमफिरमा रुची भएकाहरुले जीवनकालमा एकपटक पुग्छु भनेर सोच्ने गन्तव्य हो मुगुको हुटुस्थित रारा ताल । समुद्री सतहबाट २९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेर्ने गर्छ । राराभन्दा करिब ११ सय मिटरमाथिको उचाईमा रहेको मुर्मा टपबाट राराको पूरै आकृति देखिन्छ । बाक्लो सल्लाघारी भित्र लमतन्न सुतेकी रारा देख्दा जो कोहीलाई पनि स्वर्गीय आन्नद प्राप्त हुन्छ ।

तस्वीर : नगरकोटको भ्यूटावरमा आन्तरिक पर्यटकको भीड

भक्तपुर जिल्लाको पर्यटकीस्थल नगरकोट भ्यूटावरमा आन्तरिक पर्यटकको भीड । यहाँ विशेष गरी पर्यटकहरु सूर्योदय, सूर्यास्त र हिमाल हेर्न आउने गर्दछन् ।तस्वीर : रासस

नगरकोटबाट ‘ह्याप्पी न्यू इयर’

ईश्वी संवत सन् २०२१ को नयाँ वर्ष मनाउन पर्यटकीय स्थल नगरकोट पुगेका एक जोडी पर्यटक । सूर्योदय तथा सूर्यास्तको दृश्य अवलोकन गर्नका लागि पर्यटक यस क्षेत्रमा आउने गर्दछन् । तस्बिरः रासस

सूर्योदय र सूर्यास्त हेर्ने बतासे डाँडामा नगरकोट महोत्सव

भक्तपुरः ‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ । नगरकोट नाल्दुम पर्यटन विकास ...

सूर्योदय र सूर्यास्त हेर्ने बतासे डाँडामा नगरकोट महोत्सव

‘प्राकृतिक सम्पदा कला र संस्कृति, पर्यटनको विकास नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ पर्यटन वर्ष २०२० लाई सफल बनाउन दोस्रो नगरकोट महोत्सव हुने भएको छ ।