काठमाण्डाैकाे रङ्गिन गाेधूलि ! (फाेटाे फिचर)

काठमाण्डाै - जब बेलुकी हुँदै जान्छ, काठमाण्डाैका उपत्यकाका आकाश रङ्गिन बन्न थाल्छन्। नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ । आजभोलि सूर्यास्तसँगै काठमाण्डाैका गोधूलि साँझहरु रङ्गिन देखिन्छन् ।सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने काठमाण्डाै उपत्यकावासीले फुर्सद निकालेर घरकै कौसीमा बसेर गाेधूलि साँझकाे भरपुर आनन्द लिन सकिन्छ । हल्का बादल भएको बेला दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ ।पछिल्लो समय निरन्तरको झरीकाे...