काठमाडौं : भीडभाड, भागदौड अनि व्यस्त जिन्दगीदेखि आरामको लागि फुर्सद निकाल्ने कुरा राजधानीवासीको सायदै होला । किनभने जहिल्यै र जताततै कामै कामको चाप हुन्छ । तर यही व्यस्त शहरमा साँझपख थोरै समय निकाल्ने हो भने गोधुलीको भरपुर मजा लिन सकिन्छ। जब दिन ढल्दै जान्छ, राजधानीको आकाश पनि रंगीन बन्छ। नीलो आकाशमा रातो अनि पहेलो रङ भरिन्छ। आजभोलि सूर्यास्तसँगै राजधानीका गोधुली साँझहरु रंगीन छन्। सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट पुग्ने राजधानीवासीले फुर्सद निकालेर कौसीमा बस्ने हो