२३ दलीय कार्यगत एकता कायमै रहनेमा नेकपा (मसाल) आसावादी

काठमाडौँ । नेकपा (मसाल) ले २३ दलीय कार्यगत एकता कायमै रहनेमा आशावादी रहेको बताएको छ । आजै नेकपा (क्रान्तिकारी–माओवादी) सहितका चार दलको माझमा “रणनीतिक” संयुक्त मोर्चा गठन गर्ने सहमति भएको सन्दर्भमा पार्टीको यस्तो अवधारणा अगाडि आएको हो । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ पुस १४ गते प्रकाशित प्रेसवक्तव्यमा पार्टीले यस्तो अवधारणा व्यक्त गरेको छ । २३ राजनीतिक दल तथा सङ्घसंस्थामध्येकै चार दलहरू “नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका बिचमा “रणनीतिक” संयुक्त मोर्चा कायम भए पनि सहमतिको आधारमा अहिलेको कार्यगत एकता कायमै राख्न प्रयत्न गर्ने मसालले जनाएको छ । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ– “नेकपा (क्रान्तिकारी–माओवादी), नेकपा (विप्लव), नेकपा (ऋषि कट्टेल), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका बिचमा रणनीतिक संयुक्त मोर्चा बनाएको समाचारप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) को ध्यान गएको छ । त्यस सन्दर्भमा सर्वप्रथम हामीले के कुरा प्रस्ट गर्न चाहान्छौँ भने त्यसको अर्थ २३ दलीय कार्यगत एकतामा फुट भएको होइन; र, त्यो कारणले फुट हुनुहुन्न भन्ने पनि हाम्रो निश्चित विचार छ । २३ दलीय बैठकमा भएका छलफलबाट देशका रणनीतिक वा कार्यनीतिक प्रश्नमा हाम्राबिचमा पहिलेदेखि नै कैयौँ मतभेद भएको कुरा स्पष्ट थियो । त्यही प्रकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ओली सरकारबारे पनि हाम्रा बेग्लाबेग्लै सोचाइ रहेका थिए; र, अहिले पनि छन् । सङ्घर्षका रूप के हुने ? र, तात्कालिक रूपमा मुख्य जोड केमा दिने ? त्यसबारे पनि हाम्राबिचमा मतभेद रहने गरेका छन् । ओली सरकारद्वारा संसदको विघटनबारे पनि हाम्राबिचमा मतैक्यता कायम हुन सकेको छैन । हामीमध्ये कतिपय पक्षले संसदको विघटनलाई प्रतिगामी कदम बताउँदै त्यसको पुनस्र्थापनामा जोड दिएका छौँ भने कतिपय पक्षले त्यसलाई प्रतिगामी कदम भनेर विरोध मात्र गर्ने नीति अपनाएका छन्; र, त्यसको पुनस्र्थापनाको विचारलाई अस्वीकार गरेका छन् । कतिपय पक्षले संसदको विघटनलाई प्रतिगामी बताउन पनि अस्वीकार गरेका छन् । अन्य कतिपय प्रश्नमा पनि हाम्राबिचमा गम्भीर प्रकारका मतभेद रहेका छन् । बेग्लाबेग्लै पार्टी वा सङ्गठनका आफ्नाआफ्ना बेग्लाबेग्लै सैद्धान्तिक र राजनीतिक मान्यता ...

सम्बन्धित सामग्री

मधेशकेन्द्रित तीन दलबीच कार्यगत एकता हुने

मधेशकेन्द्रित तीन दलबीच कार्यगत एकता हुने भएको छ । जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो ।

सिके राउत, हृदयेश र वृषेशचन्द्रलालले कार्यगत एकता गर्ने

तराई मधेस केन्द्रित तीन दल जनमत पार्टी, जनता प्रगतिशील पार्टी तथा तराई मधेस लोकतान्त्रिक पार्टीले कार्यगत एकता गर्ने भएका छन्।...

कार्यगत एकता गरेर अगाडि बढ्ने जनमत र नागरिक उन्मुक्ति पार्टीकाे सहमति

काठमाडाैँ- रेशम चाैधरी नेतृत्वकाे नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वकाे जनमत पार्टीले कार्यगत एकता गरेर अगाडि बढ्ने भएका छन्। जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार कार्यगत एकता गर्ने सहमति गरेका हुन्। यसका लागि उनीहरूले १२ बुँदै सहमतिमा हस्ताक्षर गरेका छन्। देउवा सरकारले ल्याएको मुलुकी फौजदारी […]

रेशम चौधरी र सिके राउतको पार्टीबीच कार्यगत एकता, के–के छन् साझा मुद्दा ?

धनगढी । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र डा. सिके राउत नेतृत्वको जनमत पार्टीबीच कार्यगत एकता भएको छ । दुवै पार्टीले उठाउँदै आएको थरुहट, मधेसका साझा धारणा र मुद्दाहरूलाई संयुक्त रूपमा उठाउने गरी कार्यगत

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति

काठमाडौँ- जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने गरी सहमति भएको छ । आइतबार आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष राउत र उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । उक्त सहमति पत्रमा उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीको रिहाइ पहलदेखि नागरिकता विधेयक पास गर्न दबाब दिनेसम्मका बुँदा रहेका छन् […]

खनालको प्रस्ताव- वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ

काठमाडौं– एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन् । सोमबार बसेको पार्टीको पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका हुन् ।  तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरूबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने खनालको […]

माओवादी केन्द्र समाजवादी र जनसमाजवादी मञ्च नेपालबीच कार्यगत एकता घोषणा

काठमाडौँ – कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्र समाजवादी र जनसमाजवादी मञ्च नेपालबीच कार्यगत एकता हुने भएको छ। रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै दुई पार्टीले एमसीसीविरुद्ध र देशका समसामयिक विषय राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सँगै अगाडि बढ्ने गरी कार्यगत एकता गर्ने घोषणा गरेका हुन्। कार्यक्रममा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकीले वर्तमान समयमा […]

मोहन बैधको प्रस्ताव– सबै कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकता गरौं

काठमाडौं। नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैधले सबै कम्युनिष्ट पार्टीहरुबीच कार्यगत एकताको प्रस्ताव गरेका छन्। पहिले संसदीय र क्रान्तिकारी कम्युनिष्टहरुबीच आपसमा एकता हुनुपर्ने र त्यसपछि संसद–सरकारमा भएका र सडकमा भएका कम्युनिष्टहरुबीच कार्यगत एकता हुनुपर्ने बैधको प्रस्ताव छ। ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमाआयोजित कार्यक्रममा बोल्दै बैधले जनयुद्धको बेलामा एमालेबाट र विप्लवहरुमाथि नेकपाले दमन गर्नु गलत भन्दै आपसमा दमन बन्द गर्नुपर्ने बताए।

चुनावसम्म कार्यगत एकता गर्न जसपालाई माओवादीको प्रस्ताव

२९ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जनता समाजवादी पार्टी (जसपा)लाई आगामी चुनावसम्म कार्यगत एकता गर्न प्रस्ताव गरेको छ । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शनिबार दुई पार्टीका शीर्ष नेताहरूबीच भएको छलफलमा माओवादीले यस्तो प्रस्ताव गरेको हो । ‘सत्ताको मात्रै कुरा होइन एजेण्डा मिल्ने दलहरूबीच चुनावसम्मै कार्यगत एकता गरौं भन्ने हाम्रो प्रस्ताव हो’, बैठकमा सहभागी […]