हेर्न जाने हैन त सिसाको पुल ?, पर्यटनको हब बन्दै पर्वत जिल्ला

फागुन २४, पर्वत । पर्वतको कुश्मा नगरपालिका ५ चाक्लेको डीलमा सिसाको पुल बनेको छ ।  पर्यटक आकर्षित गर्ने उद्धेश्यले जिपलाइन सञ्चालन गरिरहेको हार्नेस कम्पनीले सिसाको पुल निर्माण गरेको हो । कालीगण्डकी नदीमाथिको भीरमा बनेको सिसाको पुल खोला वा नदी तर्न भने बनाइएको होइन । साहसिक पर्यटनमा रमाउनेका लागि पुल बनाइएको हार्नेस कम्पनीका निर्देशक राजकुमार बस्नेतले जानकारी दिए ।  उक्त पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले सोमवार उद्घाटन गरे । उनले पर्वतमा निजी क्षेत्रले पर्यटनमा ठूलो लगानी गरेको बताउँदै राज्यले पनि प्रोत्साहन गर्ने बताए । पर्वत जिल्ला पर्यटनको हब बन्दै गएकोमा तिमिल्सिनाले खुशी व्यक्त गरे ।  कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइमा रहेको पुलबाट नदी र भीरको दृश्य छर्लङ देखिन्छ । तल हेरेर डर र आनन्द दुबै लिन सक्ने गरि पुल बनेको छ । एकैपटकमा १०० जनासम्मले स्काइब्रिजको मज्जा लिन सक्ने बस्नेतले जानकारी दिए । पुल ३५ फिट लामो र ११ फिट चौंडाइ छ । ‘सिसाको पुल नेपालको लागि पहिलो पुल हो’, उनले भने, ‘अहिले युवाहरुको आकर्षण टिकटकमा भएका कारण यसले युवायुवतीलाई आकर्षित गर्ने विश्वास लिएका छौ ।’ अहिले निर्माण भएको छोटो स्काइब्रिजको सफलता र प्राविधिक पक्ष हेरेर भविष्यमा विश्वकै लामो सिसाको पुल बनाउने योजना रहेको कम्पनीका निर्देशक बस्नेतले बताए । स्काइब्रिज विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन र विश्वकै दोस्रो अग्लो बञ्जी तथा विश्वकै अग्लो स्विङसँगै छ । उक्त कम्पनीले कुस्माबजारमा नै पहिलो पटक ज्वाइन्ट स्विङ पनि सञ्चालनमा ल्याएको छ । आइतवारदेखि सञ्चालनमा आएको स्विङमा पहिलो दिनमा नै २० ओटा जोडीले मज्जा लिएको सञ्चालक सुनिल बानियाँले जानकारी दिए । कम्पनीले यसअघि विश्वकै दोस्रो लामो सुपरम्यान जीपलाइन पनि सञ्चालनमा ल्याएको छ । अहिले जीपलाइनमा बालबच्चादेखि ८० वर्षे वृद्धसम्मको आकर्षण छ । पोखरा र अन्य ठाउँहरुबाट पनि धेरै पर्यटकले जिपलाइनमा आउने इच्छा राख्दै समय बुक गराउने क्रम बढिरहेको प्रबन्ध निर्देशक बानियाँले बताए । जिपलाइनका लागि ३ हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।   

सम्बन्धित सामग्री

बागलुङ–पर्वत जोड्ने पुल सञ्चालन

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिका–४, उपल्लाचौरको गौरीधामबाट पर्वतको जलजला गाउँपालिका–८, ओडारे जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को पाँच...

बागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल सञ्चालन

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।

घट्खोलामा मोटरेबल पुल निर्माण

देशकै पहिलो ग्रामीण गाउँ सिरुवारी तथा पर्वत जिल्ला जोड्ने अर्जुनचौपारी ३ घट्खोलामा मोटरेबल पुल निर्माण थालिएको छ ।

कुश्मा बजारसँगै अग्ला तथा लामा झोलुङ्गे पुल

पर्वत सदरमुकाम कुश्मा बजारसँगै अग्ला तथा लामा झोलुङ्गे पुल । पछिल्लो समयमा पर्वत जिल्ला पर्यटकहरुको आकर्षण पर्दै गएको छ । तस्बिर- सुमनजङ्ग थापा/रासस

बागलुङमा बन्दै ५२३ मिटर लामो झोलुंगे पुल

बागलुङ : लामा र अग्ला झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा फेरि अर्को लामो पुल निर्माण हुने भएको छ। बागलुङ र पर्वत जिल्ला जोड्नेगरी कालीगण्डकी नदीमाथि ५२३ मिटर लामो झोलुंगे पुल बन्न लागेको हो। बागलुङ नगरपालिका ४ उपल्लाचौर गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका ८ ओडारे जोड्ने ५२३ मिटर लामो झोलुंगे पुल निर्माण थालिएको हो। पुल सात करोड लागतमा निर्माण हुने बताइएको छ। दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौसँग हिमशिखर कन्ट्रक्सन निर्माण कम्पनी बीच सम्झौता

कालीगण्डकी नदीमा थपिँदै लामो झोलुङ्गे पुल

लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि पुनः अर्को झोलुङ्गे पुल थपिने भएको छ । बागलुङबाट पर्वत जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने पाँच सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । उक्त पुल रु सात करोड लागतमा निर्माण हुन जनाइएको छ ।दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंसँग

कालीगण्डकी नदीमा थपिँदै लामो झोलुङ्गे पुल

बाग्लुङ - लामा र अग्ला झोलुङ्गे पुलको जिल्लाका रूपमा परिचित बाग्लुङ र पर्वत जिल्ला जोड्ने गरी कालीगण्डकी नदीमाथि अर्को झोलुङ्गे पुल थपिने भएको छ । बाग्लुङबाट पर्वत जोड्ने ५ सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण थालिएको छ । बाग्लुङ नगरपालिका–४ उपल्लाचौर गौरीधामबाट पर्वत जिल्लाको जलजला गाउँपालिका–८ ओडारे जोड्ने ५ सय २३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु गरिएको हो । यो पुल सात करोड रुपैयाँ लागतमा निर्माण हुनेछ । दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाण्डौसँग हिमशिखर क...

विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुइँचो

बागलुङ । गत वर्ष लकडाउनकै बिच सञ्चालनमा आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । विश्वकै लामो दाबी गरिएको ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा आएसँगै पर्यटकको चहलपहल हुन थालेको हो । कोरोनाका कारण घरमै बसेका नागरिकहरु लकडाउन खुकुलो हुन थालेपछि पुल वरपरको […]

झोलुङ्गे पुलले ​बढ्यो आन्तरिक पर्यटकको चहलपहल

बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण गरिएको नेपालकै लामोे झोलुङ्गे पुलमा आन्तरिक पर्यटकको चहलपहल पुनः शुरु भएको छ । लामो समयको निषेधाज्ञा र निरन्तरको बर्सातका कारण घरमै थुनिएका आन्तरिक पर्यटकले पुलवरपरको क्षेत्र भभिराउन हुन थालेको छ । कालीगण्डकी नदीमाथि निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हो । पुल व्यवस्थापनको जिम्मा पाएको …

कालीगण्डकी दोहनले मालढुङ्गाको पुल जोखिममा

–खेमराज गौतम गलकोट, ३ असार : बागलुङ र पर्वत जिल्ला जोड्ने गरी पहिलोपटक निर्माण गरिएको मालढुङ्गाको मोटरेवल पुल नदी दोहनको चपेटामा परेको छ । पुलको पर्वत खण्डको मुख्य पिल्लरमा नदीको बहावबाट क्षति भए पछि सडक डिभिजन कार्यालयले मर्मत थालेको छ । निरन्तर रुपमा प्रहरी प्रशासनको आँखै अगाडि दोहन भइरहेको कालीगण्डकी नदीको अहिले धारै समेत परिवर्तन […]