बागलुङ : लामा र अग्ला झोलुंगे पुलको जिल्लाको रूपमा परिचित बागलुङमा फेरि अर्को लामो पुल निर्माण हुने भएको छ। बागलुङ र पर्वत जिल्ला जोड्नेगरी कालीगण्डकी नदीमाथि ५२३ मिटर लामो झोलुंगे पुल बन्न लागेको हो। बागलुङ नगरपालिका ४ उपल्लाचौर गौरीधामदेखि पर्वतको जलजला गाउँपालिका ८ ओडारे जोड्ने ५२३ मिटर लामो झोलुंगे पुल निर्माण थालिएको हो। पुल सात करोड लागतमा निर्माण हुने बताइएको छ। दुई वर्षमा निर्माण सक्ने गरी सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौसँग हिमशिखर कन्ट्रक्सन निर्माण कम्पनी बीच सम्झौता