कालीगण्डकी दोहनले मालढुङ्गाको पुल जोखिममा

–खेमराज गौतम गलकोट, ३ असार : बागलुङ र पर्वत जिल्ला जोड्ने गरी पहिलोपटक निर्माण गरिएको मालढुङ्गाको मोटरेवल पुल नदी दोहनको चपेटामा परेको छ । पुलको पर्वत खण्डको मुख्य पिल्लरमा नदीको बहावबाट क्षति भए पछि सडक डिभिजन कार्यालयले मर्मत थालेको छ । निरन्तर रुपमा प्रहरी प्रशासनको आँखै अगाडि दोहन भइरहेको कालीगण्डकी नदीको अहिले धारै समेत परिवर्तन […]

सम्बन्धित सामग्री

नदी गहिरिँदा जोखिममा पुल

कालीगण्डकी नदी गहिरिँदै गएपछि स्याङ्जाको मिर्मी र गुल्मी हर्मिचौर जोड्ने रेप्काको पक्की पुल जोखिममा परेको छ । सो पुल २०५२ सालमा निर्माण गरिएको हो । पुलको पिल्लरको तल्लो भाग देखिन थालेपछि यात्रु र सवारीचालक जोखिम महसुस गर्न थालेका छन् । कालीगण्डकी जलविद्युत् परियोजना ‘ए’ निर्माणको क्रममा गुल्मीको हर्मिचौर र स्याङ्जाको मिर्मीलाई जोड्ने गरी कालीगण्डकी नदीको रेप्कामा इटालियन सरकारले निर्माण गरिदिएको पुल जोखिमपूर्ण बनेको एक दशक भइसकेको छ तथापि सो पुलको मर्मततर्फ कसैको ध्यान जान सकेको छैन ।

कालीगण्डकीले पुल जोखिममा

सदरमुकाम जोड्ने बेनी नगरपालिका–८ कालीपुलस्थित मोटरपुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्ण बनेको छ । पुलको पिलर नै नदी कटानले जीर्ण भए पनि सरोकारवाला निकायले संरक्षणमा चासो देखाएका छैनन् ।

कालीगण्डकीको डेढगाउँ पुल भासियो, आउजाउ बन्द

पूर्वी नवलपरासीको पहाडी क्षेत्र डेढगाउँ र तनहुँ जोडने कालीगण्डकी नदीमाथिको पक्की पुल जोखिममा परेको छ । बाढीले पुलको उत्तरी किनार खोल्दै लगेर भासिएका कारण पुल बग्ने जोखिम भएको हो ।

कालीगण्डकीको पुलमा क्षति

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका २ डेढगाउँ र तनहुँको घिरिङ्ग गाउँपालिका ४ जोड्ने कालीगण्डकी नदीको पुल जोखिममा परेको छ । लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पुलमा क्षति पु¥याएको हो । डेढगाउँतर्फ ग्राभेल गरको भाँसिदै गएको र तनहँुतर्फ ( ब्यच फिलिङ्ग) पुरै बाढीले बगाएको गेढगाउँका स्थानीय उज्ज्वल ओझाले जानकारी दिनुभयो । तनहुँतर्फ पुलमा आउनै नमिल्ने गरेर बाढीले बगाएको छ । वर्षा नरोकिए पुल नै बगाउन सक्ने उहाँले बताउनुभयो । दुई वर्ष अघि मात्रै निर्माण गरिएको उक्त पुलको उद्घाटन समेत गर्न नपाउँदै वाढीले क्षति पु¥याएको छ ।