निर्माणाधीन आयोजनाको अक्सिजन सिलिण्डर उपलब्ध गराउन विभागको आग्रह

वैशाख २३, काठमाडौं । विद्युत् विकास विभागले निर्माणाधीन जलविद्युत् आयोजनामा प्रयोग भइरहेका अक्सिजन सिलिण्डर तत्काल कोभिड–१९ का बिरामीलाई प्रयोग गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको छ ।  विभागले बिहीवार एक सूचनामार्फत कोभिड–१९ को महामारीले सिर्जना गरेको विकराल अवस्थाको ध्यान दिई अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहअनुसार आ–आफ्नो स्थानबाट स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रबाट सञ्चालनमा रहेका निर्माणाधीन आयोजननामा प्रयोग भएका अक्सिजन सिलिण्डर उपलब्ध गराइदिन आग्रह गरिएको हो ।  जलविद्युत् आयोजनामा भएका सिलिण्डर नजिकैको स्वास्थ्य संस्था वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी कोभिड–१९ को बिरामीले प्रयोग गर्ने गरी व्यवस्था मिलाइदिन अनुरोध गरिएको विभागले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

ललितपुर महानगर र बिध ल्याबबीच अक्सिजन व्यवस्थान सम्बन्धमा समझदारी

काठमाडाैं : ललितपुर महानगरपालिका र बिध ल्याबबीच कोभिड संक्रमितको उपचारमा अक्सिजन व्यवस्थान गर्ने सम्बन्धमा समझदारी भएको छ। महानगर र ल्याबबीच  १० लिटरको २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरी दुवै पक्षको समन्वयमा व्यवस्थापन गरी कोभिड संक्रमितलाई सेवा उपलब्ध गराउन ५ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झाैताको पहिलो बुँदामा १० लिटरका २ सय थान अक्सिजन सिलिण्डर ल्याबले महानगरलाई उपलब्ध गराइने उल्लेख छ।

महामारीमा व्यापारीले लुकाएका अक्सिजन सिलिण्डर बरामद (हेर्नुहोस् फोटोहरू)

पर्सा : भएका अस्पतालले नपुगेर वीरगन्ज महानगरपालिकाले अर्को २ सय ३० बेडको अस्थायी कोभिड अस्पताल वीरगन्जमा संचालन गरिरहेको छ। कोभिडका बिरामीलाई अस्पतालले अक्सिजन उपलब्ध गराउन सकस छ। यस्तो समयमा पनि उद्योगी र व्यवसायीले खाली तथा भरिएका अक्सिजन सिलिण्डर लुकाएर राखिएको अवस्थामा पर्सा प्रहरीले बरामद गरेको छ। विभिन्न ठाउँबाट प्रहरीले ३ सय ९३ वटा अक्सिजनका सिलिण्डर बरामद गर्न सफल भएका हुन्। भारतसँग सीमा जोडिएको वीरगन्ज क्षेत्र पहिलो कोरोना लहरमा पनि हटस्पटका रुपमा दर्ज भएको थियो। दोस

अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन सीसीएमसीद्वारा टाक्स फोर्स गठन

काठमाडौं। बितेको चौबीस घण्टामा काठमाडौंमा ३ हजार १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा हिजो २ हजार २७० जनामा कोरोना संक्रमण देखिएको थियो। काठमाडौंमा निषेधाज्ञा लगाएका दुई साता बित्न लागे पनि कोरोना संक्रमितको संख्या भने घटेको छैन। हरेकदिन संक्रमितको संख्या बढ्दै गएको छ।

अक्सिजन सिलिण्डर सहज उपलब्ध गराउन ‘टाक्स फोर्स’ गठन

उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा ‘टाक्स फोर्स’ गठन गरिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए।

अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन सीसीएमसीद्वारा टाक्स फोर्स गठन

काठमाडौं। अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन सीसीएमसीले टाक्स फोर्स गठन गरेको छ। आज उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले अक्सिजन सिलिण्डर सहज रुपमा उपलब्ध गराउन ६ सदस्यीय टाक्स फोर्स गठन गरेको हो। उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा टाक्स फोर्स गठन गरिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए। टाक्स फोर्समार्फत अक्सिजन सिलिण्डको व्यवस्थापन गर्न सहज हुनेछ।

गृह मन्त्रालयद्वारा अक्सिजन सिलिण्डर उपलब्ध गराउन आग्रह

बिरामीका लागि अति आवश्यक पर्ने र कोभिड–१९ को दोस्रो लहरको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार पद्दतिलाई प्रभावकारी तुल्याउने अक्सिजनको आपूर्ति सहज बनाउन आफूसँग रहेका सिलिण्डर स्वतः स्फुर्त रुपमा सरकारलाई उपलब्ध गराउन मन्त्रालयले आग्रह गरेको हो।...

अक्सिजन सिलिण्डर लुकाउनेलाई कारबाही गर्ने सरकारकाे चेतावनी

काठमाडाैं : सरकारले आफ्नाे निर्णय विपरित अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोगमा प्रयोग भइरहेको जनाउँदै ति अक्सिजनहरु तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन निर्देशन दिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अँझै पनि अक्सिजन र अक्सिजन सिलिण्डरहरु उधोगमा प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालहरुलाई उपलब्ध गराउन भनेको  हो।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक सूचना जारी गर्दै सिलिण्डरहरु अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न आग्रह गरेका छन्। मन्त्रालयले

संक्रमित बढेसँगै दाङमा दैनिक एक हजार सिलिन्डर अक्सिजन आवश्यक

दाङमा अक्सिजनको अभाव हुन थालेपछि त्यसको व्यवस्थापनका विषयमा छलफल भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा भएको छलफलमा दाङमा दैनिक एक हजार अक्सिजन सिलिण्डर आवश्यक पर्ने भएकाले त्यसको आपूर्तिका विषयमा गम्भिर रुपमा छलफल गरिएको हो । एक हजार मध्य अपुग साढे चार सय अक्सिजन सिलिण्डरका लागि तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डे र प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई जिम्मेवारी दिइएको छ । प्रमुख जिल्ला अधिकारीले दाङका उद्योग धन्दा कलकारखाना, क्रसरमा रहेका अक्सिजनको लगत लिएर उपलब्ध गराउन