नेपालको राजनीति विश्वकपको फाइनलजस्तै भयो : भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालको पछिल्लो राजनीतिलाई हालै सम्पन्न विश्वकपसँग तुलना गरेका छन् । दलहरू नयाँ सरकार निर्माणका लागि रस्साकस्सी गरिरहँदा भट्टराईले विश्वकपको फाइनलजस्तै रोमाञ्चक बनेको बताएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हालै सम्पन्न वर्ल्डकप फुटबलको फाइनल र नेपाली राजनीतिको खेल आज ‘टाइब्रेकर’ सम्मै उस्तै रोमाञ्चक हुन लागेको हो ?

सम्बन्धित सामग्री

निर्णायक चरणमा एमसीसी

अहिले नेपालको राजनीति मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) मार्फत अमेरिकी सरकारले प्रदान गर्ने भनिएको करिब रु. ६० अर्बको अनुदान सहयोगको पक्ष र विपक्षमा नराम्रोसँंग धु्रवीकरण हुन पुगेको छ । एमसीसी नेपालको विद्युत् प्रसारण लाइन र राजमार्ग सुधार आयोजनाजस्ता पूर्वाधारका कार्यमा खर्चिने भएकोले उक्त अनुदान सहयोग नेपालको आर्थिक प्रगतिको निम्ति कोसेढुङ्गा साबित हुने निश्चित छ । एमसीसीको प्रक्रिया आजभन्दा पाँच वर्षअघि नै सुरु भइसकेको छ र त्यसमा डा. बाबुराम भट्टराई, केपी शर्मा ओलीदेखि पुष्पकमल दाहालसम्मका नेतृत्वका सरकारहरूले विभिन्न कालखण्डमा समर्थन जनाउँंदै अनुदान प्रक्रिया यहाँंसम्म पुगेको हो भन्ने कुरा स्पष्टै छ ।

ती सादगी किसुनजी, यी सर्वहारी नेताजी

आज नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सन्तनेता कृष्णप्रसाद भट्टराईको ९८ औँ जन्मजयन्ती । निष्ठाको राजनीतिका लागि भट्टराई चर्चित थिए । उनकै प्रधानमन्त्रित्व कालमा नेपालमा २०४७ को संविधान जारी भयो । उनैले संसदीय आम निर्वाचन गराए, तर आफू पराजित भए । भट्टराईलाई हराउन आफ्नै पार्टीभित्र घात भयो । त्यहीँबाट नेपालको राजनीति…

सत्ता स्वार्थको सम्मिलन

दसैँको टीकालगत्तै नेपालको राजनीति नयाँ बाटोतिर मोडिएको छ । आफूलाई सच्चा कम्युनिस्ट पार्टी दाबी गर्ने एमाले र माओवादी केन्द्र तथा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिबीच आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको चुनावमा प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउने मूल उद्देश्यसाथ ६ बुँदे लिखित सहमति गरेर वामपन्थी एकताको घोषणा गरिएको छ । जुन सहमतिमा हस्ताक्षर गरेका एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक भट्टराईले चुनावी एकता कायम गरी पार्टी एकीकरण गरेर नेपालमा एउटै मात्र कम्युनिस्ट पार्टीको परिकल्पना गरेका छन् । गुट र फुटको राजनीतिमा विश्वास गर्ने तथा एकअर्कालाई वर्गशत्रु व्यवहार गर्ने गरेको सन्दर्भमा एमाले र माओवादीका नेताहरूको एउटा कम्युनिस्ट पार्टीको सपना पूरा हुन सक्दैन भन्ने कुरा माओवादी बैठकमा मातृका यादव, गोपाल किराती, प्रभु साह लगायतका नेताका अभिव्यक्तिबाटै प्रस्ट हुन्छ ।