भारतमा तीन पूर्व प्रधानमन्त्रीको लर्को– ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तै संयोग !

नेपालको राजनीति तरल रहेको अवस्थामा एकपछि अर्को गर्दै नेपालका पूर्व प्रधानमन्त्री भारत भ्रमणमा गएका छन् ।प्रतिनिधि सभा विघटन भएपछि पछिल्लो ४८ दिनमा नेपालका तीन पूर्व प्रधानमन्त्री उपचारका लागि भन्दै भारत गएका हुन् ।पछिल्लोपटक आइतवार पूर्व प्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराई उपचारका लागि दिल्ली गएका छन्...