निर्णायक चरणमा एमसीसी

अहिले नेपालको राजनीति मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) मार्फत अमेरिकी सरकारले प्रदान गर्ने भनिएको करिब रु. ६० अर्बको अनुदान सहयोगको पक्ष र विपक्षमा नराम्रोसँंग धु्रवीकरण हुन पुगेको छ । एमसीसी नेपालको विद्युत् प्रसारण लाइन र राजमार्ग सुधार आयोजनाजस्ता पूर्वाधारका कार्यमा खर्चिने भएकोले उक्त अनुदान सहयोग नेपालको आर्थिक प्रगतिको निम्ति कोसेढुङ्गा साबित हुने निश्चित छ । एमसीसीको प्रक्रिया आजभन्दा पाँच वर्षअघि नै सुरु भइसकेको छ र त्यसमा डा. बाबुराम भट्टराई, केपी शर्मा ओलीदेखि पुष्पकमल दाहालसम्मका नेतृत्वका सरकारहरूले विभिन्न कालखण्डमा समर्थन जनाउँंदै अनुदान प्रक्रिया यहाँंसम्म पुगेको हो भन्ने कुरा स्पष्टै छ ।

सम्बन्धित सामग्री

एमसीसी सम्झौतामाथि निर्णायक सहमति जुटाउन बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाण्डाै - एमसीसी सम्झौतामाथि निर्णायक सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दैछ । बालुवाटारमा संयुक्त बैठकअघि सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादीले छुट्टाछुट्टै छलफल गरेका छन् । दुवै दलको छलफलमा एमसीसी विवादबारे व्याख्यात्मक टिप्पणीसहितको सहमति खोज्नेबारे कुराकानी भएको छ । व्याख्यात्मक टिप्पणीमा के-के विषय समेटिन्छन् भन्नेबारे अन्तिम निर्णय सत्ता गठबन्धनको बैठकले गर्नेछ । संशोधनसहित सम्झौदा अनुमोदन पक्षमा आफूहरु पहिलेदेखि नै रहेको र बिहान बसेको दलको बैठकमा यहीबारे कुराकानी भएको माओवादी केन्द्रका नेता दिनानाथ शर्माल...

एमसीसी बिरुद्धको संघर्ष निर्णायक मोडमा भन्दै ६ साना बामपन्थी दल सडकमा

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसी बिरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन । चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन बैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसी बिरुद्धको आन्दोलन […] The post एमसीसी बिरुद्धको संघर्ष निर्णायक मोडमा भन्दै ६ साना बामपन्थी दल सडकमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्ता गठबन्धनको निर्णायक बैठक सुरु

काठमाडौँ – पाँच दलीय गठबन्धनको निर्णायक बैठक बालुवाटारमा सुरु भएको छ। गठबन्धनको भविष्य निर्धारण गर्ने अनुमान गरिएको बैठकमा भाग लिन नेताहरु बालुवाटार पुगेका छन्। सरकारको नेतृत्व गरेको कांग्रेसले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्न अघि बढाउन चाहे पनि माओवादी केन्द्र र एकीकृत समाजवादीले रोक्न चाहेका छन्। जसका कारण सत्ता गठबन्धन धरापमा परेको छ। बुधबार नै एमसीसी […]

चुनावी एजेन्डाको दाउपेचमा एमसीसी : सत्ता गठबन्धनको निर्णायक वार्ता आज

काठमाण्डाै - अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौतामा सहमति खोज्न आज सत्ता गठबन्धनमा निर्णायक वार्ता हुँदैछ । एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनमा मतभेद छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जुनसुकै अवस्थामा पनि एमसीसी संसदमा लैजाने पक्षमा हुनुहुन्छ। तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको उपेन्द्र यादव पक्ष यथास्थितिमा एमसीसी संसदमा टेबल गर्न नहुने पक्षमा उभिएका छन् । नेपाली कांग्रेसले भने एमसीसी सम्झौता पारित गर्नु पर्ने स्पष्ट नीति लिएको छ । प्रमुख प्रतिपक्षी द...

गठबन्धनको निर्णायक बैठकमा जसपा अध्यक्ष यादव उपस्थित नहुने

सत्ता गठबन्धनको निर्णायक बैठक बिहीबारका लागि बोलाइएको छ । बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भएको छलफल पछि भोलिका लागि गठबन्धनको निर्णायक बैठक बोलाइएको हो । एमसीसी तत्काल पास गर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाको अपेक्षा विपरित गठबन्धनका अधिकांश दल एमसीसीको विपक्षमा रहेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न लागेको हो । नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्रले आज स

...त्यसपछि सत्ता गठबन्धनको निर्णायक बैठक बोलाइयो

एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलहरुबीच मतभेद जारी रहेका बेला बिहीबार निर्णायक छलफल हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग बिहीबार निर्णायक छलफल गर्न लागेका हुन् ।बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि देउवाको एमसीसी जसरी नि टेबल गर्ने योजना सफल हुन सकेन ।गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथा

भोलि हुने गठबन्धनको ‘निर्णायक’ बैठकमा जसपा अध्यक्ष अनुपस्थित रहने

काठमाडौँ– एमसीसीको विषयमा सहमति जुटाउन बुधबार गठबन्धनको ‘निर्णायक’ बैठक बोलाइएको छ । तर, निर्णायक भनिएको यो बैठकमा गठबन्धनकै एउटा घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित हुने भएका छन् । एमसीसी पास गर्नुपर्ने पक्षमा रहेको जसपा पनि पछिल्लो समय एमसीसी पास गर्ने विषयमा मौन बसेको छ । बुधबार एमसीसीलाई प्रतिनिधिसभा बैठकको कार्यसूचीमा पार्न प्रयासरत […]

सभामुख एमसीसी टेबल गराउन यसरी सहमत भए

काठमाडौं, ३ फागुन । केही हप्ता अघि मात्र सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल नगराउने संकेत गर्दै कडा टिप्पणी गरेका थिए । उनले गृहजिल्ला काभ्रे पुगेर आफूले मनपरी हुन नदिने बताए । यसै हप्ता उनको बोली लचिलो भयो । दलहरु निर्णायक रहेको र आफू अम्पायर मात्र हुँ भने । उनले एमसीसी टेबल गर्ने संकेत गर्दै दलहरुले […]

भीम रावल एमसीसी विरोधी एमाले सांसद तानेर निर्णायक शक्ति बन्दै

काठमाडौं, २४ माघ । नेकपा एमाले नेपाली काँग्रेससँग मिलेर एमसीसी पारित गर्ने गरी गठबन्धनको कसरतमा देखिइसकेको छ । सभामुख अग्निप्रसाद सापकोटालाई समेत पदबाट हटाउने रणनीतिका साथ एमाले काँग्रेससँग गठबन्धन गर्न ठिक्क परेको छ । सापकोटालाई हटाउने विषय एमसीसीसँग जोडिएर आएको छ । तर, सापकोटालाई हटाउन सदनको दुई तिहाई सांसदको संख्या आवश्यक पर्छ । सापकोटालाई नहटाई […]

के होला एमसीसी : अमेरिकाको नेपाली डायस्पोरामा चासो र चिन्ता

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता निर्णायक मोडमा पुग्न लागेको बेला यसको भविष्यलाई लिएर अमेरिकाको नेपाली डायस्पोरामा चासो र चिन्ता बढेको छ ।  यसको मूल कारण, यता अमेरिकाले सम्झौता पारित गर्न समयसीमाको दबाब बढाइरहेको  बेला उता नेपालमा सम्झौतालाई निर्णायक मोडमा पुर्याउन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको गम्भीर प्रयास अझै संशयमै रहनु हो ।  एमसीसी के गर्ने ? अझै पनि नेपाल ठोस निर्णयमा पुगेको छैन । पाँचदलीय सत्ता गठबन्धनका घटकहरूबीच नै यसमा मतभेद छ । ने