थप १८ जनामा कोरोना संक्रमण,२७१ निको भए

नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २३ घण्टामा २७१ जना निको भएका छन्। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।

सम्बन्धित सामग्री

कोरोना निको हुने बढे

कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको सङ्ख्या बढेको  छ  ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको सङ्ख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित  नेपालमा निको हुनेको सङ्ख्या  सात  लाख २३ हजार ४५६ पुगेको छ । गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने सङ्ख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

देशभर निको भए २ हजार २९४ कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर २ हजार २९४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै देशभर कुल ६ लाख ७७ हजार ३७७ जना निको भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा कुल कोरोना संक्रमितमध्ये ९३.३ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ। अर्कातिर, नेपालमा हालसम्म कुल ७ लाख ९८ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना निको हुने पनि स्थिर

काठमाडौं, ८ साउन । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर रहेको छ । साउन १ गते निको हुने दर ९४.५ प्रतिशत रहेको थियो । साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४.५ रहेको छ । अहिले निको हुने दर बढ्न सकेको छैन । साउन २ गतेदेखि साउन ४ […]

आज निको भए १३ सय ३३ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाका १३ सय ३३ जना संक्रमित निको भएका छन्। योसँगै निको हुने कोरोना संक्रमितको संख्या छ लाख १४ हजार ३२७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुने दर ९४ दशमलव ५ प्रतिशत छ। हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या छ लाख ९० हजार ९७४ पुगेको छ।

फेरि निको हुनेभन्दा थपिने कोरोना संक्रमितको संख्या बढी देखियो

काठमाडौं। धेरै दिनपछि आज निको हुनेभन्दा थपिने कोरोना संक्रमितको संख्या बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा देशभर दुईहजार ६३४ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा निको हुने संक्रमितको संख्या मात्र एकहजार ५६५ रहेको छ। योसँगै नेपालमा निको हुने संक्रमितको संख्या छलाख १२ हजार ९९४ जना पुगेको छ। नेपालमा रहेका संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन्।

नेपालमा रहेका कूल कोरोना संक्रमितको ९४ प्रतिशत निको भए

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये ३ हजार ४५१ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ। नेपालमा रहेका कूल कोरोना संक्रमितमध्ये ९४ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ७८ हजार ८०८ जनाका कोरोना संक्रमण पुष्टी भइसकेको छ।

नेपालको कोरोना निको हुनेको संख्या ६ लाख नाघ्यो, निको हुने दर ९३.७ प्रतिशत

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये आज ४ हजार १७ जना निको भएको छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ६ लाख १ सय ४९ पुगेको छ। नेपालमा रहेका कूल संक्रमितमध्ये ९३.७ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ६ लाख ७६ हजार ५ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख ४३ हजार ५२१ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८८.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज निको भए ४ हजार १८७ जना कोरोना संक्रमित

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर ४ हजार १८७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ। नेपालमा कोरोना संक्रमित निको हुने दर ८८.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज १९९३ जना कोरोना संक्रमित निको भए

देशभर १ हजार ९९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन्। योसहित हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भइसकेका छन्।