एमाले उद्योग विभाग प्रमुखमा मोतीलाल दुगड

काठमाडौँ। नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुखको जिम्मेवारी व्यवसायी मोतीलाल दुगडलाई दिने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । २०७१ असोज १२ गते एमाले प्रवेश गरेका व्यवसायी दुगड २०७६ मंसिर ५ तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री समेत बनाएका थिए […]

सम्बन्धित सामग्री

व्यवसायी मोतीलाल दुगड  अमेरिकामा सम्मानित

काठमाडौं  । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडलाई अमेरिकाको मेरिल्याण्ड राज्यसभाले बिहीवार सम्मान गरेको छ । लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ । ग्रुपअन्तर्गतका दर्जनौं उद्योग, फर्म तथा कम्पनीमा उनी क्रियाशील छन् । उनी विभिन्न सामाजिक तथा परोपकारी कार्यमा समेत संलग्न रहँदै विभिन्न संस्थामा आबद्ध रहेको बताइएको छ । नेपालको बैंकिङ, लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, जलविद्युत्, कमर्सियल गाडी, कृषिसम्बन्धी उपकरण, निर्माण उपकरणको व्यापार व्यवसायमा दुगड ग्रुप परिचित छ ।

दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकामा सम्मानित

एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकाको मेरिल्यान्ड राज्यसभाद्वारा शुक्रबार सम्मानित भएका छन् ।

मन्त्रीहरुले दिग्भ्रमित बनाए : मोतीलाल दुगड

काठमाडौं । नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाउनुभएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभाग प्रमुख दुगडले नेपाल आर्थिक शंकट भएपनि श्रीलंका अहिले बन्न नसक्ने भन्दै सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाउनुभएको […]

सरकारका मन्त्रीले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएः मोतीलाल दुगड

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभाग प्रमुख मोतीलाल दुगडले सरकारका मन्त्रीहरु आफैँले देश श्रीलंका बन्न नदिने भन्दै दिग्भ्रमित बनाएको आरोप लगाएका छन्।...

पौने ६ अर्बका लागि दुई अर्बपतिको लडाईं

काठमाडौं, २८ पौष । नेपालका दुईजना अर्बपतिको अदालती लडाईंले रोचक मोड लिएको छ । यसरी विवाद गर्ने अर्बपतिहरु हुन् बिनोद चौधरी र मोतीलाल दुगड । चौधरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् । दुगड एमाले उद्दोग विभागको प्रमुख छन् । दुवैले आर्थिक रणनीतिका साथ दलहरुमा संलग्नता देखाएको बुझिन्छ । चौधरी र दुगडको द्वन्द्वका नेपाल बँगलादेश बैंकको […]

एमाले उद्योग विभाग प्रमुखमा दुगड, उप-प्रमुखमा प्रसाईं

२ पुस, काठमाडौं। व्यवसायी मोतीलाल दुगड नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनेका छन् । एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । दुगड केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार पनि बनेका थिए । १२ असोज २०७१ मा एमाले प्रवेश गरेका दुगडलाई ओलीले ५ मंसिर […]

केन्द्रीय सल्लाहकार परिषदबाट को–को छानिए एमालेको महाधिवेशन प्रतिनिधि ?

नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदबाट महाधिवेशन प्रतिनिधि चयन गरिएको छ ।  एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मतिले प्रतिनिधि छानिएको हो । जसमा खुलाबाट गोपाल शाक्य, टुकराज सिग्देल, हरिचरण शिवाकोटी, शंकरनाथ शर्मा अधिकारी, डिल्लीराज भट्ट, कृष्णबहादुर शाही, नेत्रप्रसाद पन्थी, मोतीलाल दुगड र  लक्ष्मण रायमाझी चयन भएका छन् । यस्तै महिलाबाट मीरा ध्वंजू, इन्दु गौतम, कल्पना चापागाईं, अनिता यादव र विश्वेश्वरा दाहाल चयन भएका छन् भने जितु गौतम चयन भएका छन् ।

मोतीलाल दुगड भन्छन्– माधव नेपालले ‘ओलीजीसँगै मिलेर जान्छु’ भन्नुभयो

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माधव नेपालबीच आज दोस्रो दिनको भेटघाट पनि सकिएको छ। अर्को भेटवार्ता अनिश्चित बनेको छ। वार्ता उपलब्धिमूलक हुन सकेन। ओली बाहिरिएपछि माधव नेपालसँग एकछिन ‘चियागफ’ गरेका प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडले देखापढीसँग भने, “माधव नेपालज्यूले ‘ओलीजीसँग मिलेरै जान्छु तर केही समय लाग्न सक्छ, छलफलकै क्रममा छु’ भन्नुभयो।”

मोतीलाल दुगड भन्छन् : म प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु

मोतीलाल दुगड भन्छन् : म प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु: RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई - मोतीलाल दुगड भन्छन् ः म प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु

मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त

४ माघ, काठमाडौं  । उद्योगी, व्यवसायी तथा पूर्व राज्यमन्त्री मोतीलाल दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । यसअघि पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा प्रधानमन्त्रीले दुगडलाई ल्याएका हुन् । यसअघि दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री थिए । अब मन्त्री सरहको सेवा सुविधा पाउने गरी दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका हुन् । […]