दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकामा सम्मानित

एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकाको मेरिल्यान्ड राज्यसभाद्वारा शुक्रबार सम्मानित भएका छन् ।

सम्बन्धित सामग्री

व्यवसायी मोतीलाल दुगड  अमेरिकामा सम्मानित

काठमाडौं  । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडलाई अमेरिकाको मेरिल्याण्ड राज्यसभाले बिहीवार सम्मान गरेको छ । लामो समयदेखि नेपालको आर्थिक समृद्धि तथा रोजगारी सृजनामा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बताइएको छ । ग्रुपअन्तर्गतका दर्जनौं उद्योग, फर्म तथा कम्पनीमा उनी क्रियाशील छन् । उनी विभिन्न सामाजिक तथा परोपकारी कार्यमा समेत संलग्न रहँदै विभिन्न संस्थामा आबद्ध रहेको बताइएको छ । नेपालको बैंकिङ, लाइफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, जलविद्युत्, कमर्सियल गाडी, कृषिसम्बन्धी उपकरण, निर्माण उपकरणको व्यापार व्यवसायमा दुगड ग्रुप परिचित छ ।

दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ अमेरिकामा सम्मानित

एमभी दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकाको मेरिल्यान्ड राज्यसभाद्वारा शुक्रबार सम्मानित भएका छन् ।

दुगड ग्रुपका अध्यक्ष अमेरिकामा सम्मानित

एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड अमेरिकामा सम्मानित भएका छन् । उनलाई मेरिल्यान्ड राज्य सभाले सम्मान

विभिन्न मानपदवीद्वारा ९०३ जना विभूषित हुने

काठमाडौं । सरकारले सातौं संविधान दिवसका अवसरमा ९०३ जनालाई विभित्र विभूषण, अलंकार र पदक प्रदान गर्ने घोषणा गरेको छ । सम्मानका लागि भदौ २९ गते मन्त्रिपरिषद्ले सिफारिश गरेकाहरूलाई गणतन्त्र दिवसको दिन राष्ट्रपति भण्डारीले विभूषण तथा पदक प्रदान गर्नुहुनेछ । सम्मानका लागि सिफारिश हुनेमा उद्योगी–व्यवसायीसहित बैंकर पनि परेका छन्, जसअनुसार सुकीर्तिमय राष्ट्रदीप पदवी डा. उपेन्द्र  महतो, सुरेन्द्रवीर मालाकार, उद्यमी देवीप्रकाश भट्टचन, ध्रुवकुमार श्रेष्ठ, कैलाश सिरोहिया र रामेश्वर थापाले पाउने भएका छन् । सुप्रबल जनसेवाश्री पदक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, शंकर समूहका साहिल अग्रवाल, खेतान समूहका राजेन्द्रकुमार खेतान, शारडा समूहका शिवरतन शारडा र नेपाल रिपब्लिक मिडियाका प्रबन्धनिर्देशक विनोदराज ज्ञवालीलाई प्रदान गरिने भएको छ । यस्तै प्रबल जनसेवाश्रीबाट निर्माण व्यवसायी रमेश शर्मा, सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड, न्यौपाने समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने लगायत पनि सो पदकबाट विभूषित हुने भएका छन् । सोही पदकबाट बैंकर उपेन्द्र पौडेलसहित व्यवसायी अर्जुनमान सैंजु, गोविन्द गोयन्का, नारायण अग्रवाल, कुञ्ज अग्रवाल सम्मानित हुने भएका छन् । यस्तै, शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल, सञ्जयकुमार खेतान, पर्यटन व्यवसायी राजु ढकाल, नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष एवं नेपाल ग्यासका कार्यकारी निर्देशक गोकुल भण्डारी लगायतले यो पदक पाउनेछन् । यसैगरी राधेश्याम हलुवाई, दीलप्रकाश भट्ट, चन्द्र ढकाल, अम्मरबहादुर बानियाँ, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ, चुन्नप्रसाद पौडेल, नरीश्वर शर्मा, सुनीलवल्लभ पन्त, दीपप्रकाश पाण्डे, बद्री गुरागाईं, सौरभ दुगड, चिन्तामणि न्यौपाने, नारायण बजाज, राजेन्द्र मल्ल, कमलकिशोर मालापनी, यादवसिंह कार्की लगायत उद्योगी व्यवसायीलाई पनि पदकद्वारा सम्मानित गरिने भएको छ । नेपाली खानालाई अन्तरराष्ट्रिय रूपमा प्रवद्र्घन गर्ने सन्तोष साहलाई समेत पदकले सम्मान गर्ने निर्णय गरिएको छ । मानपदवी विवादित हरेक वर्ष सरकारले घोषणा गर्ने मानपदवी र सम्मान विवादित हुने गरेको छ । योगदानका आधारमा भन्दा पनि जुन दलको सरकार बन्छ, उही निकटहरूले तक्मा पाउने गरेको र मानपदवी तथा तक्माको चयन अपारदर्शी हुने भएकाले कतिपयले यसलाई अस्वीकार गर्ने गरेका छन् । यस वर्ष पनि संविधान दिवसको अवसरमा घोषणा गरेको विभूषण लिन पाँचजनाले अस्वीकार गरेका छन् । उनीहरूले विभूषण वितरणको प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै  विभूषण र पदक नलिने घोषणा गरेका छन् । यसरी सम्मान अस्वीकार गर्नेमा पत्रकारहरू धेरै छन् ।