इलाममा अलैँची उत्पादन बढ्यो

६ पुस, फिक्कल (इलाम) । इलाममा अलैँचीको उत्पादन बढेको छ । अलैँची खेती गरिएको जमिन घटे पनि उत्पादन भने बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष सात दशमलव ९६ प्रतिशतले अलैँची उत्पादन बढेको उक्त केन्द्रका प्रमुख टोनी बर्देवाले जानकारी दिए । चालु आवमा एक हजार सात सय ५३ हेक्टर जमिनमा […]

सम्बन्धित सामग्री

आधुनिक खेती प्रणालीले बढ्याे अलैँची उत्पादन

आधुनिक खेती प्रणालीको प्रयोगले अलैँचीमा सुधार गरेपछि इलामका किसानले आम्दानी बढाउन थालेका छन्।

अलैंची उत्पादनमा वृद्धि, किसानलाई राहत

खोटाङ– चालु आर्थिक वर्षमा खोटाङमा अलैंची उत्पादन वृद्धि भएको छ । आर्थिक वर्ष २०७९-८० मा यहाँको एक हजार ६४ हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको र यसबाट ६१० मेट्रिक टन उत्पादन भएको छ । खोटाङमा आर्थिक वर्ष २०७८-०७९ मा ५८५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । अघिल्लो वर्ष ०.५५ उत्पादकत्व रहेको जिल्लामा चालु आर्थिक वर्ष अलैँचीको […]

अलैँची उत्पादन घट्यो, मूल्य बढ्यो

खोटाङमा अलैँची उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष जिल्लामा २५.२१ प्रतिशतले अलैँची उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लामा अघिल्लो वर्ष ७८७.३६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो भने यो वर्ष १९८.५२ ले घटेर ५८८.८४ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो ।

अलैँची उत्पादनमा वृद्धि : किसानले भने पाएनन् उचित मूल्य

जिल्लामा अलैँची उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्षमा २४५ मेट्रिक टन अलैँचीको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५४२ मेट्रिक टन अलैँची उत्पादन भएकोमा गत आर्थिक वर्षमा ७८७ मेट्रिक टन उत्पादन भएको हो । उत्पादनमा वृद्धि भएपनि यसले उचित मूल्य पाउन सकेको छैन । महत्वपूर्ण नगदे बालीको रुपमा रहेको अलैँची खेतीप्रति उत्साहित किसान उचित मूल्य नपाउँदा भने निराश देखिएका छन् । कुनै समयमा राम्रो मूल्यमा बिक्

सोलुखुम्बुमा अलैँची उत्पादन १७ प्रतिशतले घट्याे

सोलुखुम्बु - सोलुखुम्बुमा यस वर्ष अलैँची उत्पादनमा १७ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । गएकाे वर्ष ८४ मेक्ट्रिक टन अलैँची उत्पादन भएको जिल्लामा यस वर्ष घटेर ६९ मेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । जुन १७ दशमलव ८५ प्रतिशतले कमी हो । अलैँचीमा रोग किराले दुःख दिनु, मूल्यमा गिरावट आउँदा कृषकहरुले खेतीमा कम चासो दिनु तथा बोट बुढो हुनु जस्ता कारणले उत्पादन घटेको ज्ञान केन्द्र सोलुखुम्बुको अनुमान छ । पछिल्लो समय अलैँचीमा छिर्के फुर्के रोगको प्रकोप अत्यधिक देखिएको कार्यालयका सूच...

लमजुङमा ८५ प्रतिशतले अलैंची उत्पादन घट्यो

अलैंँची उत्पादनमा भारी गिरावट : यसवर्ष ३५ मेट्रीकटन मात्रै अलैँची उत्पादन लमजुङमा अघिल्लो वर्षको तुलनामा ८५ प्रतिशतले अलैंँची उत्पादन घटेको छ । अलैंची उत्पादनमा भारी गिरावट हुँदा लमजुङका अलैंची किसान चिन्तित बनेका...

किसानलाई तिहारमा अलैँची भित्र्याउन चटारो

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपका राजकुमार राई तिहारका बेला पनि फुर्सद छैन । हिजोआज उनी अलैँची टिप्न र सुकाउनमै व्यस्त छन् । लगाइएको अलैँची पाकेपछि असोज दोस्रो सातादेखि राईको व्यस्तता बढेको हो । उनले वार्षिक करिब नौ मन अलैँची उत्पादन गर्दै आएका छन् ।फक्ताङलुङ गाउँपालिका–६ फेम्बुका ईन्द्र लिम्बूलाई राईकै जस्तो बगानमा लगाइएको अलैँची टिप्न र सुकाउन भ्याइनभ्याई छ । पाकेको अलैँची घरमा भित्रयाउन, छोडाउने र भट्टीमा हालेर सुकाउनु नै लिम्बू दिनचर्या बनेको छ । उनले वर्षमा करिब १३ मनसम

ताप्लेजुङका किसानले अलैँचीबाट गरे १ अर्ब ३५ करोडको आम्दानी

काठमाडौं। ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले एक अर्ब ३५ करोड आम्दानी गरेका छन्। अलैँची जोनबाट २ हजार ६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। दुई हजार मेट्रिक टन अलैँची बिक्रीबाट १ अर्ब ३५ करोड आम्दानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको हो। करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको छ।

अलैँचीबाट एक अर्ब ३५ करोड आम्दानी

ताप्लेजुङको अलैँची जोनमा उत्पादित अलैँचीको बिक्रीबाट एक वर्षमा किसानले रु एक अर्ब ३५ करोड आम्दानी लिएका छन् । जिल्लाका विभिन्न क्षेत्रबाट किसानले अलैँची उत्पादन गरेका हुन् । अलैँची जोनबाट दुई हजार छ मेट्रिक टन उत्पादन भएकोमा दुई हजार मेट्रिक टन बिक्रीबाट रु एक अर्ब ३५ करोडभन्दा बढी किसानले आम्दानी लिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन कार्यालय ताप्लेजुङले जनाएको छ । करिब छ मेट्रिक टन अलैँची मात्र ताप्लेजुङमा खपत भएको तथ्याङ्कले जनाएको छ । अलैँची जोनले ताप्लेजुङमा तीन हजार ७०० ह

अलैँची उत्पादन बढ्यो, मूल्य बढेन

ताप्लेजुङमा अलैँची उत्पादन वृद्धि भए पनि मूल्य नबढ्दा स्थानीय किसानले फाइदा लिन सकेका छैनन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँचीले उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा परेका हुन् । आठ÷दस वर्षअघि राम्रो मूल्य आएका कारण खेती गर्न हौसिएका किसानले अलैँची उत्पादन वृद्धि हुँदै गए पनि केही वर्षयता भनेजस्तो मूल्य नपाउँदा अलैँची उत्पादक किसान निराश छन् । यो वर्ष ताप्लेजुङमा दुई हजार ९६० मेट्रिक टन अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।